औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ


औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार प्रहरीले गुलरिया स्थित बिजया गेष्ट हाउसको सभा हलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलका अनुसार सो गिरोहले शङ्कास्पद वस्तु बिक्री वितरणका लागि गेष्ट हाउसमा कार्यक्रमको आयोजना गरेका थिए। ‘भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित सो गिरोहले ‘हेल्दी फुड’ का नाममा चर्को रकम असुल्ने र बिक्री गरिरहेको सामग्री पनि शङ्कास्पद भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।’ उनले भने।

प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालको नेतृत्वमा गएको टोलीले आयोजित कार्यक्रमबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका– ३ का क्रान्टु रत्गैया, आमोश थारु, अमिल थारु र गुलरिया नगरपालिका– २ का धर्म बहादुर बिक छन्।

प्रहरीले सो कार्यक्रम स्थलबाट विभिन्न किसिमका औषधि जस्ता देखिने बस्तु समेत बरामद गरेकाे छ।

प्रजिअ खरेलका अनुसार नेटवर्किङ व्यवसायको नाममा भारतीय नागरिक अबुतलिबले भ्रामक प्रचार गरेर सर्वसाधारण ठग्न नेपालीलाई परिचालन गर्न सो कार्यक्रमको आयोजना गरेका थिए।

‘भारतीय नागरिक आएर नेपालीलाई औषधि जस्ता देखिने वस्तु बेच्न प्रोत्साहित गर्ने कार्यक्रम आयोजना भइरहेको खबर थियो’ उनले भने, ‘त्यहाँ पुग्दा भारतीय नागरिक नभेटिए पनि नेपाली एजेन्ट फेला परेका हुन्।’

उक्त कार्यक्रममा ग्रामीण भेगबाट आएका ४० जना बढी उपभोक्तालाई सहभागी गराएर भेस्टिजका एजेन्टले कार्यक्रमको तयारी गरिरहेको थिए।

आइतबार पनि ‘हेल्दी फुड’ का नाममा बिक्री भइरहेका शङ्कास्पद वस्तु नेपाल भारतको सीमा मथुराहरद्वारबाट बरामद भएको थियो। ती वस्तु जिल्लाका ग्रामीण क्षेत्रमा पनि पुग्न थालिसकेका थिए।

प्रकाशित: २० चैत्र २०८० २१:५९ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School