प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गोल्डकार्डको प्रस्तावको समाचारले मंगलबार अमेरिकी संचारमाध्याहरुमा हेडलाइन बनाउन सफल भयो । त्यतीमात्र नभएर यो विषय सामाजिक सञ्जालहरुमा पनि छ्यापछ्याप्ती आयो । तर यो समाचारको सत्यताबारे कैयनले आशंका समेत गरे । किनभने धेरैका लागि यो समाचार अप्रत्यासित र नयाँ थियो ।
खसोखासले यसबारे थप फ्याक्ट चेक गर्दा ट्रम्पको प्रस्ताव सत्य रहेको प्रमाणित भएको छ । उनले मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै यो प्रस्तावबारे कुरा गरेका हुन् । विभिन्न कार्यकारी आदेशहरुमा हस्ताक्षर गर्ने क्रममा ट्रम्पले गोल्डकार्डबारे बताएका हुन् । ट्रम्पले यो कार्यक्रम आगामी २ सातामा ल्याउने बताएका छन् ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोला । यसबारे अमेरिकी संचारमाध्यमहरुको कभरेज हेर्न यहाँ र यहाँ क्लीक गर्नुहोला ।
उनले ५ मिलियन डलर शुल्क तिर्नेलाई अमेरिकाको ग्रिनकार्ड जस्तै स्थायी बासिन्दाको मान्यता दिने अझ उच्च स्तरको रहेको गोल्डकार्ड दिने प्रस्ताव ल्याएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले ५ मिलियन डलर मूल्यको गोल्ड कार्ड प्रस्ताव गर्ने योजना बनाएको घोषणा गरेका हुन् । यो कार्ड किन्ने व्यक्तिहरूलाई अमेरिकाको स्थायी बासिन्दाको मान्यता दिइनेछ । यो गोल्ड कार्डले ग्रिनकार्ड सरह स्थायी बासिन्दाको मान्यता दिनेछ । यद्यपी यसलाई ग्रिनकार्डको साटो गोल्डकार्ड भनिनेछ ।
रूसका धनीहरु गोल्ड कार्डको लागि योग्य हुनेबारे पत्रकारले सोध्दा ट्रम्पले सम्भवतः हुनसक्ने बताएका थिए । आफूले केही रूसी धनीहरुहरूलाई चिन्ने र ती राम्रा मानिसहरू भएकाले उनीहरुका लागि गोल्डकार्ड सम्भव भएको बताएका छन् ।
नयाँ प्रणालीले विद्यमान रोजगारमा आधारित पाँचौं श्रेणीको कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । सन् १९९० मा मा सुरु गरिएको रोजगारमा आधारित पाँचौं श्रेणीको कार्यक्रमले अमेरिकामा लगानी गरेका व्यक्तिहरूलाई ग्रीन कार्ड प्रदान गर्दछ । ट्रम्पका अर्थमन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डले रोजगारमा आधारित पाँचौं श्रेणीको भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताएका छन् । लुटनिकले प्रारम्भिक चरणमा विवरणहरू थोरै भए पनि गोल्ड कार्डको लागि को योग्य हुन सक्छ भन्नेबारे ट्रम्प प्रशासन अधिक विवेकशील हुने संकेत गरेका छन् । ग्रिनकार्डवाहकले जस्तै गोल्डकार्डवाहकले पनि योग्यता पुगेपछि अेरिकाको नागरिकता प्राप्त गर्न सक्नेछन् ।
ट्रम्प प्रशासनले संसदको स्वीकृति बिना अवस्थित कार्यक्रम समाप्त गर्न वा परिवर्तन गर्ने नगर्ने प्रस्ट छैन । ट्रम्पले भने -‘हामी गोल्ड कार्ड बेच्न गइरहेका छौं । यसले अर्थतन्त्रलाई बलियो बनाउने विश्वास छ। धनीहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्, तिनीहरू धनी हुनेछन् र तिनीहरू सफल हुनेछन् । तिनीहरूले धेरै पैसा खर्च गर्नेछन्, धेरै कर तिर्नेछन् र धेरै मानिसहरूलाई रोजगारी दिनेछन्।”
अमेरिकाले १ मिलियन वा त्योभन्दा बढीको संख्यामा गोल्डकार्डहरु बेच्नसक्ने ट्रम्पले बताएका छन् । गोल्ड कार्ड कार्यक्रमले धनीहरूलाई रोजगारी सिर्जना नगरी वा व्यवसायहरू निर्माण नगरी अमेरिका प्रवेश गर्न र स्थायी बासिन्दाका रुपमा बस्न अवशर दिनेछ । त्यस अर्थमा यो संसारभरका धेरै गोल्डेन भिसा कार्यक्रमहरू भन्दा फरक छ । गोल्डेन भिसामा सामान्यतया घर जग्गा खरिद वा अन्य घरेलु लगानी आवश्यक पर्दछ। कतिपयले परोपकारी दान गरेर वा बैंक खाता खोलेर बस्ने अनुमति दिन्छन्।
यद्यपी अमेरिकी योजना अन्तर्गत आवश्यक न्यूनतम लगानी पनि धनीहरूका लागि भिसा सम्झौताहरू व्यवस्थित गर्न मद्दत गर्ने फर्महरूका लागि विश्वको सबैभन्दा महँगो कार्यक्रमहरू मध्ये एक हुनेछ। नयाँ प्रस्तावले ट्रम्प प्रशासनको प्रारम्भिक मर्मलाई जारी राख्छ किनभने उनले अमेरिकामा १ बिलियन लगानी गर्ने जो कोहीलाई उनीहरूको सबै अनुमतिहरू द्रुत रूपमा प्रदान गर्ने वाचा गरेका थिए ।