कंगोमा २ महिनामा ७ हजारको ज्यान गयो, ३ हजार शव पहिचान नै नगरी गाडिएको प्रधानमन्त्रीको भनाई



प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

झण्डै २ महिनाकोबीचमा पूर्वी कङ्गोमा सात हजारभन्दा बढीको मृत्यु भएको छ । जनवरी देखि अहिलेसम्म त्यहाँ चलिरहेको द्धन्द्धका कारण यति धेरै मानिस मारिएको प्रधामन्त्रीले बताएका छन । मारिनेमा धेरै सर्बसाधारण रहेका छन ।

रुवान्डा समर्थित एम २३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।

“पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ”, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भनेका छन । उनले जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता गरिएको जानकारी दिए ।

कंगोमा २ महिनामा ७ हजारको ज्यान गयो, ३ हजार शव पहिचान नै नगरी गाडिएको प्रधानमन्त्रीको भनाई

कंगोमा २ महिनामा ७ हजारको ज्यान गयो, ३ हजार शव पहिचान नै नगरी गाडिएको प्रधानमन्त्रीको भनाई

“तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्”, भन्दै उनले थप एक हजार पाँच सय शव अझै शवगृहमा रहेको बताए ।

संयुक्त राष्ट्र संघका विशेषज्ञहरूका अनुसार करिब चार हजार रुवान्डाली सैनिकद्वारा समर्थित एम २३ आन्दोलनले अब प्राकृतिक स्रोतहरूले समृद्ध, समस्याग्रस्त क्षेत्र पूर्वी डिआरसीको ठूलो भू–भाग नियन्त्रण गरेको छ । यसको प्रभावले हजारौँलाई भाग्न बाध्य पारेको छ ।

गत महिना उत्तर किवुको राजधानी र देशको पूर्वको मुख्य सहर गोमा कब्जा गरेपछि लडाकूहरूले दक्षिण किवु प्रान्तीय राजधानी बुकावुमाथि नियन्त्रण लिएका थिए ।

गोमामा मात्रै तीन हजारभन्दा बढी मानिस मारिएको अनुमान गरिएको छ ।





Source link

Leave a Comment