संघीय राजधानी काठमाडौं मुलुकका ७७ वटै जिल्लाका जनप्रतिनिधि बस्ने प्रमुख केन्द्र हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महŒव राख्ने देशको राजनीतिक शक्ति केन्द्र काठमाडौंमा हुने निर्णय तथा घट्ने घटनाक्रमले हरेक क्षेत्रमा प्रभाव पार्ने गर्छ । इतिहासको चस्माबाट हेर्दा काठमाडांै राजनीतिक षड्यन्त्र, हत्याकाण्ड र दुष्कर्मले रंगीन सहरका रूपमा प्रतीत हुन्छ ।
पृथ्वीनारायण शाहको अन्त्यपछाडि राजदरबारमा थापा र पाण्डे परिवारको शक्ति संघर्ष सुरु भयो । यो शक्ति संघर्षको प्रत्यक्ष अभ्यास भीमसेन थापा प्रधानमन्त्री हुँदा देखियो । प्रधानमन्त्रीकालमा उनले ९३ जना शत्रु पक्षका मानिसको हत्या गरे । त्यसो त, भीमसेन थापाले नेपालको इतिहासमा केही राम्रा काम पनि गरेको देखिन्छ । तथापि, राजनीतिक षड्यन्त्रकै कारण उनको दुःखद मृत्यु हुन पुग्यो ।
राजकाजसम्बन्धी मामिलामा विवाद भएपछि सौतेनी भाई शेरबहादुर शाहीले रणबहादुर शाहको हत्या गरेपछि भीमसेन थापाले आप्mनामातहतका सेनालाई दरबार घेर्न लगाएर विरोधीहरूलाई मार्न लगाए । यो हत्या प्रकरणपछाडि भीमसेन थापा निकै शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका थिए । राजेन्द्रविक्रम शाहकी जेठी रानी साम्राज्यलक्ष्मी र पाण्डेहरूले भीमसेन थापाले गरेको राजनीतिक षड्यन्त्रको बदला लिन चाहन्थे । तर, राजेन्द्रविक्रमकी कान्छी रानी ललितात्रिपुरासुन्दरी थापा परिवारकी भएकाले भीमसेन थापालाई शक्तिशाली प्रधानमन्त्री बन्न सहयोग गरिन् । जब ललितात्रिपुरासुन्दरीको मृत्यु भयो, त्यसपछि थापामाथि अनेक षड्यन्त्र हुनथाले ।
भीमसेन थापालाई ‘राजकुमारको हत्या गरेको’ भन्ने झुठो मुद्दा लगाएर जेलमा हालियो । शत्रुहरूले उनलाई जेलमा राखेर मात्र छाडेनन् । जेलभित्रै पनि अनेक प्रकारका मानसिक यातना दिइयो । शत्रु पक्षले भीमसेन थापाकी पत्नीलाई नाङ्गै सहर घुमाउने र त्यो दृश्य भीमसेन थापाले ‘दिसाको पोखरीमा घाँटीसम्म डुबेर हेर्नुपर्ने’ भन्ने हल्ला चलाए । भीमसेन थापाले यो मानसिक पीडा खप्न सकेनन् र जेलभित्र नै झ्यालको सिसा फुटाएर छातीमा रोपी आत्महत्या गरे । नौ दिनसम्म छट्पटिएर उनको मृत्यु भयो ।
भीमसेन थापाका विरोधीले उनको मृतशरीलाई दाहसंस्कार गर्नसमेत नदिएर टुक्राटुक्रा पारी कुकुर र गिद्धलाई खुवाएको इतिहास छ । यति मात्र होइन, भीमसेन थापाको परिवारलाई काठमाडौंदेखि गोरखा र गोरखादेखि काठमाडौंसम्म नाङ्गो खुट्टाले पैदल हि“डाउने सजाय दिइयो । यसका साथै उनका सन्तानलाई सात पुस्तासम्म सरकारी जागिरमा बहिष्कार गर्ने नियम बनाए । मानवताको कोणबाट हेर्दा यो घटना अत्यन्त असभ्य, क्रुर तथा अमानवीय प्रतीत हुन्छ ।
राजनीतिक इतिहासको घटनाक्रम अध्ययन गर्दा हरेक कालखण्डमा काठमाडौं सत्ता संघर्षको दुष्कर्मको चझव्यूँहमा परेको देखिन्छ । दुष्कर्मकै शृंखलामा दरबार कमजोर भएका बेला कोत पर्व, भण्डारखाल पर्व र अलौ पर्वजस्ता हत्याकाण्डमा सयौंको हत्या गरेर जंगबहादुर राणाले देशको शक्ति आप्mनो हातमा ल्याउन सफल भएका थिए । अलौ पर्व वीरगन्जनजिकमा भए पनि यसको तनाबाना काठमाडौंमै बुनिएको थियो । राणाहरूको १ सय ४ वर्षे शासनकाल पनि षड्यन्त्र र हत्या शृंखलाले निरन्तरता पाएको देखिन्छ ।
सत्ताका लागि आप्mनै भाइभारदारमाथि षड्यन्त्र गर्ने र हत्यासम्म गर्ने कार्य राणाका लागि सामान्य थियो । चन्द्रशमशेरले त राणाहरूलाई ‘ए’, ‘बी’, ‘सी’ वर्गमा विभाजन गरी ‘सी’ वर्गका राणाहरूलाई देश निकाला नै गरेका थिए । प्रजातन्त्रका लागि लड्ने शहीदलाई झुन्ड्याएर वा गोली हानेर मार्ने कार्य होस् कि टंकप्रसाद आचार्यलाई सर्वस्व हरण गरी आजीवन जेलमा राखेको घटना होस्, यी र यस्ता घटनाको रणभूमि हो, काठमाडौं । २००७ साल प्रजातन्त्र उदयपछि वर्तमान अवस्थासम्मको इतिहासमा पनि काठमाडौं राजनीतिक जाल, जेल, षड्यन्त्र र दुष्कर्मको ‘इपिसेन्टर’ बन्दै आएको छ । प्रजातन्त्रको उदय २००७ सालदेखि १५ सालसम्मको अवधिमा दलीय स्वार्थ र व्यक्तिगत टकरावका कारण राजनीतिक स्थिरता हुन सकेन । षड्यन्त्र तथा स्वार्थकै कारण पटकपटक सरकार परिवर्तन भइरहे । २०१५ सालमा भएको आमनिर्वाचनबाट बीपी कोइराला प्रधानमन्त्री भएपछि राजनीतिक स्थिरता र विकासको जग बस्दै गरेको बखत १ पुस २०१७ मा राजा महेन्द्रले प्रजातन्त्रमाथि षड्यन्त्र गरी निरञ्कुश पञ्चायती व्यवस्था सुरु गरे ।
बालुवाटार जग्गा प्रकरण, नारायणहिटी दरबारको बतास प्रकरण, पशुपतिको धर्मशाला काण्ड, शेरादरबार, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड, भुटानी शरणार्थी काण्ड, भिजिट भिसा प्रकरणलगायत सहकारीमा लुटपाटजस्ता कुकर्मबाट काठमाडौं जाली, बेइमान, भ्रष्ट तथा फटाहाको सहर त होइन ? भन्ने प्रश्न उठेको छ ।
त्यसो त, राजा महेन्द्रको समय नागरिकका लागि ‘मानवअधिकार’ नभए पनि देश विकास र सुशासनका लागि इतिहासकै स्वर्ण समय थियो भन्ने गरिन्छ । २०२८ सालमा महेन्द्रको स्वर्गारोहणपछि पञ्चायती व्यवस्था जोगाउन अनेक प्रकारका हत्याकाण्ड भए । पञ्चायती व्यवस्थाले गरेका अत्याचारविरुद्ध राजनीतिक दलले आन्दोलन गरे । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछाडि नेपाली समाजलाई ‘विकास र सुशासनले बाटो लिनेछ’ भन्ने लागेको थियो । तर, राजनीतिक षड्यन्त्रमा अभ्यस्त नेपाली राजनीतिले प्रजातन्त्र पुनःस्थापना भएपछि पनि सत्कर्मको बाटो लिन सकेन ।
नेपालले तीन दशकभन्दा बढी लोकतान्त्रिक अभ्यास गरिसकेको छ । यस अवधिमा पनि राजनीतिक षड्यन्त्रको पासोमा राजनीति अल्झिइरहेको छ । राजनीतिक दाउपेचकै कारण नेपाली कांग्रेसजस्तो पुरानो प्राजातान्त्रिक पार्टी शेरबहादुर देउवाको नेतृत्वमा विभाजन हुनपुग्यो । जसका कारण आजसम्म पनि कांगे्रसमा गुटबन्दी रहेको छ । हरेक दलमा गुट, उपगुट तथा फुटको राजनीति व्याप्त छ । राजनीतिक षड्यन्त्रकै कारण मदन भण्डारी र जीवराज आश्रितको हत्या गरियो । १९ जेठ २०५८ मा इतिहासकै डरलाग्दो दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंशनास गरियो ।
काठमाडौंलाई ‘मन्दिरैमन्दिरको सहर’ पनि भन्ने गरिन्छ । काठमाडौंमा पशुपतिनाथ, गुह्येश्वरी, दक्षिणकाली, स्वयम्भूनाथलगायत हरेक टोल वा गल्लीमा विभिन्न मन्दिर छन् । हरेक मठमन्दिरमा देवीदेवता, प्रभु, अल्लाह, बिहार गुम्बामा आदिको पूजाआरधना गरिन्छ । हरेक धर्मले परोपकार तथा ‘सर्वहिताय’को पाठ पढाएको छ । तथापि, यस्तो धार्मिकस्थलमा पनि ‘किन अमानवीय षड्यन्त्रहरू भइरहेका होलान् ? किन मानिसहरू लोभानी र पापानी कर्ममा अभ्यस्त भएका होलान् ?’ यसरी धार्मिक दृष्टिकोणबाट हेर्दा समाजले धर्मको सिकाइ व्यवहारमा अनुसरण गरेको पाइ“दैन । काठमाडौंजस्तो धार्मिक केन्द्रमा पनि सत्कर्म हुन नसक्नु मानवीय कमजोरी हो ।
पछिल्ला दशक काठमाडौं भ्रष्टाचारको आहालमा डुबेको छ । काठमाडौं भ्रष्टाचारी, बिचौलिया, कमिसनखोर तथा सेटिङ मिलाउने सेन्टरजस्तो भएको छ । काठमाडौंमा रहेका प्रशासनिक केन्द्रमा ‘कालेकाले मिलेर खाऊँ भाले’ संस्कृति मौलाएको छ । त्यसो त, अहिले भ्रष्टाचारको जालो स्थानीय तहसम्म रहेको समाचार आइरहेका छन् । तथापि, काठमाडौं सत्कर्मको थलो बनेको भए प्रान्तीय र स्थानीय क्षेत्र इमानदार हुने थिए । मूल नै खराब भएपछि यसको प्रभाव तलसम्म पर्नु अस्वाभाविक होइन । तसर्थ, इतिहासबाट पाठ सिकेर अब काठमाडौं विकृति र विसंगतिको केन्द्र हुनु हुँदैन । सत्कर्मको थलो बन्नुपर्छ ।
शिक्षालाई समाज विकासको आधार र आचरण निर्माणको स्रोत मानिन्छ । देशको ठूलो त्रिभुवन विश्वविद्यालय काठमाडौंमै छ । दर्जनौं विश्वविद्यालय, सयौंको संख्यामा शिक्षालय, देशकै ठूलाठूला पुस्तकालय पनि काठमाडौंमै छन् । काठमाडौं पढेलेखेका, शिक्षित मानिस बस्ने सहरका रूपमा पनि चिनिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय यहीँ छन् । तथापि, काठमाडौं भ्रष्टाचारका अनेक प्रकरणको दुष्चक्रमा डुबेको छ । करोडौंका भ्रष्टाचारका अडियो भिडियो काण्ड आइरहेका छन् । बालुवाटार जग्गा प्रकरण, नारायणहिटी दरबारको बतास प्रकरण, पशुपतिको धर्मशाला काण्ड, शेरादरबार, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड, भुटानी शरणार्थी काण्ड, भिजिट भिसा प्रकरणलगायत सहकारीमा लुटपाटजस्ता कुकर्मबाट काठमाडौं जाली, बेइमान, भ्रष्ट तथा फटाहाको सहर त होइन ? यी प्रश्न उठेका छन् ।
त्यसो त, काठमाडौंको राम्रा पक्ष पनि धेरै छन् । इतिहासका कालखण्डमा भएका राजनीतिक परिवर्तनको प्रतिनिधित्व काठमाडौंले गरेको छ । राजनीतिक परिवर्तनका हरेक घटनामा काठमाडौंले निर्णायक भूमिका खेलेको छ । आर्थिक वर्ष २०६२–०६३ को आन्दोलनको सफलतामा काठमाडौंको निर्णायक थियो । तथापि, आव २०६२–०६३ को परिवर्तनपछि नेताहरूले जनतालाई ‘धोखा दिएको’ भन्ने पनि छन् । आन्दोलनको ‘म्यान्डेड धर्म निरपेक्षता र राजतन्त्र अन्त्य’ थिएन । ‘केही नेताको स्वार्थका कारण षड्यन्त्र गरियो’ भन्नेको संख्या ठूलो छ ।
गणतन्त्रको अभ्यास हुन थालेको १७ वर्षको अभ्यासमा राज्यले सुशासन र विकासमा जनताले महसुस गर्ने प्रगति गर्न सकेको छैन । अहिले पनि काठमाडौं राजनीतिक दुष्कर्मको केन्द्रका रूपमा अभ्यस्त भइरहेको देखिन्छ । अब त अति भयो । काठमाडौंले विकास, समृद्वि र सुशासनको प्रतिनिधित्व गर्नुपर्छ । यसै गरोस् † ‘काठमाडौं दुष्कर्मको होइन, सत्कर्मको केन्द्र’ बनोस्–नाइयोस् ।
The post काठमाडौंमा काण्डैकाण्ड ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….