कर्णालीमा ३ सय ११ सहकारी : पुँजी पुग्यो १५ अर्ब , पन्ध्र सयलाई रोजगारी



प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार

सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३ सय ११ सहकारीको पुँजी १५ अर्ब पुगेको छ ।

दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

ती सहकारीको सेयर पुँजी १ अर्ब ७५ करोड ३८ लाख ३३ हजार १ सय ४२ हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ ।

११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख ६८ हजार रहेको उहाँले बताउनुभयो ।

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका १ हजार ५ सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाउनुभयो ।

कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उहाँले जनाउनुभयो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School