काभ्रेका २८ वर्षीय सुवास १३ दिनदेखि अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन

काभ्रेका २८ वर्षीय सुवास १३ दिनदेखि अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन



प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

अष्ट्रेलियाको सिड्नीबाट एक जना नेपाली सम्पर्कबिहीन भएका छन् । काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएको २८ वर्षीय सुवास बोलखे १३ दिनदेखि अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट सम्पर्कबिहीन बनेका हुुन् ।

२८ वर्षीय सुवास अन्तिम पटक बेक्सलेमा २७ जुलाई बेलुका ८ बजे देखिएका थिए । बेपत्ता भएपछि सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अधिकारीहरूलाई अगस्ट २ तारिखमा खबर गरिएको थियो । प्रहरीले खोजी कार्य चलिरहेको जनाएको छ ।

सुवास बेक्सले, कोगारह, बालमेन र सिड्नी सीबीडी क्षेत्रहरूमा बारम्बार जाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुवासलाई कतै देखेमा वा भेटेमा कोगराह प्रहरी चौकी वा १८०० ३३३ ००० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यस्तै, सुवासको परिवारले खोजी कार्यमा सहयोग गर्न याचना गरेको छ । उनका दाइ सुरेन्द्र बोलखेले सुवासको बारेमा केही जानकारी प्राप्त भएमा ९८४११०३४२१ खबर गर्न अपिल समेत गरेका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School