कसले लिन्छ अनुत्तीर्ण विद्यार्थीको जिम्मा  ?

कसले लिन्छ अनुत्तीर्ण विद्यार्थीको जिम्मा  ?


शिक्षा प्रणालीको मुख्य उद्देश्य नै विद्यार्थीको सिकाइ उपलब्धिको स्तर वृद्धि गर्नु हो। राज्यले सञ्चालन गर्ने सार्वजनिक परीक्षाले विद्यार्थीले वर्षभरि कति सिके भन्ने मापन गर्ने एउटा आधार तयार पारेको छ।

गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाले ४७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको तथ्यांक उजागर गरेको छ। अर्थात् ५१.१५ प्रतिशत उत्तीर्ण भएका छन्। यसअघिको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा पनि ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए। अर्थात् ४७.८७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए।

विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षाको उपलब्धिमा खासै अन्तर देखिँदैन। दुवै तहको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसले पनि शिक्षामा राज्यको नीतिले निरन्तरता नपाएका कारण यसको पीडामा विद्यार्थी पर्दै आएको स्पष्ट हुन्छ।

जिम्मेवारी कसले लिने ?

शिक्षाविज्ञ एवं नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालका अनुसार राज्य अझै पनि विद्यार्थीको शिक्षादीक्षाप्रति संवेदनशील हुन सकेको छैन। ‘आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण गराएर राज्य चोखिन मिल्छ ?’, उनको प्रश्न छ। विद्यार्थी अनुत्तीर्ण हुनु राज्य असफल भएको उनको ठहर छ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ एसएलसीको नतिजा शुक्रबार प्रकाशित गरेको छ । यसपटकको नतिजामा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसपटक कक्षा १२ को नतिजाले ४७ प्रतिशत अनुत्तीर्ण भएका विद्यार्थी उत्तीर्ण गराउने दायित्व पनि राज्यकै रहेको उनको ठहर छ। अनुत्तीर्ण हुने विद्यार्थीको ठूलो जमात विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएका छन्।

वैशाख १४ देखि वैशाख २६ सम्म सञ्चालित परीक्षामा कुल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ मात्र उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए। यो कुल सहभागिता विद्यार्थीमध्ये ५२.९१ प्रतिशत उत्तीर्ण भएका हुन् भने ४७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। 

४० वर्ष सरकारी सेवा गरेका र शिक्षामा २८ वर्ष सेवा गरेका पूर्व सचिव नेपालका अनुसार वास्तवमा पछिलो समय दातृ निकायले लादेको शिक्षाको परीक्षा प्रणालीमा ग्रेडिङ प्रणालीले सिकाइ स्तर कमजोर बनाएको हो। ‘दातृ निकायसँग छलफलमा उहाँहरू अन्यत्रको अनुभव शिक्षामा ल्याउनु खोज्नु हुन्छ, तर हामीले आफ्नोअनुसार जान्छौं भन्न सक्नुपर्छ। नेपालको माटोसुहाउँदो शिक्षा नीतिनियम बनाएर अघि बढ्न सकेकै छैनौंं’, पूर्वसचिव नेपालले नागरिकसँग भने, ‘यति मात्र होइन, शिक्षा नीतिमा निरन्तरता र अस्थिरता नभएकाको मारमा विद्यार्थी परेका हुन्।’

उनले नेपालमा विद्यार्थीकेन्द्रित शिक्षा नीति, नियम, ऐन, कानुन बन्न नसकेको बताए। ‘विद्यार्थी अनुत्तीर्ण हुनु भनेको विद्यालय, शिक्षक र राज्य असफल हुुनु हो। यसकारण अनुत्तीर्ण भएका विद्यार्थीको जिम्मा राज्य, विद्यालय र शिक्षकले लिएर ती विद्यार्थीलाई उत्तीर्ण गराउने दायित्व लिनुपर्छ’, शिक्षाविज्ञ एवं पूर्व सचिव शर्मा सुझाउँछन्, ‘परीक्षाले शिक्षाको अवस्था देखाउँछ। कुनै पनि देशलाई असफल गराउनु छ भने शिक्षा ‘फेल’ गराए पुग्छ । यसकारण विद्यालयमा शिक्षक र विद्यार्थीबिचको सिक्ने र सिकाउने तरिका मेल खाने हुनुपर्छ।’ विद्यार्थीको मनोबल बढाउने शिक्षा नीति आवश्यक रहेको उनको भनाइ छ। यसले विद्यार्थीलाई पढ्ने र सिक्ने वातावरण तयार पार्ने उनको अनुभव छ।

हुन त कक्षा १२ को परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा विगतको भन्दा केही सुधार भएको छ। ०८९ मा ४८.०९ प्रतिशत र ०८० मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। ‘गत वर्षको भन्दा केही सुधार भएको हो तर अझै सुधार हुँदै जानुपर्छ’, नियन्त्रक शर्माले नागरिकसँग भने, ‘गत वर्ष ५०.९१ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। यो वर्ष साढे दुई प्रतिशतले नतिजा सुधार भएको हो’, उनले थपे, ‘भदौ २५ र २६ गते सुरु हुने ग्रेडवृद्धि मौका परीक्षामा एक लाख २७ हजार परीक्षार्थीले सहभागिता जनाउँछन्।’

नतिजाअनुसार उत्तीर्ण भएकामध्ये कमजोर गे्रडकै बढी छन् । जिपिए ३.६१ देखि चार जिपिए ल्याउने नौ हजार पाँच सय ९१ अर्थात् कुल उत्तीर्णको ४.७ प्रतिशत मात्र उच्च जिपिए हासिल गरेका छन् भने ३.२१ जिपिएदेखि ३.६ जिपिए ल्याउनेको संख्या ४६ हजार आठ सय ९३ रहको छ। उच्च ग्रेड ए देखि ए प्लस ग्रेड हासिल गर्ने विद्यार्थीको संख्या २७.७ प्रतिशत मात्र रहेको छ। जबकि कमजोर जिपिए हासिल गर्ने विद्यार्थीको जमात ७२.२९ प्रतिशत छ । जिपिए २.८१ देखि जिपिए ३.२० जिपिए हासिल गर्ने सबैभन्दा बढी ७८ हजार ७५ छन् भने जिपिए २.४१ देखि २.८० जिपिए हासिल गर्ने विद्यार्थी ६१ हजार ३६ छन्। अनुत्तीर्ण हुनेमध्ये ५१.०६ प्रतिशत छात्रा छन्।

शिक्षाविद् एवं ज्ञानोदय मावि बाफलका पूर्व प्रधानाध्यापक एवंं राष्ट्रिय परीक्षा बोर्डका पूर्व सदस्यसमेत रहेका धनञ्जय शर्माका अनुसार बर्सेनि परीक्षा लिने र नतिजा प्रकाशन गर्ने र आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुने तथ्य बाहिरिन्छ, तर त्यसको कहिल्यै अध्ययन गरी कमजोरी पत्ता लगाएर सुधारका काम हुँदैन। छात्रा बढी किन अनुत्तीर्ण भए यसको निराकरणका उपाय खोज्नुपर्ने उनले बताए।

पढाउने, परीक्षा लिने र नतिजा प्रकाशन गरी अनुत्तीर्ण र उत्तीर्णको आँकडा देखाउने मात्र कामले शिक्षा उँभो लाग्न नसकेको उनको विश्लेषण छ  ‘विद्यार्थी अनुत्तीर्ण हुनु भनेको लाखौं युवा जनशक्तिको मनोबल गिराउनु हो । यसले समग्र राज्यलाई जिम्मेवार बन्नुपर्ने तथ्य उजागर गरेको छ’, शिक्षाविद् शर्मा भन्छन्, ‘विद्यार्थी पढाउने काम मात्र भयो, सिकाउने काम भएन।’ उनले औंल्याए, ‘अर्कातिर विद्यार्थीमा पनि पढेर के पाइन्छ भन्ने नकारात्मक सोच पलाउँदै गएको छ।

आखिर खाडी नै जाने भए किन पढ्ने ?

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजाले समेत सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमै अनुत्तीर्ण भएको तथ्य देखाएको छ। यसपटक अंग्रेजीमा एक लाख दुई हजार दुई सय ६ विद्यार्थी ननग्रेड हासिल गरेका छन् भने दोस्रो स्थानमा सामाजिक शिक्षा रहेको छ। ‘५२ प्रतिशत नतिजा त्यति सन्तोसजनक होइन तर पनि विगतभन्दा सुधार भएको छ’, अध्यक्ष शर्माले भने, ‘माध्यमिक तहमा अझै २५ हजार शिक्षक देशभरि अभाव छ। अझै ११ र १२ मा शिक्षक दरबन्दी छैन । अनुदान र राहतका भरमा कक्षा ११ र १२ चलेको छ।’

उनका अनुसार ‘ग्रेडिङअनुसारको विद्यालय तहका विद्यार्थीको आन्तरिक मूल्यांकनजस्तै व्यवहार, पढ्ने तरिका, सिक्ने क्षमता तथा समग्र विकासको मूल्यांकन गर्दै त्यसको अंक जोडेर माथिल्लो कक्षासम्मको मूल्यांकन गर्ने तयारी गर्नुपर्छ। अंकलाई अक्षरमा रूपान्तरण गरेर ग्रेडिङ हुँदैन। यसले सिकाइ थप कमजोर बनाउँछ बनायो पनि।

पूर्वसचिव जनार्दन नेपालका अनुसार विगतमा विशिष्ट, प्रथम, द्वितीय, तृतीय र अनुत्तीर्ण गरी पाँच समुहमा विद्यार्थीको मूल्यांकन गरिन्थ्यो। ३२ नम्बरमा पास हुने व्यवस्थाले विद्यार्थीले मेहनत गरेर पढ्थे भने शिक्षकले पनि मेहनत गरेर पढाउँथे। तर पछिल्लो एक दशकभित्र प्रतिशत प्रणाली हटाएर ग्रेडिङ लागु त गरियो तर यसले पनि नतिजा राम्रोको साटो कमजोर बनायो। ‘१० अंकको इन्टरभलमा यो वर्षदेखि आठवटा समुह तोकियो । उत्तीर्ण नम्बर ३५ राखियो। 

प्रकाशित: २१ श्रावण २०८१ ०७:१३ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School