काठमाडौँमा वायु प्रदूषणको तह खतरामै

काठमाडौँमा वायु प्रदूषणको तह खतरामै


काठमाडौँलाई उछिन्दै भारतको दिल्ली विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। एक्यू एयरका अनुसार काठमाडौँमा वायु प्रदूषणको तह खतरामै रहेपनि हाल दिल्ली सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।

एक्यू एयरका अनुसार अहिले बिहान १० बजे भारतको राजधानी दिल्लीको वायु गुणस्तर सूचकाङ्क २४८ मापन गरिएको छ। जबकी काठमाडौँको वायु गुणस्तर सूचकाङ्क २२० मापन गरिएको छ। जसलाई स्वास्थ्यका हिसाबले घातक मानिन्छ।

काठमाडौँमा जम्मा भएको धुलोधुँवा बाहिर निस्कन नसकेको, अव्यवस्थित सहरीकरण, आसपासका क्षेत्रमा लागेको डढेलोका कारण काठमाडौँको वातावरण बिहान प्रायः तुँवालो लागेको जस्तो देखिने गरेको छ भने दिउँसो र साँझ पनि आकाश धमिलो देखिने गरेको छ।

यो क्रम अझै केहीदिन जारी रहने छ।

वायु प्रदूषणको तह घातक स्तरमा पुगेपछि चिकित्सकहरूले अनावश्यक रुपमा बाहिर ननिस्कन सुझाव दिएका छन् भने निस्कनै परेका अवस्थामा मास्क, चस्मा, सुतीको पुरै शरीर ढाक्ने कपडाको प्रयोग गर्न सुझाव दिएका छन्।

प्रकाशित: २९ चैत्र २०८० १०:१३ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School