प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार
युक्रेनले ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
युक्रेन र रुस दुबैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी युक्रेनले दिएको छ ।
युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा सहित अन्य सुचना प्राप्त गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन, यो राष्ट्रिय सुरक्षाको कुरा हो उहाँले भन्नुभयो ।
एकजना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताउनुभएको छ ।
टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सुचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।
टेलिग्रामका संस्थापक रुसी मुलका पावेल दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो ।