कामदार भिसा “एचवानबी” मा अमेरिका आउँदै गरेका डाक्टर बोस्टन विमानस्थलबाटै डिपोर्ट



प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

कामदार भिसा “एचवानबी” मा अमेरिका आउँदै गरेका डाक्टर बोस्टन विमानस्थलबाटै डिपोर्ट

अमेरिकामा कामदारभिसामा आउँदै गरेका एक डाक्टरलाई बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले नियन्त्रणमा लिएर हतार हतार डिपोर्ट गरेको छ । डाक्टर रशा अलावीहसँग मार्च ११ मा जारी गरिएको वैध एचवान बी भिसा रहेको जनाइएको छ ।

लेबनानी नागरिक उनलाई ब्राउन विश्वविद्यालयले औषधिको सहायक प्राध्यापकको रूपमा रोजगार दिएको थियो । मृगौला प्रत्यारोपण विशेषज्ञ अलावीहले यसअघि वाशिङटन विश्वविद्यालय र येल विश्वविद्यालय दुवैमा तालिम लिएकी थिइन्।

उनको देशनिकालाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ब्राउन विश्वविद्यालयको को नेफ्रोलोजी विभाग अत्यन्तै चिन्तित भएको दाबी गरिएको छ । उनी सहायक प्राध्यापक रहेको र उनको जिम्मेवारी गम्भीर रहेको कागजातमा उल्लेख थियो ।

कामदार भिसा “एचवानबी” मा अमेरिका आउँदै गरेका डाक्टर बोस्टन विमानस्थलबाटै डिपोर्ट

कामदार भिसा “एचवानबी” मा अमेरिका आउँदै गरेका डाक्टर बोस्टन विमानस्थलबाटै डिपोर्ट

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिनुको कुनै कारण दिएका छैनन् । सीबीपीले आगमन गर्ने विदेशीहरूको अमेरिकामा प्रवेशको योग्यता स्थापित गर्ने जिम्मेवारी आफूहरुको रहेको र अमेरिकालाई राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउन प्रतिबद्ध रहेको बताएको छ । तर ती डाक्टरबाट कस्तो खतरा थियो भन्नेबारे केही बताइएको छैन ।

म्यासाचुसेट्सको डिस्ट्रिक्ट कोर्टका अन्यायाधीशले अलावीहलाई ४८ घण्टाको सूचनाविना र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कारण नखुलाईकन देशनिकाला नगर्न आदेश दिएका थिए ।

तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अदालतको आदेशलाई अवहेलना गर्दै अलावीहलाई फ्रान्स डिपोर्ट गरिसकेको छ । जहाँबाट लेबनान जाने उडान तय भएको थियो।

गत जनवरीमा ६६ जना नेपालीहरुले एचवान बी भिसा प्राप्त गरेका थिए । एचवान बी श्रेणीको कामदार भिसा पाउने नेपालीको संख्या डिसेम्बरमा १०९, नोभेम्बरमा ९३ र अक्टोबरमा १२८ थियो । पछिल्लो घटनाबाट त्यस्ता भिसावाहकमा पनि त्रास फैलिएको छ ।

कभर फोटोमा लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको पासपोर्ट चेक गदैै सीबीपी अधिकारी ।

कामदार भिसा “एचवानबी” मा अमेरिका आउँदै गरेका डाक्टर बोस्टन विमानस्थलबाटै डिपोर्ट





Source link

Leave a Comment