काठमाण्डौको कर्फ्यु स्थगन : राप्रपा नेता मिश्र र राणा पक्राउ, प्रसाई फरार



प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेदेखि स्थगन गरेको छ ।

काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

शुक्रबार तीनकुनेमा भएको झडपपछि बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो ।

काठमाण्डौको कर्फ्यु स्थगन : राप्रपा नेता मिश्र र राणा पक्राउ, प्रसाई फरार

काठमाण्डौको कर्फ्यु स्थगन : राप्रपा नेता मिश्र र राणा पक्राउ, प्रसाई फरार

झडपमा परेर एकजना पत्रकार सहित २ जनाको ज्यान गएको छ । प्रहरी सहित १०० भन्दा बढी घाइते भएका छन ।

तोडफोड , आगजनी र लटपाटका दर्जनौ घटनामा राजवादी समर्थकहरु सकृय रहेको र उनीहरुलाई उक्साएको आरोप लगाउदै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र , महामन्त्री धवल शमसेर राणा सहितका झण्डै २ दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

राजसंस्था पुनः स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घर मै नजरवन्दमा राखेको छ । आन्दोलनका कमान्डर दुर्गा प्रसाई फरार रहेको प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment