कोपा अमेरिकाको उपाधि लगातार दोश्रो पटक अर्जेन्टिनाले जित्यो



प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

कोपा अमेरिका फुटबल प्रतियोगिता २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । यो प्रतियोगिता विश्वकै पुरानो प्रतियोगिता हो ।

सोमबार बिहान अमेरिकाको मायामीस्थति हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले लगातार दोश्रो पटक उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ११२ औ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बनेको थियो ।

खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी घाइते हुँदै बाहिरिन बाध्य भएका थिए। उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए।

कोपा अमेरिकाको उपाधि लगातार दोश्रो पटक अर्जेन्टिनाले जित्यो

मेसीले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भए।

सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो। अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो।

१६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको थियो।

कोपा अमेरिकाको उपाधि लगातार दोश्रो पटक अर्जेन्टिनाले जित्यो





Source link

Leave a Comment