कर्णाली याक्समा शिखर धवन : कसरी सम्भव भयो सम्झौता?

कर्णाली याक्समा शिखर धवन : कसरी सम्भव भयो सम्झौता?


विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने । भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् ।

२९ कात्तिक, काठमाडौं । स्टार क्रिकेटर शिखर धवनलाई एनपीएल टीम कर्णाली याक्सले अनुबन्ध गरेपछि अहिले नेपालदेखि भारतसम्म यो विषयले ठूलो चर्चा पाएको छ ।

केही समयअघि एनपीएलकै लागि पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी प्रशिक्षक जोन्टी रोड्सलाई अनुबन्ध गर्दा पनि भारतीय मिडियाहरुमा चर्चा भएको थियो । तर अहिले भेट्रान ब्याटर धवन एनपीएल नै खेल्न आउने भएपछि यसको चर्चा अझ बढी भएको हो ।

कर्णाली याक्सले पनि दुई दिनअघि देखि नै ‘समथिङ इज बिग’ भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर समर्थकलाई कौतुहल बनाएको थियो । बिहीबार विहान कर्णालीले धवनलाई अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेपछि धवन एनपीएलका लागि खेल्ने आउने सबैभन्दा ठूलो स्टार बने ।

एनपीएलका लगि भारतका धवनसहित सुरेश रैना, दिनेश कात्तिक, केदार जाधव, रोविन उथप्पाजस्ता स्टार खेलाडीले इच्छा देखाएका थिए । उनीहरुले करोड माथिको रेट राखेका थिए । तर अन्तिममा कर्णालीले धवनलाई नै अनुबन्ध गर्न सफल भयो ।

सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरिसकेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो । यद्यपि, सम्झौता रकम भने खुलाइएको छैन ।

यसअघि विराटनगर किंग्सले न्युजिल्याण्डका खेलाडी मार्टिन गप्टिललाई अनुबन्ध गरेको थियो । गप्टिल विश्व क्रिकेटमा ठूलो नाम भए पनि त्यो विषय त्यति चर्चामा भने रहेको थिएन ।

तर धवन आउने विषयको चर्चा बढी छ । यसले अब विस्तारै भारतीय क्रिकेट समर्थकलाई पनि नेपाली क्रिकेट र एनपीएलमा आकर्षित गराउने पक्का छ । त्यसका केही कारण छन् ।

विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने । भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् ।

यसअघिका लिगहरुमा भारतका लागि डोमेस्टिक खेल खेलेका र उमेर समूहबाट खेलेका खेलाडीहरु नेपालमा खेल्न आएका थिए । उनी एनपीएलमा अनुबन्ध हुने मध्ये आईसीसीको प्रतियोगिता र आईपीएल दुवै जित्ने पहिलो खेलाडी हुन् ।

भारतका लागि आईसीसी च्याम्पियन्स ट्रफी र एसिया कप जितिसकेका धवन सनराइजर्स हैदरबादबाट आईपीएल उपाधि समेत जितिसकेका छन् ।

विश्वकै चर्चित र ग्ल्यामरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छन् । धवनले हैदराबादसहित डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबाट आइपीएल खेलिसकेका छन् ।

भारतका लागि उनले सबैखाले फर्म्याटमा गरी १० हजार भन्दा बढी रन बनाएका छन् । आफ्नो क्रिकेट करियरमा भने उनले अन्तर्राष्ट्रिय र डोमेस्टिक गरी ३० हजार रन बनाइसकेका छन् ।

कसरी सम्भव भयो धवनसँग सम्झौता?

कर्णाली याक्सले भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो । अहिलेसम्म एनपीएलका लागि ३० भन्दा बढी खेलाडी अनुबन्ध भएको कुरा विभिन्न फ्रेन्चाइजले विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहँदा कर्णालीले भने भारतमै पुगेर धवनसँग सम्झौता गरेपछि उनको नाम सार्वजनिक गरेको हो ।

सम्झौताका लागि मालिक झनकदत्त खनाल र सहमालिक गृहेन्द्र घिमिरे भारत पुगेका थिए ।

गुडगाउँस्थित धवन बसेको अपार्टमेन्टको २२औं तल्लामा सम्झौता कार्यक्रम भएको जानकारी दिँदै घिमिरेले भने, ‘उहाँ एदकमै हम्बल व्यक्ति हुनुहुँदो रहेछ । चिया पिउँदै गफ गर्‍यौं । मैले कर्णाली याक्सको डल लगेको थिएँ, त्यो लिनुभयो ।’

क्यान र फ्रेन्चाइजहरुको छलफलमा सबै टिमले एउटा राम्रो खेलाडी अनुबन्ध गर्ने विषयमा छलफल भएको थियो । भारत छिमेकी त्यहीमाथि पनि नेपालमा भारतीय क्रिकेट पछ्याउने समर्थक धेरै भएकोले कर्णालीले पनि धवनलाई रोज्यो ।

‘भारतको फ्यान फलोअर धेरै राम्रो छ । एउटा भारतीय खेलाडी ल्याऊँ भनेर कुरा भएको थियो । सुरुमा क्यानले नै यसको सुरुवात गर्‍यो । त्यसपछि हामीले शिखर धवनसँग विभिन्न चरणमा इमेलमा कुराकानी गर्‍यौं’, घिमिरेले भने ।

तर धवन अनुबन्ध गर्नका लागि एकै चरणको कुराकानी सम्भव थिएन । त्यसैले टिमले विभिन्न चरणका कुराकानी गर्दै विभिन्न स्रोतमार्फत धवनलाई प्रस्ताव गरेको थियो ।

‘हामीले पनि कुरा गरिरहेका थियौं । भारतका लागि कार्यवाहक राजदूत सुरेन्द्र थापासँग पनि एनपीएलमा धवन ल्याउनुपर्छ । टुरिजम् प्रमोसन हुन्छ भने र त्यहाँ एम्बेसीबाट केही गर्न सकिन्छ कि भनेर प्रस्ताव गर्‍यौं’, उनले भने, ‘संयोग कस्तो भने यताबाट गरेको गएको प्रस्ताव र उताबाट गएको प्रस्ताव एकैठाउँमा पुगेछ । एम्बेसीबाट कुरा जाँदा कर्णाली याक्ससँग हाम्रो कुरा भइरहेको छ भन्नुभएछ । त्यसले पनि ट्रस्ट डेभलपमेन्ट’ भयो ।’

धवनसँग धेरै पटक इमेलमा कुराकानी भएपछि कर्णाली याक्सले ५ खेलको लागि प्रस्ताव गरेको थियो । ‘कुरा सकारात्मक रुपमा अघि बढ्यो । हामीले कम्तीमा ५ खेलको प्रस्ताव गरेका थियौँ । उहाँले कम्तीमा ४ खेल खेल्ने र समय मिलेमा थप खेल खेल्ने बताउनुभयो’, घिमिरेले भने, ‘त्यसपछि हामीले क्यान सचिव पारस खड्का र हाम्रो कोच ज्ञानेन्द्र मल्ललाई भन्यौँ । तपाईंहरु ल्याउनुहुन्छ भने राम्रो भन्नुभयो । सकरात्मक जवाफ आएपछि क्यानबाट पनि सहयोग भयो ।’

अनि मिति तय गरेर धवनसँग सम्झौता गर्न कर्णाली याक्सको टोली भारत गयो । मंगलबार बेलुका धवनसँग सम्झौता गरेर टोली काठमाडौं फर्कियो । धवनको नाम सार्वजनिक नहुँदै नेपालमा भने भारतीय क्रिकेटर आउने हल्ला चलिसकेको थियो ।

घिमिरेले धवनको आगमन नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्ने उल्लेख गर्दै भने, ‘उहाँलाई एनपीएलमा ल्याउनुपर्छ । यो नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्छ ।’

३८ वर्षीय बाँया हाते ब्याटर धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलियाविरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी ‘प्लेअर अफ दि म्याच’ नै घोषित भए ।

यस्तै धवनले क्रिकेट खेल्नेबाहेक पशुपतिनाथ दर्शन गर्ने प्रस्ताव पनि राखेका थिए । टिमले उनलाई पशुपति दर्शनसहित माउन्टेन फ्लाइट पनि गराउने भएको छ । ‘खेलसहित धवनले मेरो प्राथमिकता पशुपतिनाथ घुम्ने पनि भन्नुभएको छ । हामीले हुन्छ भन्यौँ । अनी हामीले माउन्ट एभरेष्टमा माउन्टेन फ्ल्इट पनि गर्ने भनेका छौँ’, सहमालिक घिमिरेले भने ।

यसबाहेक घिमिरेले धवनलाई कर्णाली प्रदेशको विभिन्न स्थानको बारेमा जानकारी गराउँदै रारामा घुम्ने प्रस्ताव पनि राखेको बताए । ‘रारा पनि घुम्ने प्रस्ताव गरेका छौँ मिल्यो भने यसै पटक घुम्ने कुरा छ । यस पटक नभए अर्को पटक आउँदा रारा, शे-फोक्सुन्डो लगायत कर्णाली क्षेत्र घुम्ने भन्नुभाछ’, उनले भने ।

यस्तै धवनले आफू एनपीएल खेल्न आउँदैछु भनेर नेपालका खेलाडीहरुलाई पनि जानकारी गराइदिनु भनेर सन्देश पठाएको घिमिरेले बताए । कर्णाली याक्स मालिक झनक दत्त खनालले धवनको आगमन नेपाली क्रिकेटकै लागि उपलब्धि भएको बताए ।

‘विश्वकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा हामी खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभई नेपाली क्रिकेट र खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

यस्तै कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनका लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवर्द्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।

यसैगरी धवनले पनि एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘नमस्ते नेपाल । म कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न आउँदैछु । सबैजनासँग मिल्न र कुरा गर्न आउँदैछु’ कर्णालीले जारी गरेको भिडियो सन्देशमा धवनले भनेका छन्, ‘त्यसैले ठूलो खेलका लागि तयार हुनुस् ।’

धवनको प्रदर्शन

३८ वर्षीय बाँया हाते ब्याटर धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलियाविरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी ‘प्लेअर अफ दि म्याच’ नै घोषित भए ।

त्यसअघि उनले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध नै ओडिआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेष्ट इन्डिज विरुद्ध टी२०आईमा डेब्यु गरेका थिए ।

उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी-२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्दतले २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी-२०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् ।

उनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी-२०आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडीआई म्याच खेलेका थिए ।

उनले पछिल्लो सिजन पञ्जाब किंग्सको कप्तानी गर्दै आईपीएल खेलेका थिए । आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ म्याच खेलेका उनले २ शतक सहित ६ हजार ७६९ रन बनाएका छन् । आईपीएलमा लगातार दुई शतक हान्ने उनी पहिलो खेलाडी समेत हुन् ।

उनले सबैखाले टी२० गरी ३३४ खेल खेल्दै ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् ।

धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरबादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् ।

उनले आईपिएलमा हैदरबादसहित डेक्कन चार्जर्स, दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।

विश्व क्रिकेटमा यति धेरै चर्चा पाइसकेको खेलाडी नेपालमा लिग खेल्न आउने खबरले अहिले फ्रेन्चाइज टोली, नेपाली क्रिकेटर, नेपाली समर्थकदेखि सबैजना उत्सहित छन् ।

अब टीयू मैदानमा शिखर धवनलाई नेपाली बलरहरु करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अभिनाश बोहरा, किशोर महतो, सागर ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, साहब आलमले बलिङ गर्दा कस्तो देखिएला ? धवनले क्याच लिँदा गर्ने गब्बर सेलेब्रेसन गर्दा कीर्तिपुरको माहोल कस्तो देखिएला ? त्यो भने हेर्न बाँकी नै छ

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School