कास्कीमा ६५ लाख बुझाएका रविलाई काठमाण्डौमा ६० लाख धरौटी मागियो, अझै तिन जिल्लामा मुद्धा बाँकी



प्रकाशित मिति : माघ २, २०८१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो ।

सभापति लामिछानेविरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो ।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी लिएर मुक्त गरेका लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अब रविलाई जिल्ला अदालत रुपन्देही लैजाने तयारी छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School