काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनको सहयोगमा बनेको टिप्पणी गरेका छन् । उनले ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबीसमेत गरेका छन् ।
मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका महतोले ‘गोर्खाली सत्ता कमजोर बनेसँगै नयाँ बहुलराष्ट्रिय राज्य व्यवस्थाको माग तीव्र बनेको’ जनाएका छन् । साथै, उनले ओली नेतृत्वको सरकार आफ्नो पार्टीका ‘आसेपासे र नेताहरूलाई’ खुसी राख्नमै केन्द्रित रहेको जनाएका छन् ।
‘चीनको सहयोगमा बनेको नेकपा लामो समय टिक्न नसकेको जस्तै कांग्रेस र एमाले गठबन्धन पनि लामो समयसम्म टिक्ने सम्भावना कम छ, गोर्खाली सत्ता कमजोर बनेसँगै नयाँ बहुलराष्ट्रिय राज्य व्यवस्थाको माग तीव्र बनेको छ,’ महतोले भनेका छन् । उनले नेपालको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक संकटको जरो ऐतिहासिक गोर्खाली औपनिवेशिक संरचना भएको जनाएका छन् । यसले विविधतालाई सम्मान गर्दै नयाँ बहुलराष्ट्रिय राज्य प्रणालीमार्फत मुलुकलाई समृद्धि र स्थिरतामा पु¥याउने अवसरको खाँचो स्पष्ट गरेको महतोले जनाएका छन् ।
त्यस्तै, महतोले राजनीतिक प्रतिवेदनमा प्रमुख राजनीतिक दलको चरित्र र सम्बन्धका ’boutमा समेत चर्चा गरेका छन् । नेपाली कांग्रेसलाई उनले दक्षिणपन्थी धु्रवमा खुम्चिएको पार्टी भएको टिप्पणी गरेका छन् । अनुदार कन्जर्भेटिभ दृष्टिकोण अँगाल्दै लोकतन्त्रलाई केवल औपचारिक र सीमित दायरामा सीमित गराएको पार्टी कांग्रेस भएको उनको टिप्पणी छ ।
‘नेपाली कांग्रेस हाल क्लासिकल लिबरल्सको स्वरूपमा सीमित छ । जसले न बहुसांस्कृतिक सुधारको पक्षपोषण गर्छ, न त सामाजिक न्यायको परिप्रेक्ष्यलाई स्विकार्छ, यसले अझै पनि एकल सांस्कृतिक राष्ट्र राज्यको अवधारणा अँगालेर आफ्नो वर्णीय–वर्गीय स्वार्थ सुरक्षित राख्न चाहन्छ,’ कांग्रेस’boutमा महतोले भनेका छन् ।
दलाल र नोकरशाही पुँजीवादलाई अँगाल्दै कांग्रेस अन्तर्राष्ट्रिय नवसाम्राज्यवादप्रति झुकेको महतोको निष्कर्ष छ । कांग्रेसले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेभन्दा परनिर्भरता सिर्जना गरिरहेको पार्टी भएको उनले जनाएका छन् । कांग्रेस २१औं शताब्दीको राष्ट्रिय मुक्तिको प्राथमिक विपक्षी शक्ति भएको महतोको निष्कर्ष छ । उनले जातीय, लैंगिक, क्षेत्रीय र सामुदायिक समानताका मुद्दाहरूमा कांग्रेस पूर्ण रूपमा अनुदार र असहिष्णु भएको टिप्पणी गरेका छन् ।
यसैगरी, महतोले नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रारम्भमा उत्पीडित जातिवर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको पार्टीका रूपमा चित्रण गरेका छन् ।
‘कम्युनिस्ट र वैचारिकताबाट टाढा रहेर पुँजीवादी र अवसरवादको मिश्रण भएको यस पार्टीले स्पष्ट नीति निर्माण गर्न असफल भएको छ, यद्यपि कम्युनिस्ट विचारधारा नै विश्वव्यापी रूपमा असफलसिद्ध भइसकेको छ, एक त असफल विचारधारा, अर्को सो विचारधाराबाट पनि अलग भएको हुँदा यो गुट सबैभन्दा बढी अवसरवादी भएको छ,’ एमालेका ’boutमा महतोले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अवसरवादी चरित्र प्रदर्शन गर्दै एमाले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि नपर्ने पार्टी भएको महतोले टिप्पणी गरेका छन् । संविधानसभा र राज्यविहीन राष्ट्रको नकारात्मक भूमिका खेलेपछि एमालेभित्र रहेका उत्पीडित राष्ट्रियताका नेता कार्यकर्ताले सम्बन्धविच्छेद गरेको र त्यो सम्भावना अझै व्यापक रहेको उनले जनाएका छन् ।
‘हाल यो पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ,’ महतोले भनेका छन्, ‘एमाले आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण राष्ट्रिय मुक्तिका लागि सबैभन्दा खतरनाक शक्ति हो, यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिका रूपमा चिह्नित गर्दै, यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ ।’
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निम्न पुँजीवादी संशोधनवादमा फस्दै गएको महतोले विश्लेषण गरेका छन् । २०५२ सालबाट जनयुद्ध सुरु गर्दै तत्कालीन माओवादीले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो । यस दलले प्रचण्डपथका माध्यमबाट २१औं शताब्दीको जनवादलाई नेपाली सन्दर्भमा संश्लेषण गर्दै जनयुद्धलाई उच्चतम स्तरसम्म पु¥याएको उनले जनाएका छन् । तर, हेटौंडा महाधिवेशनपछि माओवादी केन्द्र निम्न पुँजीवादी संशोधनवादमा फस्दै गएको उनले जनाएका छन् ।
माओवादी केन्द्रको जनयुद्धको ऐतिहासिक भूमिका ’boutमा महतोले उल्लेख गरेका छन्, ‘२०५९ सालसम्म जनयुद्धले देशभित्र र बाहिर जनसमर्थन बटुल्दै ठूलो प्रभाव पारेको थियो, राष्ट्रिय÷जातीय मुक्तिका सवाल जनयुद्धताका अत्यधिक उठाए पनि अन्तरिम संविधान निर्माण बखत ती सबै मुद्दाको विसर्जन गर्न पुगे भने २०७२ सालको संविधान निर्माणताका प्रचण्ड आफैं पनि दाहाल मात्रै बने, सारा मुद्दाको विसर्जन गरेपछि त झन् पार्टी नेतृत्वले सत्ता स्वार्थका लागि जनयुद्धका बलिदानलाई केवल उपयोगी औजारका रूपमा प्रयोग ग¥यो ।’
प्रचण्ड र बाबुराम भट्टराई नेतृत्वले १७ हजार युवाको बलिदानलाई प्रयोगका रूपमा हेर्न थालेपछि पार्टीप्रति उत्पीडित जाति, वर्गका जनताहरूको विश्वास गुमेको महतोले जनाएका छन् । माओवादी केन्द्र अहिले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिको कुनै पनि पक्षलाई निष्कर्षमा पु¥याउने इच्छाशक्ति वा क्षमता नराखेको पार्टी माओवादी भएको उनले जनाएका छन् ।
‘माओवादी केन्द्रले सत्ता स्वार्थका लागि अवसरवाद अपनाउँदै आफ्ना आदर्शलाई त्यागेको छ, यसले उत्पीडित जनताको विश्वास गुमाउँदै गएको छ र राष्ट्रिय मुक्तिको आन्दोलनलाई झन् कमजोर बनाएको छ, यस पार्टीमा राष्ट्रिय मुक्ति हुन्छ कि भनेर लागेकाहरू छोड्दै गएका छन्, जुन भविष्यमा अझै बढ्दै जानेछ,’ महतोले भनेका छन् ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्तिगत विवादका कारण एमालेबाट फुटेर बनेको पार्टी भएको उनले जनाएका छन् । ‘विचारधाराको दृष्टिबाट एमालेलाई बुझ्यो भने यो पनि उस्तै हो, बुझ्न गाह्रो छैन, नेतृत्वको दृष्टि मात्रै फरक हो, यसको कुनै स्पष्ट विचारधारा वा दीर्घकालीन योजना छैन ।’
नेकपा (विप्लव)का ’boutमा महतोले एक समय उग्र वामपन्थी धारमा रहेको शक्ति अहिले संसदीय राजनीतिमा प्रवेश गर्ने दिशामा रहेको चित्रण गरेका छन् । विप्लव नेतृत्वको नेकपाले पनि राष्ट्रिय संघर्षलाई केवल उपयोगवादका रूपमा प्रयोग गरिरहेको टिप्पणी उनको छ ।
‘आजका कम्युनिस्ट शक्तिहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी वा विप्लव सबैजसो आफ्नो वर्गीय र राष्ट्रिय संघर्षलाई स्पष्ट रूपमा परिभाषित गर्न असमर्थ छन्, यी सबै शक्ति सत्ता स्वार्थका लागि अवसरवादी बनेका छन्, यथार्थ के हो भने कम्युनिस्ट विचारधाराबाट राष्ट्रिय मुक्ति सम्भव नै छैन, हाम्रो पार्टीको दृष्टिकोणले कम्युनिस्ट शक्तिहरूलाई प्राथमिक प्रतिद्वन्द्वीका रूपमा हेर्नुपर्छ, सशक्त वैचारिक र रणनीतिक तयारीमार्फत यी शक्तिलाई चुनौती दिन आवश्यक छ,’ महतोले सबै कम्युनिस्ट पार्टी’bout भनेका छन् ।
यसैगरी, मधेसी राष्ट्रिय मुक्ति शक्तिहरूका ’boutमा उनले ऐतिहासिक रूपमा विश्वव्यापी राष्ट्रिय मुक्ति आन्दोलनबाट प्रेरणा लिएको भए पनि ती निम्नपुँजीवादी अवसरवादबाट गहिरो रूपमा प्रभावित भएको टिप्पणी गरेका छन् । मधेसी शक्तिहरूको उदय मधेसको सामाजिक, राजनीतिक स्थितिबाट मात्र नभई उत्तर जनयुद्धकालीन विशेष रणनीतिक आवश्यकताबाट पनि भएको बुझाइ महतोको छ ।
गौर विद्रोहले मधेस आन्दोलनलाई राजनीतिक मान्यता दिलाएको भए पनि त्यसपछिका मधेसी नेतृत्वहरू निम्न पुँजीवादी अवसरवादमा फसेको महतोले जनाएका छन् । मधेसी शक्तिहरू सैद्धान्तिक र राजनीतिक दृष्टिकोणबाट कमजोर देखिए र केवल स्वार्थी नेताहरूको झुन्डमा सीमित हुदैजाँदा प्राप्त उपलब्धि पनि संस्थागत गर्न नसकेको निष्कर्ष महतोकोे छ ।
(Visited 1 times, 1 visits today)