कांग्रेस सभापति देउवालाई नेपालगञ्जमा स्वागत


नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा नेपालगञ्ज पुगेका छन्। स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आज बिहान नेपालगञ्ज पुग्दा उनलाई विमानस्थलमा स्वागत गरिएको हो।

बुद्ध एयरको पहिलो उडानमार्फत नेपालगञ्ज आईपुगेका देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

सभापति देउवासँगै कांग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय, केन्द्रिय सदस्य दीपक गिरी, कृष्ण किशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्का पनि नेपालगञ्ज आएका छन्।

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, नेपाली कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की लगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतले सभापति देउवालाई स्वागत गरेका थिए।

सभापति देउवा नेपालगञ्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गरेका छन्। दाङको अमिलिया चोकमा निर्मित स्वर्गीय खड्काको शालिक निर्माण गरिएको छ। सभापति देउवा दाङको कार्यक्रम सकेर शुक्रबार बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको उनका स्वकिय सचिव भानु देउवाले नागरिक न्यूजलाई जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०८० १०:२४ शुक्रबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School