प्रकाशित मिति : माघ २३, २०८१ बुधबार
लोकतान्त्रिक गणतन्त्र कंगोमा १०० भन्दाबढी महिलालाई बलात्कार गरी हत्या गरिएको छ ।
प्रमुख शहर गोमामा रहेको एउटा बन्दीगृह तोड्नेक्रममा त्यहा रहेका १०० भन्दा बढी महिला कैदीलाई बलात्कार गरी आगोमा जलाइएको संयुक्त राष्ट्रसंघले बताएको छ ।
विद्रोही समूह एम २३ ले गोमा शहर कब्जा गरेपछि १६५ देखि १६७ महिला कैदीहरूलाई पुरुष कैदिहरूले बलात्कार गरेका थिए ।
अधिकांश महिलालाई कैदीहरूले जेलमा आगो लगाइएपछि मारिएका थिए । गोमामा एक ठूलो शहर हो । त्यहाँ एक मिलियनभन्दा बढी जनसंख्या छ ।
यो शहर रुवाण्डाले समर्थित एम २३ विद्रोही समूहद्वारा कब्जा गरिएको छ । सडकमा शवहरू देखिएका र आवासीय क्षेत्रहरूमा मिसाइलहरू उडिरहेका समाचार आइरहेका छन ।
जेलब्रेकको फुटेजमा मानिसहरू भवनबाट भागिरहेका देखिन्छन । धुँवा उडिरहेको पनि देखिएको छ । त्यहाँ भिषण गोलीबारीको आवाज पनि सुनिन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, लडाइँमा कम्तीमा २ हजार ९०० जना मारिएका छन् । जसमा २ हजार शवहरू गाडिएका छन् । अरू ९०० शवहरू अझै शहरको शव गृहमा छन् ।
यस हप्ताको सुरूवातमा विद्रोही समूहले मानवीय कारणले युद्धविरामको घोषणा गरेको थियो । तथापि, एम २३ ले बुधबार नयाँ आक्रमण सुरु गरेको छ ।
न्याबिब्वे बुकारु शहरदेखि करिब १०० किमि टाढा रहेको छ । यो विद्रोही समूहको पछिल्लो आक्रमणको लक्ष्य रहेको अनुमान गरिएको छ । यो क्षेत्र विद्रोहीहरुले कव्जा गरेका छन ।
कंगोका अधिकारीहरूले बुकारुको रक्षा गर्नका लागि सयौं नागरिक स्वयंसेवकहरूलाई जोड दिएका छन् । गोमामा स्थानीय बासिन्दाहरू एम २३ को नियन्त्रणमा जीवन यापन गरिरहेका छन ।