के हाम्रो वायुमण्डल तिर्खाइरहेको हो ?


विश्वभर खडेरी थप गम्भीर र व्यापक हुँदै गएको  छ। तर यसको दोष फेरिँदै गएको वर्षाको प्रकृति र प्रवृत्तिलाई मात्र दिन मिल्दैन। हाम्रो वायुमण्डल समेत तिर्खाइरहेको र यसले  खडेरीको गम्भीरतालाई ४० प्रतिशत बढाएको एक अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार विगत ४ दशकयता खडेरीको गम्भीरता बढाउन यही ‘वायुमण्डलीय तिर्खा’ जिम्मेवार रहेको देखिएको छ।

अध्ययनले सन् १९८१ देखि २०२२ सम्मको अवधिमा बढेको खडेरीको गम्भीरताका लागि लगभग ४० प्रतिशत हिस्सा यही वायुमण्डलीय वाष्पीकरण माग (एट्मसफेरिक इभापोरेसन डेमान्ड अर्थात् एइडी)ले लिएको छ।

सामान्य हिसाबले वर्षालाई आम्दानी र एइडीलाई खर्चको रूपमा तुलना गर्ने हो भने आम्दानी (वर्षा) उस्तै रहे पनि, खर्च (एइडी) बढ्यो भने बजेट सन्तुलन घाटामा जान्छ। खडेरीको हकमा पनि ठ्याक्कै त्यही भइरहेको छ; वायुमण्डलले जमिनले दिने भन्दा बढी पानी मागिरहेको छ। 

वैज्ञानिकले गरेको नयाँ विश्लेषणका अनुसार एइडीले विद्यमान खडेरीलाई खराब मात्र होइन, खडेरी प्रभावित क्षेत्रलाई समेत विस्तार गरेको छ। उदाहरणका लागि सन् २०१८ देखि २०२२ सम्म, विश्वमा खडेरी भोग्ने भूभाग ७४ प्रतिशतले बढेको थियो, यो बिस्तारमा  ५८ प्रतिशत हिस्सा एइडीले लिएको थियो। 

जब ग्रह तातो हुँदै जान्छ, वायुमण्डलको यो माग बढ्ने र उसले माटो, नदी, ताल र बिरुवाबाट आर्द्रता (मोइस्चर) तान्छ। यही बढ्दो तिर्खाका कारण, वर्षाको मात्रामा खासै फरक नआएको स्थानमा समेत खडेरी थप गम्भीर हुँदै गइरहेको छ। 

एइडी प्रक्रियाले वायुमण्डलले सतहबाट कति पानी चाहन्छ भन्ने कुराको व्याख्या गर्दछ। वर्षाको मात्रामा कमी नहुँदा समेत हावा जति तातो, घमाइलो, बतासे र सुख्खा हुन्छ, यसलाई त्यति नै बढी पानी चाहिन्छ। 

त्यसैले वर्षामा खासै फेरबदल नभएका विश्वका कैयन स्थानमा समेत खडेरीको अवस्था गम्भीर हुँदै गएको छ। यसरी तिर्खाएको वायुमण्डलले वरपर रहेका वस्तुहरूलाई छिटो र तीव्र रूपमा सुकाइरहेको छ। जति वेला  पानी उपलब्ध हुँदैन, त्यति बेला यसले थप तनाव सिर्जना गर्ने गर्दछ। 

वैज्ञानिकले गरेको नयाँ विश्लेषणका अनुसार एइडीले विद्यमान खडेरीलाई खराब मात्र होइन, खडेरी प्रभावित क्षेत्रलाई समेत विस्तार गरेको छ। उदाहरणका लागि सन् २०१८ देखि २०२२ सम्म, विश्वमा खडेरी भोग्ने भूभाग ७४ प्रतिशतले बढेको थियो, यो बिस्तारमा  ५८ प्रतिशत हिस्सा एइडीले लिएको थियो। 

उक्त वैज्ञानिक अध्ययनले विगत चार दशकमा सन् २०२२ सबैभन्दा बढी बढी खडेरीले ग्रसित वर्ष बनेको थियो। सो वर्ष विश्वको ३० प्रतिशतभन्दा बढी भूभागले मध्यमदेखि चरम खडेरीको अनुभव गरेको थियो। 

यसै गरी युरोप र पूर्वी अफ्रिका दुवै क्षेत्रमा सन् २०२२ मा खडेरी अत्यन्त गम्भीर थियो। वैज्ञानिकका अनुसार यो मुख्यतया: एइडीमा तीव्र वृद्धिको कारणले भएको थियो, जसले वर्षामा खासै कमी नआए पनि वातावरणलाई सुकाउने प्रक्रियालाई तीव्र बनाएको थियो। 

सो वर्ष युरोपमा मात्र, व्यापक रूपमा सुक्ने प्रक्रियाले नदी प्रवाहमा कमी हुँदा जलविद्युत उत्पादनमा बाधा पुर्‍यायो भने पानीको अभावका कारण बाली उत्पादनमा असर पर्‍यो । साथै धेरै सहरहरूमा पानीको अभाव भयो। यसले पानी आपूर्ति, कृषि र ऊर्जा क्षेत्रमा अभूतपूर्व दबाब सिर्जना गर्‍यो, जसले जीविकोपार्जन र आर्थिक स्थिरतालाई खतरामा पार्‍यो । 

उच्च–गुणस्तरको विश्वव्यापी जलवायु तथ्यांकको प्रयोग गरिएको उक्त अनुसन्धानले खडेरीको गतिशीलतालाई स्पष्टता ल्याएको वैज्ञानिक दाबी छ । विशेष गरी तापक्रम, हावाको गति, आर्द्रता र सौर्य विकिरण समावेश लगायतका तथ्याङ्क अध्ययनको क्रममा संकलन गरिएको थियो। यिनै मौसम विज्ञानका सूचकहरूले वायुमण्डलले जमिन र वनस्पतिबाट कति पानी तान्न सक्छ भन्ने कुरालाई निर्धारित गर्छन्। अध्ययन टोलीले एइडी मापन गर्ने क्रममा यी सबै आधारभूत सूचकको एकीकृत समीक्षा गरेर वायुमण्डल कति ‘तिर्खाएको’ छ भनेर पत्ता लगाएको थियो ।

त्यसपछि, वर्षा र ‘वायुमण्डलीय तिर्खा’ दुवै समावेश भएका मान्यता प्राप्त खडेरी सूचकांक प्रयोग गरेर वैज्ञानिकले कहिले, कहाँ र किन खडेरी बढी गम्भीर हुँदै गएको छ भनेर पहिचान(ट्र्याक) गरेका थिए। यो गणितीय मापन(मेट्रिक)का आधारमा बिग्रँदै गएको अवस्थाका लागि ‘वायुमण्डलको बढ्दो तिर्खा’को योगदान कति छ भनेर वैज्ञानिकले आकलन गरेका थिए। 

यसरी बढ्दो क्रममा रहेको ‘वायुमण्डलीय तिर्खा’ ले भविष्यमा ठुलो असर पर्ने र विशेष गरी खडेरीको जोखिममा रहेका पश्चिमी र पूर्वी अफ्रिका, पश्चिमी र दक्षिण अस्ट्रेलिया र दक्षिण पश्चिमी अमेरिकाका क्षेत्रहरू झन् धेरै प्रभावित हुने देखिएको छ। 

यदि खडेरी मुख्यतया वर्षामा कमी आएको कारणले भएको हो भने पानी भण्डारण र संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्छ। तर यसका लागि एइडीनै मुख्य कारक हो भने वाष्पीकरण क्षय रोक्न तथा बिरुवामा पानीको अभावले हुने तनावलाई सम्बोधन गर्नुपर्छ । यसमा खडेरी प्रतिरोधी बाली लगाउने, पानीलाई अझ कुशलतापूर्वक प्रयोग गर्ने सिँचाइ प्रणाली निर्माण गर्ने, माटोको स्वास्थ्य सुधार गर्ने वा जमिनमा आर्द्रता कायम राख्न वासस्थान पुनर्स्थापना गर्ने विषय समावेश गर्न सकिन्छ ।

खडेरी निगरानी लगायत अन्य योजना बनाउँदा एइडीलाई ध्यानमा नराख्दा  सरकार र समुदायले सामना गर्नुपर्ने वास्तविक जोखिमलाई कम आकलन गर्न सक्ने वैज्ञानिक मत छ। उनीहरूका अनुसार विश्वव्यापी तापक्रम अझ बढ्ने अपेक्षा गरिएको सन्दर्भमा बारम्बार गम्भीर खडेरी पर्न सक्ने भएकाले त्यसको लागि प्रतिकार्य योजना बनाउन वैज्ञानिक सुझाव छ। 

यस्ता योजनामा बढ्दो वायुमण्डलीय तिर्खालाई बुझ्न र सो अनुरूप योजना बनाउने विषय समावेश गर्न आवश्यक छ,’ अध्ययनमा भनिएको छ।  

विश्वका प्रत्येक विशिष्ट स्थानमा खडेरी के कारणले भइरहेको छ भनेर ज्ञान हुन सकेमा स्मार्ट जलवायु अनुकूलन सम्भव हुन्छ । ‘एइडी खडेरीको निगरानी, मोडलिङ र योजना बनाउने प्रक्रियाको केन्द्रीय विषय हुनुपर्छ,’ अनुसन्धानकर्ताको भनाइ छ । 

खडेरीका विशिष्ट उत्प्रेरक पहिचान गरेर यो संकटसँग जुध्नका लागि प्रभावकारी उपायहरू तय गर्न आवश्यक रहेको चर्चा गर्दै वैज्ञानिकले भनेका छन्, ‘यदि खडेरी मुख्यतया वर्षामा कमी आएको कारणले भएको हो भने पानी भण्डारण र संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्छ। तर यसका लागि एइडीनै मुख्य कारक हो भने वाष्पीकरण क्षय रोक्न तथा बिरुवामा पानीको अभावले हुने तनावलाई सम्बोधन गर्नुपर्छ । यसमा खडेरी प्रतिरोधी बाली लगाउने, पानीलाई अझ कुशलतापूर्वक प्रयोग गर्ने सिँचाइ प्रणाली निर्माण गर्ने, माटोको स्वास्थ्य सुधार गर्ने वा जमिनमा आर्द्रता कायम राख्न वासस्थान पुनर्स्थापना गर्ने विषय समावेश गर्न सकिन्छ । अनुसन्धानले विश्वव्यापी तापमान वृद्धिको कारणले एइडी झन् तीव्र बनेको देखाएको छ । 

‘कतिपय क्षेत्रमा  वर्षामा कमी नआए पनि खडेरीको गम्भीरता तीव्र बनेको छ । यसलाई बेवास्ता गर्नु भनेको जोखिमलाई कम आकलन गर्नु हो,’ अनुसन्धानकर्ताले भनेका छन् । 

(द कन्भरसेसनबाट साभार)

प्रकाशित: २५ जेष्ठ २०८२ १९:११ आइतबार





Source link

Leave a Comment