केन्टकी र मिसौरीमा टोर्नाडो,कम्तीमा १६ को मृत्यु



प्रकाशित मिति : जेष्ठ ४, २०८२ शनिबार

अमेरिकाका दुई राज्यहरूमा टोर्नाडोले ठूलो विनाश मच्चाउँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

केन्टकी राज्यमा ९ जना र मिसौरीमा ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मिसौरीमा मृत्यु भएका मध्ये पाँच जना सेंट लुइस शहरका रहेका छन ।

केन्टकीको साउथ ईस्ट क्षेत्रमा पर्ने लरेल काउन्टीमा टोर्नाडोले आक्रमण गर्दा ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

केन्टकी र मिसौरीमा टोर्नाडो,कम्तीमा १६ को मृत्यु

केन्टकी र मिसौरीमा टोर्नाडो,कम्तीमा १६ को मृत्यु

मिसौरी राज्यका अधिकारीहरूले ५ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त भएको बताएका छन । धेरै घरहरूको छाना उडेको र विद्युत लाइनहरू बिच्छेद भएका जनाएका छन्। सेंट लुइसमा शुक्रबार टोर्नाडोले विनाश ल्याएको हो।

सेंट लुइस शहरमा टोर्नाडोपछि भित्ताहरू ढलेका र घरहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। दुई बासिन्दाहरू क्षतिग्रस्त घरबाट आफ्ना सामानहरू बोक्दै गरेका देखिन्छन्। धेरै घरका माथिल्ला तल्लाका कोठाहरू खुल्ला भएका छन्।

करीब १ लाख घरधुरी विद्युतविहीन भएका छन् । सेंट लुइस फायर डिपार्टमेन्टले सबैभन्दा प्रभावित क्षेत्रमा घर घर गएर उद्धार कार्य गरेको जनाएको छ।

राडार संकेतअनुसार टोर्नाडो स्थानीय समय अनुसार दिउँसो साढे २ बजे सेंट लुइसको पश्चिम भागमा रहेको फरेस्ट पार्क नजिकैबाट सुरु भएको थियो। यही क्षेत्र सेंट लुइस जू र १९०४ ओलम्पिक खेलकूद स्थल पनि हो।

सेंट लुइसको सेन्टेनियल क्रिस्टियन चर्चको केही भाग भत्किँदा तीन जनालाई उद्धार गर्नु परेको थियो । जसमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

केन्टकी र मिसौरीमा टोर्नाडो,कम्तीमा १६ को मृत्यु

क्षति धेरै भएको दुई क्षेत्रहरूमा रातभर कर्फ्यु लगाइएको थियो । सेंट लुइसकी मेयर कारा स्पेन्सरले ज्यानको क्षति र विनाश साँच्चिकै भयानक रहेको बताएकी छन । हामीसँग धेरै काम बाँकी छ, तर अहिले हामी जीवन बचाउने र समुदायलाई सुरक्षित राख्न केन्द्रित छौं उनले भनेकी छन ।

अमेरिकी राष्ट्रिय मौसम सेवा का अनुसार टोर्नाडोले छिमेकी इलिनोइस राज्यमा पनि प्रभाव पारेको छ । खराब मौसम पूर्वतिर एटलान्टिक किनारासम्म फैलिएको मौसम सेवाले बताएको छ।





Source link

Leave a Comment