कल्पना शक्तिको कमाल : RajdhaniDaily.com


२०औं शताब्दीका महान् वैज्ञानिक तथा दार्शनिक अलबर्ट आइन्सटाइनले भनेका छन्, ‘कल्पना ज्ञानभन्दा पनि बढी शक्तिशाली हुन्छ । …कल्पनाशक्तिकै कारण मैले सापेक्षतावादको सिद्धान्त प्रतिपादित गर्न सकेको हुँ ।’

आइन्सटाइनको यसै भनाइमा जोड दिँदै प्रसिद्ध उत्प्रेरक एमआर कोपमेयरले अगाडि भनेका छन्, ‘तिम्रा मानसिक दृश्यहरू(मेन्टल इमेज) नै अवसर, पारस्पारिक सम्बन्ध, वित्तीय सफलता तथा अन्य सबै कुराहरू, जुन तिम्रो लक्ष्य प्राप्तिका लागि आवश्यक छन्, यसैका आकर्षक पथप्रदर्शक हुन् ।’ उपर्युक्त भनाइबाट नै मानिसको जीवनमा कल्पना शक्ति (इम्याजिनेसन)को कति महत्व रहेछ भन्ने प्रस्ट हुन्छ ।

मानव मनमस्तिष्कमा कल्पनाशक्तिको कत्ति ठूलो प्रभाव पर्दछ भन्ने कुरा अवगत गर्न एउटा सानो प्रयोग गर्नुहोस् । दुवै आँखा बन्द गर्नुहोस् र कल्पनामा किचनमा जानुहोस् र फ्रिजबाट एउटा कागती झिक्नुहोस् । चक्कुले कागती काट्नुहोस् र एउटा टुक्रा मुखमा राख्नुहोस् । तपाईंको मुखमा पानी आउँछ । तपाईंले कागती त खानुभएको छैन, केवल खाएको कल्पना गर्नुभएको छ । तर पनि मुखमा पानी आयो । जुन, कार्य जिब्रोले गर्दछ, त्यो कार्य मनको जिब्रोले पनि ग¥यो । त्यसैले त मनोवैज्ञानिक जोनायन एडवार्डसले भनेका छन्, ‘मानिसको मनमस्तिष्कमा देखापर्ने जुक्ति र प्रतिमा (इमैज)मा अदृश्य शक्ति हुन्छ, जसले मानिसलाई सञ्चालन गर्दछ ।’

उनको भनाइलाई यसरी बुझ्न सकिन्छ, मानसिक दृश्यले नै मानिसको जीवन नियन्त्रण गर्दछ जस्ता मानसिक दृश्य मानिसको मनमस्तिष्कमा बारम्बार देखापर्दछन्, त्यस्तै नै उसको आचरण हुन्छ । हुन पनि हो, एउटा मानिसले जस्तो सोच्छ, जस्तो मनले देख्छ, त्यो त्यस्तै हुने गर्दछ । त्यसैले कल्पना शक्तिलाई सदुपयोग गरेर स्वस्थ र सफल जीवन जिउन सकिन्छ ।

मेन्टल इमिजरीलाई मेमोरी सुदृढ राख्न पनि उपयोग गर्न सकिन्छ । वास्तवमा मेमोरी टेक्निकको आधार भनेको पनि कल्पना चित्र तथा चित्रांकन हो । जस्तो कि दुईवटा वस्तु माछा र कुर्सी याद गर्नुछ । यसका लागि पहिला माछाको दृश्य सम्झनुहोस्, चाहे त्यो खोलाको माछा होस् वा बजारमा बिक्री गर्न राखेको माछा होस् वा तपार्इंंले कुनै बेला किनेर ल्याएको माछा होस्, जुन माछाको दृश्य तपाईंले राम्रोसँग सम्झन सक्नुहुन्छ, त्यही दृश्य सम्झनुहोस् । त्यसपछि तपार्इंंलाई याद गर्नुपर्ने अर्को आइटम कुर्सीसँग माछालाई सम्बद्ध गरिदिनुहोस् । जस्तो कि तपाईंंको घरको कुर्सीमा एउटा ठूलो माछा आरामसँग कुर्सी हल्लाउँदै बसेको छ । त्यो देखेर तपार्इं अचम्म पर्नुभएको छ । दुवै आँखा बन्द गर्नुहोस् । उपर्युक्त दृश्य मनको पर्दामा हेर्नुहोस् । यति गर्नुभयो भने माछा र कुर्सी, यी दुई आइटम तपार्इंंलाई सधैं याद रहन सक्दछ । एउटा अर्को उदाहरण लिऊँ ।

श्रीकृष्ण र घोडा, यी दुई नाम सम्झनुपरेको छ भने सर्वप्रथम तपार्इंंको कुनै साथी श्रीकृष्णलाई सम्झनुहोस् । वा हिरो श्रीकृष्ण वा हिन्दुका भगवान् श्रीकृष्ण वा तपार्इंको साथी कृष्ण, जसको अनुहार तपाईंलाई राम्रोसँग याद छ, उसैलाई सम्झनुहोस् । अब श्रीकृष्ण कुनै घोडामा चढ्न खोज्दछ, बल्लतल्ल घोडामा चढ्छ । तर, घोडाले उसलाई जोडसँग भुुइँमा फ्याँकिदिन्छ । आँखा बन्द गरेर यो दृश्य मनमा हेर्नुहोस् । यसरी याद गर्नुपर्ने कुराहरूलाई काल्पनिक दृश्यमा सम्बद्धता गरेर याद गर्ने हो भने ती विषय वा कुराहरू दीर्घकालीन स्मरणशक्ति बन्न पुग्छन् र सितिमिति बिर्सिंदैनन् ।

यसरी याद गर्नुपर्ने कुरालाई कल्पनाचित्रमा उतारेर याद गर्ने हो भने त्यो सजिलै याद हुन्छ र लामो समयसम्म मनमस्तिष्कमा रहिरहन्छ । कल्पना शक्तिलाई कुनै पनि किताब पढ्दाखेरि पनि उपयोगमा ल्याउन सकिन्छ । म हरेक विद्यार्थीलाई पढेको कुरा कल्पनाचित्रमा उतारेर याद गर्न जोडदार अनुरोध गर्छु । यसरी पढ्ने हो भने पढाइलेखाइमा चामत्कारिक परिवर्तन देखापर्छ ।

सात वर्षको कलिलो उमेरमा १० कक्षा उत्तीर्ण गरेर नयाँ विश्व रिर्कड राख्ने भारत, कानपुरकी सुष्मा वर्माले पनि आफ्नो पढाइलेखाइमा कल्पनाचित्रले ठूलो सहयोग गरेको बताउँछिन् । आफ्नो बाबाले बजाएको ढोलको तालमा पढेका कुरालाई कल्पनाचित्रमा उतारेर परीक्षाको तयारी गरेर सफलता प्राप्त गरेको उनको भनाइ छ

वास्तवमा मेमोरी टेक्निकको आधार भनेको पनि कल्पना चित्र तथा चित्रांकन हो

प्रयोग विधि ः टेबुलकुर्सीमा सीधासँग बस्नुहोस् । किताबको पढ््ने पाठ पल्टाउनुहोस् र पहिला सम्पूर्ण पाठको सर्रर अवलोकन गर्नुहोस् । प्रश्नहरू उठाउनुहोस् । अनि, दुवै आँखा बन्द गर्नुहोस् । नाकद्वारा लामो र गहिरो सास लिई केही क्षण सास रोकेर मस्तिष्क तथा सम्पूर्ण शरीरमा प्राणवायु फैलिएको महसुस गर्नुहोस् र साससँगै सम्पूर्ण शरीरिक तथा मानसिक दबाब एवं तनाव बाहिर गएको महसुस गर्दै मुखबाट लामो र गहिरो सास छोड्नुहोस्, अनि एकदमै आराम महसुस गर्नुहोस् । यो एक चक्र भयो । यसरी लगातार यो क्रिया पाँचपटक गर्नुहोस् । आँखा बन्द नै राखेर मनमनै पाँचपटक दोहो¥याउनुहोस्, मैले…..(अनिवार्य नेपाली) किताबको …..(नेल्सन मन्डेला) पाठ (मनको आँखाले किताब र पाठको कल्पना चित्र हेर्ने ।) एकाग्र भएर पढ्नेछु, पढेको सम्पूर्ण कुराहरू राम्रोसँग बुझ्नेछु ।

अनि, बिस्तारै आँखा खोलेर शान्त र एकाग्रपूर्वक पढाइलेखाइमा लाग्नुहोस् । यसरी पढ्दा लामो पाठलाई विभिन्न भागमा बाँड्नुहोस् । र, पहिला पहिलो भाग पढ्नुहोस् । र, आँखा बन्द गरेर त्यो भागको कुराहरू कल्पना चित्रमा उतार्नुहोस् । अनि त्यसलाई शीर्षकसँग सम्बद्ध (लिंककिंग) गर्नुहोस् । त्यसपछि दोस्रो भाग पढ्नुहोस् । यसलाई पनि कल्पनामा उर्तानुहोस् । अनि पहिलो भागसँग जोड्नुहोस् । यही क्रमले पूरा पाठ पढ्नुहोस् । स्मृति प्रविधिको प्रयोग गर्नुहोस् ।

पाठ पढिसकेपछि सफा पानीले हातखुट्टा, आँखा तथा अनुहार धुनुहोस् । त्यसपछि एक गिलास पानीको चुस्की लिँदै पिउनुहोस् । अनि, दुवै हात र खुट्टालाई एक–डेढ फिट फिँजाएर, हत्केलाहरू मास्तिर फर्काएर लम्पसार शिथिल भएर सुत्नुहोस् वा कुर्सीमा आरामसँग बस्नुहोस् । मनलाई श्वासप्रश्वासमा लयबद्ध गरिदिनुहोस् । अब २१ बाट १ सम्म उल्टो गन्ती गर्दै आउनुहोस् र १ मा आएपछि पढेको पाठलाई मनको पर्दा (मेन्टल स्क्रिन)मा सरसर्ती हेर्नेुहोस् । र, मनमनै २१ पटक दोहो¥याउनुहोस्, मैले …….(नेल्सन मन्डेला) पाठ राम्रोसँग बुझेको छु । …….(नेल्सन मन्डेला) शीर्षक सम्झने बित्तिकै यस पाठका सम्पूर्ण कुराहरू मलाई याद हुनेछ । बिस्तारैबिस्तारै आँखा खोल्नुहोस् । केही क्षणपछि उठ्नुहोस् । अनि पढेको पाठलाई आवश्यकताअनुसार बेलाबेलामा पुनरावलोकन गर्दै रहनुहोस् ।

कल्पनाशक्तिलाई मेमोरी बढाउन मात्र नभएर अनेकौं रोगको उपचारमा पनि प्रयोग गरिँदै आएको छ । गाइडेड इमिजरी माइन्ड–बडी मेडिसिनको एक प्रभावशाली टेक्निक हो । यो टेक्निक क्यान्सर रोगमा समेत सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । कल्पनाशक्तिको थेराप्युटिक महत्व’bout अमेरिकी मनोवैज्ञानिक प्राडा अनिस ए. शेखले निकै लामो र गहन अध्ययन तथा अनुसन्धान गरेका छन् । उनका अनुसार क्यान्सरको उपचारमा समेत कल्पनाचित्र(मेन्टल इमिजरी)ले ठूलो फाइदा गर्ने उनको दाबी छ । त्यसो त हिजोआज अमेरिका तथा युरोपमा कतिपय चिकित्सक, मनोचिकित्सक, क्लिनिक मनोवैज्ञानिक तथा स्वास्थ्यकर्मीले समेत कुनै न कुनै रूपमा मेन्टल इमिजरीलाई प्रेस्क्राइब गर्दै आएका छन् । वास्तवमा इम्याजिनेसन मनोचिकित्साको एक अभिन्न अंग हो ।

कल्पना चित्र (इम्याजिनेसन)लाई कुनै पनि रोगीले आफैं पूरक चिकित्सा (कम्प्लिमेन्टरी मेडिसिन)का रूपमा उपयोगमा ल्याउन सक्छन् । त्यसैले औषधी सेवन गरेका रोगीले इम्याजिनेसनलाई समेत उपयोगमा ल्याउने हो भने रोग छिटो निको पार्न सहयोग गर्छ । त्यसैले यस्ता रोगीले बिहान, दिउँसो र राति सुत्नुपूर्व, कम्तीमा दिनको तीनपटक निम्नानुसार इम्याजिनेसनको प्रयोग गर्नु निकै लाभदायक हुन्छ ।

कल्पना शक्ति महान् वैज्ञानिक अलर्बट आइन्सटाइनले समेत उपयोगमा ल्याएको वैज्ञानिक टेक्निक हो

प्रयोग विधि ः आरामसँग उत्तानो सुत्नुहोस् । शरीरलाई एकदम शिथिल छोडेर विश्राम दिनुहोस् । अनि नाकबाट लामो र गहिरो सास लिनुहोस् र शरीरका सम्पूर्ण तनाव तथा विकार बाहिर गएको कल्पना गर्दै मुखबाट लामो र गहिरो सास फ्या“क्नुहोस् । यो क्रिया पाँचपटक गर्नुहोस् । अनि १० देखि उल्टो गन्ती गर्दै आउनुहोस् । जस्तै १०, ९, ८, ७, ६, ५, ४, ३, २, १, ० । शून्यमा आएपछि एकदम गहिरो विश्रामको अनुभव गर्नुहोस् ।

यदि, कुनै दैविक शक्तिमाथि आस्था र विश्वास छ भने शिव भगवान् वा जिसस क्राइस्ट वा कुनै देउताको विराटरूप कल्पना गर्नुहोस् । अनि ती देवीदेउता तपाईंको अगाडि उभिएर शक्ति दिएको र शरीर हिलिङ गरेको कल्पना गर्नुहोस् । यदि, देवीदेउतामाथि आस्था र विश्वास छैन भने तपाईंको चारैतिरबाट पहेंलो रंगको ब्रह्माण्डीय ऊर्जा आएर शरीर हिलिङ गरेको कल्पना गर्नुहोस् । अनि आफूले चाहेको जस्तो स्वस्थ शरीरको कल्पना गर्दै मनमनै २१ पटक भन्नुहोस्, दिनप्रति दिन म स्वस्थ हुँदै गएको छु, स्वस्थ हुँदै गएको छु । केही छिन आराम गर्नुहोस् र आफू स्वस्थ भएको भावानुभव गर्दै उठेर आफ्नो दैनिक कार्यमा लाग्नुहोस् ।

शरीर हिलिङको यो एक सरल वैज्ञानिक विधि हो । यो विधि क्यान्सरका रोगीले पनि उपयोगमा ल्याउन सक्छन् । मनोरोगीका लागि त यो निकै उपयोगी छ ।

अतः कल्पना शक्ति (इम्याजिनेसन)को क्षेत्र निकै व्यापक छ । त्यसैले कल्पना शक्तिलाई कुनै पनि मानिसले आफ्नो शरीरलाई हृष्टपुस्ट बनाउन, खेलाडीले खेललाई प्रभावकारी बनाउन, कलाकारले आफ्नो कलामा निक्खरता ल्याउन, नयाँ खोज गर्न, उत्कृष्ट कृति सिर्जना गर्न तथा आममानिसले कुनै पनि दैनिक कार्य गर्नुपूर्व उपयोगमा ल्याउन सक्छन् । ऐना हरेर रिहर्सल गर्ने कलाकारले आँखा बन्द गरेर मानसपटलमा अभिनयको रिहर्सल गर्ने हो भने सुनमा सुगन्ध थपेजस्तो हुन्छ । निर्देशकलगायतका चलचित्रकर्मीको कल्पना शक्तिकोे आधारमा नै चलचित्र लोकप्रिय तथा कालजयी बन्दछ । त्यत्ति मात्र होइन हरेक महान् खोज तथा कालजयी कृति स्रष्टाको कल्पनाशक्तिबाट नै सिर्जित हुनेगर्छ । वास्तवमा कल्पना शक्ति महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनले समेत उपयोगमा ल्याएको वैज्ञानिक टेक्निक हो । त्यसैले निःशुल्क प्राप्त हुने यो आइन्सटिनियन टेक्निकलाई हामीहरूले आफ्नो रोगव्याधी हटाउन, व्यक्तित्व विकास गराउन, क्षमता बढाउन, कृति सिर्जना गर्न तथा लक्षित उद्देश्य प्राप्त गर्न किन सदुपयोग नगर्ने ?

(Visited 22 times, 1 visits today)





Source link

Leave a Comment