प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार
लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्र बुकेभू शहरमा त्यहाँको लडाकु समूह एम २३ विद्रोहीहरू प्रवेश गरेका छन । जुन उक्त क्षेत्रको दोस्रो ठूलो शहर हो ।
कङ्गो रिभर अलायन्सका नेता कोर्नेल नग्गाले विद्रोहीहरू शुक्रवार साँझ साउथ किवु प्रान्तीय राजधानीमा प्रवेश गरेका बताएका छन ।
रुवान्डाले समर्थन गर्ने ती विद्रोहीहरूले त्यहाँ लगातार सफलता प्राप्त गरिरहेको दावी गरेका छन । तर अन्तर्राष्ट्रिय समुदायले भने युद्धविराम र शान्ति वार्ता पुनः शुरू गर्नको लागि आह्वान गरेको छ ।
पछिल्ला हप्ता विद्रोहीहरू प्राप्त गरेको सफलताका कारण सयौं हजारौं मानिसहरू आफ्ना घरबाट विस्थापित भएका छन् ।
पछिल्लो महिना विद्रोही समूहले कंगोको खनिजसम्पदाले धनी पूर्वी क्षेत्रको मुख्य शहर गोमालाई कब्जा गरेको थियो ।
कंगोको सरकारले रुवान्डामाथि अराजकता सिर्जना गरी प्राकृतिक स्रोतहरूबाट फाइदा उठाउन खोजिरहेको आरोप लगाउदै आएको छ । तर रुवान्डाले आरोपलाई अस्वीकार गरेको छ ।
एम २३ विद्रोहीहरूले २०१२ मा पनि गोमालाई अल्पकालिक रूपमा कब्जा गरेका थिए । दक्षिण किवु प्रान्तको राजधानीको रुपमा रहेको बुकेभूको कब्जाले विद्रोहीहरुलाई हौसाएका देखिन्छ ।
यो शहर रुवान्डासँग सिमाना जोडिएको छ । खनिज व्यापारका लागि महत्त्वपूर्ण गन्तव्य स्थल पनि हो ।
म्युनिक सुरक्षा सम्मेलनमा कंगोका राष्ट्रपति फेलिक्स त्सिशेकेडीले रुवान्डालाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।