कृषिमा आत्मनिर्भर कसरी हुने ? : RajdhaniDaily.com


धर्तीका प्राकृतिक सम्पदामध्ये भूमिलाई विशेष महŒवपूर्ण मानिन्छ । तर, यो सीमित प्रकृति प्रदत्त उपहार हो । भूमि सम्पूर्ण मानवजातिको सम्पत्ति हो । जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा सम्पूर्ण मानवजातिको बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ । जसमध्ये खेतीपातीले धेरै वर्षअघिदेखि महŒवपूर्ण भूमिका खेल्दै आएको छ ।

पृथ्वीको कुल १३ लाख हेक्टर भूमिमध्ये ११ प्रतिशतमात्र खेतीयोग्य छ । जसमध्ये झण्डै १७ प्रतिशत सिञ्चित हुनाले भविष्यमा विश्वका धेरै देशमा भोकमरी समस्याले विकराल रूप लिन सक्नेछ । वस्तुतः विश्वको धरातलअनुसार खेतीयोग्य भूभागको अधिकता, केही वनजंगल तथा झा“डी, केही मरुभूमि पाइन्छन् । भौगोलिक वास्तविकता आधार मानेर भूमिको अधिकतम सदुपयोग गर्न कृषि उत्पादन बढाएर भोकमरी समस्या न्यूनीकरण गर्न सकिन्छ ।

नेपाल एक कृषिप्रधान देश हो । जहाँ कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, दुःखको कुरा त के छ भने केही वर्षयता खाद्यान्न आयात निरन्तर बढिरहेको छ । ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेकाले विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपात खेती गर्न सकिन्छ । नेपालले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ । त्यसैले विभिन्न किसिमका कृषि उपज उत्पादन गर्न सकिन्छ । तर, यसका लागि सरकार तथा कृषकको कटिबद्धता खाँचो छ ।

सुहाउँदो हावापानी भएकाले केही कृषि उपज विश्वमै प्रसिद्ध छन् । उदाहरणका लागि अलैंची विश्वमा प्रथम स्थानमा अंकित गरिएको छ भने अदुवा तेस्रो स्थानमा र मुसुरो छैटौं स्थानमा छन् । नेपाल विभिन्न स्थानानुसार बालीका लागि प्रख्यात छ । सिन्धुलीको जुनार, पाल्पाको अमृसा तथा तेजपत्ता, इलामको चिया, गुल्मीको कफी, सल्यानको अदुवा, हुम्ला–जुम्लाको स्याउ, ताप्लेजुङ, संखुवासभा तथा तेह्रथुमका अलैंची र खुर्सानी विश्व प्रसिद्ध छन् । कुनै पनि कृषि उत्पादन अभिवृद्धि गर्न प्रशस्त पानी आवश्यक पर्छ, जुन नेपालमा भएर पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिएको छैन ।

नेपालमा झण्डै ६ हजार नदीनाला र दर्जनौं तालतलैया छन् । जसको सही परिचालन गर्नसके यहाँको सबै खेतीयोग्य जग्गामा सिंचाइ गर्न सकिन्छ । तर, हालसम्म पनि यहाँका अधिकांश खेतीयोग्य जग्गामा सिंचाइ सुविधा पुग्न नसकेकाले अकासेपानीमा भर पर्नुपर्ने अवस्था छ । आगामी दिन कृषि उत्पादन वृद्धि गर्ने हो भने सिंचाइ सुविधा विस्तार गर्न आवश्यक छ । यसका लागि आवश्यकताअनुसार साना, मझौंला र ठुला सिंचाइ आयोजना निर्माण गर्नु जरुरी छ । जुनसुकै देशमा पनि कृषि उत्पादन वृद्धि गर्ने प्रांगारिक मलले महŒवपूर्ण भूमिका खेल्छ । अरु देशमा जस्तै नेपालमा पनि प्रांगारिक मल सहजै उत्पादन गर्न सकिन्छ । यस्तो मल आवश्यकताअनुसार स्वदेशमै उत्पादन गर्नसके उपयुक्त समयमा आफ्ना खेतबारीमा हालेर बढी कृषि उपज प्राप्त गर्न सकिन्छ । यो मलले माटोको उर्वराशक्ति बढाई कृषि उत्पादन बढ्ने छ ।

आज विश्वका धेरै देशमा विभिन्न बालीमा किटनाशक औषधि प्रयोग गर्ने चलन बढेको छ । जुन व्यक्तिको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, प्रांगारिक मल यस्तो हानिकारक हुँदैन । यसले माटोको उर्वराशक्ति बढाउने हुनाले कृषि उत्पादन बढाउन मद्दत गरी रासायनिक मल प्रयोगमा कटौती गर्नेछ । कुनै पनि देशमा उन्नत बीजबिजन प्रयोग गरेमा कृषि उत्पादन पहिलेको भन्दा झन्डै तेब्बर बढ्ने एक अनुसन्धानले पुष्टि गरेको छ । तर, हालसम्म पनि धेरैजसो कृषकले रैथाने बीजविजन प्रयोग गर्दै आएकाले सोचेअनुरुप उत्पादन प्राप्त गर्न सकेका छैनन् । यदि भविष्यमा कृषि उपज बढाउने हो भने उनीहरूलाई उन्नत बिजबिजन प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ । तर, कुनै पनि बिजबिजन निश्चित समय अवधिसम्ममात्र प्रयोग गर्नुपर्छ । अन्यथा, यसबाट कृषि उत्पादनमा ह्रास आउँछ ।

नेपाल विश्वका कम भूमि भएका देशमध्ये हो । जसको भौगोलिक कारणले गर्दा खेतीयोग्य भूमि कम छ । जहाँ वर्षा याममा पहाडबाट बगेर आएको बलौटे माटो तराईको मलिला खेतीयोग्य जग्गामा जम्मा भई खाद्यान्न तथा अन्य बाली उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।

रासायनिक मल अधिकत्तम प्रयोग, पीएच भ्यालुमा देखिएको कमी, पोटासमा विद्यमान कमी आदि कारण नेपालको धेरै ठाउँको माटोको उर्वराशक्ति घट्दै गएको कृषि विभागले सार्वजनिक गरेको तथ्यांकले इंगित गरेको छ । जसबाट यहाँका कृषि उपजको परिमाण भविष्यमा न्यून हुने सम्भावना देखिन्छ ।

कृषिप्रधान देश नेपालमा कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, दुःखको कुरा त के छ भने केही वर्षयता खाद्यान्न आयात निरन्तर बढ्दो छ । ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेकाले विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपात खेती गर्न सकिन्छ

वस्तुलाई खेतीयोग्य जग्गाको माटोको डिजिटल नक्सांकनमा खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय, ४–५ प्रतिशत क्षारीय र ४० प्रतिशत तटस्थ देखिन्छ । माटोको उर्वराशक्ति वर्षेनि क्षेय हुँदै जाँदा भविष्यमा कृषि प्रणालीमा गम्भीर संकट नआउला भन्न सकिँदैन ।

केही दशकअघिसम्म नेपालबाट अन्य देशमा खाद्यान्न आयात गरिन्थ्यो । तर केही वर्षयता खाद्यान्नलगायत धेरैजसो कृषिजन्य वस्तु निरन्तर रूपले आयात गर्न थालिएको छ । जुन कृषि उत्पादन कमीले गर्दा हो । नेपाल व्यापार एकीकृत रणनीतिमा निर्यातयोग्य वस्तु अधिकांश कृषिजन्य छन् । तर, नेपाल सरकारले यी वस्तुको स्वदेशमै उत्पादन गर्न उपयुक्त ध्यान नदिएकाले खाद्यान्न तथा अन्य कृषि उपज उत्पादन अपेक्षित बढ्न सकेन ।

आगामी दिन खाद्यान्न तथा अन्य कृषि उपज उत्पादन अभिवृद्धि गर्न रणनीति बनाई कार्यान्वयन गन आवश्यक छ । यसका लागि एकतर्फ कृषकलाई आवश्यक कर्जा प्रदान गर्न आवश्यक छ भने अर्कोतर्फ उनीहरूको विभिन्न बालिको बिमा गर्न उत्तिकै जरुरी छ । साथै, एकातिर कृषि आधुनिकीकरण आवश्यक छ भने अर्कोतिर उपयुक्त ठाउँ पहिचान गरी व्यवसायीकरण गर्न उत्तिकै जरुरी छ । कृषि उपजबाट फाइदा लिन बजार सुव्यवस्था गर्न आवश्यक छ । वास्तवमा राम्ररी बजार व्यवस्थापन गर्नसके थप कृषि उपजको आन्तरिक व्यापार अभिवृद्धि गर्न सकिन्छ । यसबाहेक भारत र चीनबाहेक अन्य देशसँग पनि निर्यात व्यापार बढाउन सकिन्छ ।

नेपालमा कृषि विकास थालनी गरिएको झण्डै नौ दशक भइसक्यो । सर्वप्रथम यसको सुरुवात १९९२ सालमा चारखाल अड्डाबाट गरिएको हो । सोही वर्ष कृषि विकासका लागि कृषि प्रदर्शनी पनि आयोजना गरिएको थियो । २०२१ सालमा कृषि क्षेत्र सुधारका लागि भूमि सुधार ऐन लागू गरिए पनि खासै प्रभावकारी हुन सकेन । २०५२ सालमा दीर्घकालीन कृषि नीति ल्याइए पनि व्यवहारमा उतार्न सकिएन । पछिल्लो बीस वर्षे (२०७२–९२) कृषि रणनीति प्रकाशमा ल्याई कृषि विकास गर्ने प्रयास गरिएको छ । यसलाई व्यवहारमा उतार्न सम्बन्धित पक्ष कटिबद्ध हुनुपर्छ ।

आज विकसित देशमा कृषिमा यान्त्रीकरण गरी धेरै उत्पादन गर्छन् । त्यसैले उनीहरू प्रशस्त कृषि उपज निर्यात गरी मनग्य आयआर्जन गर्छन् । उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा कृषिमा यान्त्रीकरण प्रयोग गरी धेरै उत्पादन गरिन्छ र त्यहाँ चाहिनेभन्दा बढी निर्यात गरिन्छ । जसबाट अर्थतन्त्रमा केही योगदान पुग्छ ।

नेपाल एक कृषिप्रधान देश भएकाले झन्डै दुईतिहाइ जनता कृषिमा आश्रित छन् । तर हालसम्म पनि परम्परागत खेती प्रणाली अपनाउनाले मागअनुरुप कृषि उत्पादन गर्न सकिएको छैन । फलतः देश प्रत्येक वर्ष आयातमुखी बन्दै गएको छ । त्यसो त, नेपालको समथर भूभागमा यान्त्रीकरण गर्न पनि सकिन्छ । यसबाट श्रमको किफाइत भई कृषि उत्पादन पनि बढाउन सकिन्छ । साथै, पहाडी र हिमाली क्षेत्रमा सुधारिएका कृषि औंजार प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । यद्यपि, यससम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन सकेको छैन र नेपाल कृषि उत्पादनका लागि आत्मनिर्भर हुन सकेको छैन । नेपाल जलभण्डार पनि हो । जसबाट जलविद्युत् र हाइड्रोजन ऊर्जामात्र उत्पादन नभई युरिया पनि उत्पादन गर्न सकिन्छ । जसको उपयुक्त प्रयोगबाट कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।

नेपालको विविध भूबनोट, जातजाति, भाषाभाषी, रहनसहन, धर्म र संस्कृति विद्यमान कृषिसँग आबद्ध छन् । झन्डै दुई तिहाइ जनसंख्या यी क्षेत्रमा आश्रित भए पनि आवश्यकताअनुसार कृषि उत्पादन गर्न सकिएको छैन । त्यसैले पनि देश दिनदिनै आयातमुखी हु“दै गएको छ । विगतमा नेपालको प्रमुख आयस्रोत बनेको कृषि पेशा हाल धराशयी हुने अवस्थामा छ । युवाको बढ्दो विदेश पलायन, कृषकलाई उत्साहित बनाउने किसिमका योजना निर्माण गरी कार्यान्वयन गर्न नसक्नु र विकट भूबनोटका कारण यस्तो अवस्था आइपरेको हो । वर्तमान नेपालमा कृषि उत्पादन वृद्धि, गरिबी न्यूनीकरण र कुल गार्हस्थ्य उत्पादन बढाउनुपर्ने धेरै आवश्यकता छ । सीमित खेतीयोग्य भूमि सदुपयोग गर्न नसकिएकाले आवश्यकता परिपूर्ति गर्न कठिन भएको छ । जलवायु परिवर्तनका कारण विश्वका अन्य देशजस्तै नेपालमा पनि विभिन्न बाली उत्पादन गर्न सकिने क्षमतामा ह्रास आएको छ । यसको सुधारका लागि विद्यमान कृषि प्रणालीमा परिवर्तन गर्न आवश्यक भए पनि त्यस्तो गर्न सकिएको छैन । कृषिप्रधान देश नेपालमा कृषि व्यवसाय प्रत्येक व्यक्तिको जीविकोपार्जनको भरपर्दो माध्यम हुनुपर्नेमा हाल यसप्रति धेरैको वितृष्णा बढिरहेको छ । त्यसैले हाल यस व्यवसाय परित्याग गरी अन्य पेशामा संलग्न व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । तर, चौतर्फी विकास कृषि विकासबिना सम्भव नभएकाले यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।

विश्वमा जलवायु परिवर्तनका कारण कतै अतिवृष्टि र कतै अनावृष्टि हुनु, केही खेतीयोग्य जग्गा बाझो मात्र नराखी खण्डीकरण गर्नु, धेरैजसो खेतीयोग्य जग्गामा उन्नत बीउबिजन, मल, किटनाशक औषधि र सिचाइ कमी हुनु, युवामा कृषिप्रतिको अनाकर्षण बढ्दै जानु आदि कारण कृषि क्षेत्र संवेदनशील बनेको छ । यतिमात्र नभई बढ्दो बसाइँसराइका कारण कृषि कर्ममा आवश्यक जनशक्ति कमी भई उत्पादनमा नकारात्मक प्रभाव परेको छ । नेपाल कृषिप्रधान देश भएकाले कृषि विकासविना चौतर्फी विकास सम्भव छैन । तसर्थ, प्रथम पञ्चवर्षीय योजनादेखि नै कृषि विकासमा विशेष जोड दिन थालिएको हो । हाल कृषि विकासका लागि ‘प्रधानमन्त्री कृषि आधुनिक प्रणाली कार्यक्रम’ सञ्चालन गरिएको छ । जसको सहयोग तथा अनुदान प्रवाहद्वारा निम्न वर्गीय कृषकको आर्थिक अवस्था सुधार्ने, उन्नत बीउ तथा विरुवा प्रयोग अभिवृद्धि, मुख्य बाली तथा वस्तु उत्पादन एवं उत्पादकŒव अभिवृद्धि गर्ने लक्ष्य छ । यसबाहेक कृषिमा यान्त्रीकरण र बालीचक्रमा सुधारजस्ता पक्ष परियोजनामा उल्लेख गरिएका छन् । तर, यसलाई व्यवहारमा उतार्न सहज भने छैन ।

कृषि विकासका लागि दिइ“दै आएको सहयोग तथा अनुदान पुनरावलोकन गरी राष्ट्रिय कृषि क्षेत्र संरक्षण तथा सहुलियत नीति तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि कृषि क्षेत्र वर्गीकरण गरी विपन्न सीमान्तकृत र महिला कृषकलाई थप सहयोग तथा अनुदान व्यवस्था गर्न उत्तिकै जरुरी छ । यतिमात्र नभई विभिन्न जिल्लामा रहेका सहकारी संस्थालाई कृषि उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण र आपूर्ति जिम्मा दिई कृषि क्षेत्रको उल्लेखनीय विकास गर्न नितान्त आवश्यक देखिन्छ ।

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment