कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक


१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएका हुन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School