केन्द्रको निर्णयलाई चुनौती दिँदै शर्मा

केन्द्रको निर्णयलाई चुनौती दिँदै शर्मा


मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको अवज्ञा गर्दै राजकुमार शर्माले संसदबाट विश्वासको मत लिने तयारीमा छन्। पार्टी अध्यक्षको निर्देशन अटेरी गर्दै आएका शर्मालाई मनाउन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंगलबार काठमाडौँबाट सुर्खेत आइपुगेका छन्।

सुर्खेत आए लगत्तै मुख्यमन्त्री निवास पुगेका शाही र शर्माबिच झण्डै दुई घण्टा छलफल भएपनि कुनै निर्णय भएन्। ‘उहाँ (महेन्द्रबहादुर शाही) ले पार्टी अध्यक्षकै लाइनबाट राजीनामा दिन भन्नुभयो,’ मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले भने, ‘मुख्यमन्त्रीले संसदीय प्रक्रिया अनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसदमा निवेदन दर्ता गराइसकेकाले पहिले विश्वासको मत लिएर मात्रै राजीनामा दिन सक्ने बताउनु भयो।’

मुख्यमन्त्री शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसदमा प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता गराएर एमाले संसदीय दलका नेता यामलाल कँडेललाई भेट्न गएका उनले पहिले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै त्यसपछि केन्द्रको सहमति अनुसार अघि बढ्ने बताएका थिए।

कँडेलले भने केन्द्रको सहमतिभन्दा बाहिर जान नसक्ने बताएका थिए। केन्द्र र अन्य प्रदेशमा एमाले सत्ता पक्ष भएपनि अहिलेसम्म कर्णालीमा एमाले प्रतिपक्षीको बेन्चमै छ। एमालेबाट सकारात्मक जवाफ नपाएपछि शर्माले सोमबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका नेता जीवनबहादुर  शाहीसँग भेटवार्ता गरेका थिए। उनले केन्द्रमा जस्तोसुकै समीकरण बने पनि कर्णालीमा कांग्रेससँग आफू मिलेर जान तयार रहेको बताएका थिए। स्रोतका अनुसार कांग्रेस संसदीय दलका नेता शाहीसँगको भेटपछि शर्मा जसरी पनि विश्वासको मत लिने पक्षमा छन्।

‘एमालेले नदिएको खण्डमा कांग्रेसले विश्वासको मत दिने आश्वासन दिएरै उहाँ अघि बढ्न खोज्नु भएको होला,’ माओवादी केन्द्रका एक नेताले भने, ‘पार्टी उपमहासचिव जनार्दन शर्मा कुनै पनि हालतमा कर्णालीको नेतृत्व एमालेलाई दिनुहुन्न भन्ने अडानमा हुनुहुन्छ।’

माओवादी कर्णालीलाई आफ्नो आधार इकाला बनाउँदै आएको छ। माओवादीका लागि एमाले भन्दा बरु कांग्रेसले कर्णालीको बागडोर सम्हालेको हेर्न चाहन्छ। ‘पार्टी अध्यक्षको एकल निर्णयले कर्णालीलाई भन्ने गरिएको आधार इलाकामाथि एमालेले शासन गर्न खोजेको देखिन्छ,’ ती नेताले भने, ‘अन्तिम समयसम्म कर्णालीको नेतृत्व एमालेको हातमा जान नदिने कसरतमा छौँ।’

प्रकाशित: २० चैत्र २०८० १२:०३ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School