कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित


२२ चैत, काठमाडौं । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ ।

बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् ।

यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या र गुनासो राख्न सक्नेछन् ।

विभागका अनुसार उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत व्यक्ति स्वयम्‌ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्नेछन् । यसको लागि विदेशस्थित नेपाली दूतावास वा नियोगसम्म पुग्नुपर्दैन । यो सेवा प्रयोग गर्नको लागि छुट्टै युजर आइडी, पासवार्ड वा इमेलको आवश्यकता पनि पर्दैन ।

विभागका अनुसार अबदेखि व्यक्ति स्वयम् पुग्नुपर्ने सेवा बाहेक अन्य सेवा प्राप्त गर्न दूतावास जानुपर्दैन । त्यसका साथै आफ्नो समस्या मोडयुलबाट राखिसकेपछि अन्य माध्यमबाट सम्पर्क गर्ने अवाश्यकता समेत नरहेको विभागले जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School