कांग्रेसमा खुसी ल्याउन आवश्यक: महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन्।

पश्चिम नवलपरासीबाट बिहीबार सुरु भएकाे दोस्रो चरणको संवाद यात्राका क्रमम  उनले नेपाली कांग्रेसले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्ने बताएका हुन्।

उनले पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेको र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे।

‘यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसीयाली आउँदैन’, उनले भने।

त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो। पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेकोमा उनले जाेड दिए। 

प्रकाशित: १५ चैत्र २०८० १५:२६ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School