केकी अधिकारीको ‘बोक्सीको घर’मा जोडिए प्रकाश सपुत

केकी अधिकारीको ‘बोक्सीको घर’मा जोडिए प्रकाश सपुत


काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ बैशाख १४ देखि प्रदर्शन तयारीमा छ ।

रिलिजको एक महिना समय रहँदा केकी फिल्मको प्रवद्र्धनमा ब्यस्त छिन् । टिजर र ‘जिन्दगीको कथा’ बोलको गीतले चर्चामा आएको यो फिल्मको हाइप केही समयअघि सार्वजनिक ‘बोक्सी लुक्स’ले बढेको छ ।

यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर छ । गायक प्रकाश सपुतसँग मिलेर केकीले फिल्मको नयाँ गीत ‘बुझिनँ मैले’ तयार पारेकी छन् । सपुतकै शब्द र संगीत रहेको गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर छ ।

गीतको हालै मात्र भिडियो छायांकन भएको छ । भिडियोमा केकी नै फिचर्ड छिन् । शीर्ष चरित्र निर्वाह गरेकी उनलाई पात्र लुक्समै प्रस्तुत गरिएको छ । गीतमा सुनिल क्षेत्रीको नृत्य निर्देशन छ ।

गायक तथा अभिनेता सपुतले केकीसँग फिल्म ‘परदेशी २’ र गीत ‘बदला बरिलै’मा सहकार्य गरिसकेका छन् । यो गीत पनि दर्शकका लागि नयाँ स्वादको हुने दावी संगीतकार सपुतको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । सोसल–थ्रीलर जनरामा निर्माण भएको फिल्मले बोक्सी’ कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।

केकी अधिकारी फिल्मम्सको ब्यानरमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School