किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु : RajdhaniDaily.com

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु : RajdhaniDaily.com


उदयपुर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोश्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व २०८१ (येलेदोङ ५०८४) मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार देखि पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व सुरु भएको छ ।

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोश्रो ठूलो चाड ‘साकेला उधौली’ आईतवारदेखि धुमधामका साथ सुरु भएको हो । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र बैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला थानमा भेला भएर किराँती पुर्खा–धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गरेको छ । किराँतीहरुको ऐतिहासिकस्थल साकेला थानमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिएको साकेला उभौलीको अबसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम समेत राखिएको किराँत राई यायोख्खा उदयपुरले जनाएको छ ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई यायोख्खा उदयपुरले बताए् ।

साकेला उधौलीको अबसर पारेर उदयपुरको गाईघाट, बेल्टार, रामपुर, कटारी, उदयपुरगढी, बलम्ता, आँपटार, ताप्ली गाउँपालिका लगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभूषामा सजिएर हरेक किराँत राईहरूको घर–घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवती समेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरुन् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ उदयपुरका पुर्व अध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिए । हरेक वर्ष त्रियुगा नगरपालिका–११ साकेला थानमा विधिवत् रुपमा सुरु गरिने साकेला उधौलीको अबसरमा आफन्तजन तथा इष्टमित्र बीच शुभकामना आदानप्रदान समेत गरिन्छ । बालकदेखि बृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ ।

उधौली तथा उभौलीको अबसरमा किराँत राईहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किराँत राई यायोख्खा उदयपुरका अध्यक्ष गंगा राईले बताईन ।

“साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ, उनले भने, “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । साकेला उधौली चाड पूर्वी नेपालको सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ लगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् बैशाखे पूर्णिमादेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःख, सुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ । किराँत समुदायको उधौली साकेला, योमरी पुन्हि–ज्यापू दिबस (धान्य पूर्णिमा) पनि धुमधामले मनाएको छ ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका ’boutमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पर्व मनाउछन् । पूजापछि आ–आङ्खनो परम्परा अनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । बैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले मंसिरे पूर्णिमा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।

जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउँछन । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ ।

अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपूजक किरात समुदायले मंसिर पूर्णिमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका हुन् । राई, लिम्बू, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका समुदायमा अन्नबाली पाकेपछि आङ्खनो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने प्रचलन छ । रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाइ रहेका छन् ।

किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णिमामा उभौली तथा अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली मनाउने गरिन्छ । उभौली र उधौलीमा ढोल, झ्याम्टा बजाएर गीत गाउँदै विभिन्न परम्परागत भेषभुषामा जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कलदेखि खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको लगायतका कृषि कर्मलाई चित्रण गर्दै नाच्ने गरिन्छ । कपासबाट धागो काटेको, कपडा बुनेको, सिङ्गारपटार गरेको आदि मानव क्रियाकलापलाई पनि ‘सिली टिप्ने’ गरिन्छ । उभौली महिना दिन र उधौली १५ दिनसम्म मनाइन्छ ।

पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङदेखि काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँ ढोलझ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गरेको छ ।

उभौली र उधौलीलाई ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ । नदी तथा खोलामा पाइने माछा उँधो (धेरै पानी भएको ठाँउतिर) झर्ने समयलाई उधौलीका रुपमा बुझ्ने गरिन्छ । त्यही उँधोबाट उधौली चाडको नामाकरण गरिएको जानकार बताउँछन् । किरात समुदायको मुख्य चाडको रुपमा रहेको उधौली साकेलालाई न्वागी, साकेवा, साखेवा, साकेन्वा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा लगायतका नामले चिन्ने गरिन्छ । साकेला मनाउने क्रममा कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायतका सामग्रीको आवश्यकता पर्छ । नक्छुङले चुलोको पुजा गरेपछि साकेला नाच्न सुरु गरिन्छ ।

(Visited 8 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School