केआईआइटीमा अध्ययरत एक सय २६ नेपाली विद्यार्थी स्वदेश फर्किए



प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।

केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिनुभयो ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिनुभयो ।

केआईआइटीमा अध्ययरत एक सय २६ नेपाली विद्यार्थी स्वदेश फर्किए

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेका थिए ।





Source link

Leave a Comment