बंगलादेशमा असन्तुष्टि र असहज अवस्था थियो भन्ने त सहजै अनुमान थियो । तर, घटनाक्रमले जुन अप्रत्याशित एवं आकस्मिक रूपमा अनौठो मोड लियो, त्यसले चाहिँ धेरैलाई आश्चर्यचकित बनाइदिएको छ । एक दशकभन्दा बढी समयदेखि मुलुकको बहालवाला कार्यकारी प्रमुख रहेकी शेख हसिना वाजेदले १ घण्टाको समय पनि नपाउनु भनेको आश्चर्यजनक कुरा नै हो । ‘बंगबन्धु’ भनेर लगभग पुजिने गरेका शेख मुजिबुर रहमानको सालिक भत्काइनु र बंगालीहरूबीच ‘गौरब’का रूपमा परिचित रवीन्द्रनाथ टैगोरको प्रतिमा तोडिनु वास्तवमै अकल्पनीय विषय हो । शेख हसिनाले पदत्याग गरेर मुलुकसमेत छोडिसकेपश्चात् आन्दोलकारीहरूको आक्रोश उनको पार्टी अवामी लिगका अन्यप्रति तेर्सिनु सायद बुझ्न सकिन्छ । तर, कथित आन्दोलनकारीहरूको निसानामा अल्पसंख्यक हिन्दूहरू पर्नुचाहिँ अलि अपाच्य अवस्था हो ।
समग्रतामा परिस्थितिलाई बुझ्न थोरै इतिहासका पानाहरू पल्टाउनु जरूरी हुन्छ । सन् १९७० डिसेम्बरमा तत्कालीन अविभाजित पाकिस्तानमा आमनिर्वाचन भयो । शेख मुजिबुरको पार्टी अवामी लिगले तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)का सबैजसो सिटहरूमा विजय हासिल ग-यो । पूर्वी पाकिस्तानका १ सय ६२ मध्ये १ सय ६० सिट अवामी लिगले जितेको थियो । पश्चिमी पाकिस्तान (हालको पाकिस्तान)का अधिकांश सिटहरू (१ सय ३८ मध्ये ८१) जुल्फिकार भुट्टोको पाकिस्तान पिपुल्स पार्टीले जित्यो । संसद्को कुल सदस्य संख्या ३ सयमा बहुमतका लागि १ सय ५१ सिट चाहिन्थ्यो भने अवामी लिगले १ सय ६० सिट जितेको थियो । अविभाजित पाकिस्तानको प्रधानमन्त्री पदमा शेख मुजिबुरको वैध दावा रह्यो । तर, पश्चिमी पाकिस्तानले यो कुरा मानेन । खिचलो बढ्दै गयो । पूर्वी पाकिस्तानमा सेनाको दमन सुरु भयो । झन्डै ३० लाख बंगालीहरू मारिएको बताइन्छ भने त्यसबेला पाकिस्तानी सेनाले गरेको बलात्कारका कारण मात्रै २ लाख बालबालिका जन्मेको बताइन्छ । करोडौंको संख्यामा बंगाली शरणार्थीहरू भारत प्रवेश गरे । भारत पनि यो विवादमा मुछियो । भारतीय सेनाले बंगाली मुक्ति बाहिनीलाई तालिम दियो भने पछि त भारत पाकिस्तानबीच घोषित युद्ध नै भयो । १३ दिनको युद्धपश्चात् १६ डिसेम्बर १९७१ का दिन ९५ हजार पाकिस्तानी सेनाले भारतसमक्ष आत्मसमर्पण गरे । तत्कालै स्वतन्त्र बंगलादेश अस्तित्वमा आयो र शेख मुजिबुर राष्ट्रपति बने ।
हिन्दू बाहुल्य भारतका कारण नै पाकिस्तान टुक्रिएर बंगलादेश बनेको भन्ने छाप पर्नु स्वाभाविक थियो । यो कुरो धेरै हदसम्म साँचो पनि थियो । भारतको बलियो साथ नपाएको भए बंगालीहरूले स्वतन्त्रता प्राप्त गर्न सजिलो थिएन ।
सन् १९४७ मा अविभाजित भारतबाट टुक्रिएर नै इस्लाम धर्मावलम्बीका लागि पाकिस्तान बनेको थियो । सन् १९४७ को दुवैतर्फ नरसंहारको आफ्नै कथा छ । म आफू स्वयं अध्ययनको सिलसिलामा २ वर्ष पाकिस्तान बसेको हुँ । सन् १९४७ को विभाजनको पीडा र सन् १९७१ को बंगलादेश निर्माणको पीडा दुवैले गर्दा नै होला पाकिस्तानमा हिन्दूप्रति हदैसम्म घृणा पाइन्छ । पाकिस्तानमा एकले अर्कालाई ठुलै गाली गर्नुप¥यो भने भन्छन्– ‘हिन्दू से भी बदत्तर है’ अर्थात् हिन्दूभन्दा पनि खराब † ‘साला बिल्कुल हिन्दू है’ त मुखैमा झुन्डिएको हुन्छ ।
बंगलादेश मुसलमान बहुल इस्लामिक राष्ट्र नै हो । त्यहाँ पनि अल्पसंख्यक हिन्दूमाथि समयसमयमा उत्पीडनका घटना नभएका होइनन् । त्यति हुँदाहुँदै पनि झन्डै डेढ करोड हिन्दू धर्मावलम्बीहरू त्यहाँ बसोबास गर्छन्, जुन मुलुकको जनसंख्याको ८ प्रतिशतजति हो । बंगलादेशको राजधानी ढाका ढाकेश्वरी देवीको नामबाट आएको हो र ढाकामा सुप्रसिद्ध ढाकेश्वरी मन्दिर छ र त्यहाँ नियमित पूजाआजा हुँदै आएको छ । मुलुकका अन्य भागमा पनि प्रसिद्ध हिन्दू देवस्थलहरू विद्यमान छन् । भन्न खोजिएको के हो भने बंगलादेशमा तुलनात्मक रूपमा अल्पसंख्यक हिन्दू राम्रैसँग बसोबास गर्दै आएका थिए । त्यसको मूल कारण के हो भने पहिलो कुरो त अधिकांश बंगलादेशीहरू आफूलाई मुसलमान भन्दा बढी बंगाली हुनुमा गर्व गर्छन् र बंगाली भाषा र संस्कृतिसँग आफूलाई जोड्छन् । अर्को कुराचाहिँ स्वतन्त्र बंगलादेश निर्माणमा भारत वा हिन्दूको भूमिकाप्रति कृतज्ञ रहेका छन् ।
बंगलादेश मुसलमान बहुल इस्लामिक राष्ट्र नै हो । त्यहाँ पनि अल्पसंख्यक हिन्दूमाथि समयसमयमा उत्पीडनका घटना नभएका होइनन्
तर, किन शेख हसिनाप्रति लक्षित आन्दोलन वा दंगा फसाद स्वयं हसिना शक्ति र मुलुकुबाट समेत निष्कासित भइसकेपछि हिन्दूहरूविरुद्ध लक्षित भयो त ? यस प्रश्नको जवाफ त्यति सहज छैन । पाकिस्तान भन्ने मुलुकको भारत र हिन्दूप्रतिको घृणाका ’boutमा त उल्लेख गरिसकिएकै छ । बंगलादेशको स्थापना हुँदाको समयमा पनि अल्पमतमै भए पनि केही बंगालीहरू निश्चितै पाकिस्तानबाट अलग्गिन नहुने मत राख्थे होला । जमाते इस्लामी नाम गरिएको कट्टरपन्थी समूह हाल पनि बलियो रूपमा अस्तित्वमा छ । त्यस समूहको पाकिस्तानसँग भित्री सम्बन्ध थियो र छ भन्ने पनि स्पष्टै छ । पाकिस्तान बंगलादेशमा अस्थिरता चाहन्छ र भारत वा हिन्दूविरोधी भावना त्यस्तो अस्थिरताको बलियो अस्त्र साबित हुने भन्ने कुरामा धेरै विश्लेषणको आवश्यकता पर्दैन । आरक्षणको विरोधमा उठेको सामान्य देखिने आन्दोलनमा जमाते इस्लामी र आमरूपमा भारतविरोधी धारणा राख्ने बेगम खालिदा जियाको बंगलादेश नेसनल पार्टी बीएनपी मिसिनुबाट के देखिन्छ भने बंगलादेशको वर्तमान परिस्थिति पैदा हुनुका पछाडि पाकिस्तान र त्यसको गुप्तचर संगठन आईएसआईको ठूलो हात छ । एउटा प्रश्नले चाहिँ अप्ठ्यारो पार्छ । पाकिस्तान आफैं लगभग तन्नम अवस्थामा छ । पाकिस्तानी सेनाको ट्यांकरमा तेल हाल्नसमेत रकमको अभाव भएको खबर बाहिरिएको छ । पाकिस्तानी सरकार ठाउँठाउँमा कचौरा थाप्दै हिँडेको देखिन्छ । यस्तो अवस्थाको पाकिस्तानले बंगलादेशी जमातलाई कसरी सघायो होला त ?
यहाँनेर तेस्रो पात्रको प्रवेश हुन्छ । रणनीतिक अवस्थितिका कारण चीन बंगलादेशलाई आफ्नो मुठीभित्र पार्न लालायित थियो र छ । शक्तिराष्ट्र बन्ने सपना बोक्ने चीनले त्यस्तो लालसा राख्नु सायद स्वाभाविक मानिएला † चीनले भारतलाई घेर्न र अमेरिकालाई रोक्न बंगलादेश आवश्यक थियो । अस्थिरता पैदा गरेर इस्लामिक अतिवादीमार्फत बंगलादेशमा आफ्नो प्रभाव फैलाउन उचित देख्यो र जमाते इस्लामीलाई आईएसआईमार्फत धनराशि उपलब्ध गराएको भन्ने कुरो सहजै अनुमान गर्न सकिन्छ ।
चाखलाग्दो विषय के हो भने अमेरिका र भारतलाई रोक्न चीन बंगलादेशमा सक्रिय भयो र शेख हसिनालाई विस्थापित गर्न उद्यत भयो भने सँगसँगै बंगलादेशी भूमिलाई सामरिक प्रयोग गर्न चाहने अमेरिका पनि हसिना फ्याँक्न सक्रिय भयो । चीन अमेरिका र भारतलाई रोक्न चाहन्छ भने अमेरिका चीन र भारतलाई रोक्न चाहन्छ । दुवैका लागि शेख हसिना बाधा साबित भइरहेकी थिइन् । अमेरिका पनि आफ्नै ढंगले लागेको देखिन्छ । विद्यार्थी आन्दोलनमा सतहमा आएका व्यक्तित्वहरू र मोहम्मद युनुसको अनुहार हेर्दा यी व्यक्तिहरू अमेरिकाको सक्रिय सहयोगबाट सञ्चालित हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
समग्रमा भन्ने हो भने बंगलादेश परस्पर विरोधी अन्तर्राष्ट्रिय खेलाडीहरूको खेलमैदान बन्न पुगेको छ । बंगलादेशमा सहज वातावरण बन्न मुस्किल छ । आगामी दिनमा आजको सहविजेता पाकिस्तान चीन समर्थक कट्टरपन्थी इस्लामिक समूह र अर्को सहविजेता अमेरिका समर्थित सुकिलो अनुहारबीच कडा संघर्ष देखिनेछ । शेख हसिनाको अवामी लिग त अझै पनि सुषुप्त देखिए पनि बलियो छ । केही दिनमै लिगले धूलो टकटकाउँदै खडा हुनेछ र आफ्नो बलियो उपस्थिति देखाउनेछ ।
अन्त्यमा पुनः एकपटक हिन्दूहरूविरुद्ध भइरहेको आक्रमणकै कुरा गरौं । सायद हदिज वा इस्लामको कुनै ग्रन्थमा नै लेखिएको छ– एक जना काफीरको अन्त्य ग¥यौं भने जन्नतमा ठाउँ पाउनेछौं । काफीर भनेको विधर्मी अर्थात् गैरइस्लाम हो र जन्नत भनेको स्वर्ग हो । कुरो त ७२ हूर अर्थात् अप्सराको भोग गर्न पाइने भन्ने पनि छ क्या र † अब काफीरको अन्त्य कसरी हुन्छ ? काफीरलाई परमधाम पठाउनुप¥यो † एउटा अर्को उपाय पनि छ † सरोजलाई फिरोज वा जुहीलाई रूही बनाउनसके पनि हुन्छ । यसरी जन्नत प्राप्तिको बाटोमा हिँडेका कट्टरपन्थीलाई के गर्न सकिएला ? प्यालेस्टाइनमा भएको नरसंहारका ’boutमा लामो भाषण गर्ने र भारतमा कुनै मुसलमानका प्रति भएको ज्यादतीविरुद्ध लामो वक्तव्य निकाल्ने धर्मनिरपेक्ष लोकतन्त्रवादीहरूको मौनता देख्दा अचम्मचाहिँ लाग्छ ।
(Visited 5 times, 1 visits today)