ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग

अमेरिकाको ओहायो सिनसिनाटी क्षेत्रका नेपालीभाषीका तीन व्यवसायहरूमाथि आपराधिक अनुसन्धान सुरु गरिएको छ । फरेस्ट पार्कको हाम्रो ग्रोसरी, कोलेरेन टाउनशिपको हिमालयन ग्रोसरी र कोलेरेनमै रहेको इलाभेन ब्रदर्स ग्रोसरीका मालिकहरूमाथि अवैध जुवा सञ्चालन गरेको र फुड स्ट्याम्प तथा पोषण सहायता लाभको दुरुपयोग गरेको आरोप लागेको छ।

ह्यामिल्टन काउन्टीमा दायर गरिएको अभियोगअनुसार छ जना व्यक्तिहरूमाथि ६४ वटा अभियोग लगाइएको छ, जसमा जुवा खेलाएको, फुड स्ट्याम्प तथा पोषण सहायता लाभको अवैध प्रयोग र दूरसञ्चार ठगी समेत समावेश छ। अभियोग लागेका व्यक्तिहरूमा टेक विश्व, रोब राई, सोमा राई, सुरज सुब्बा, सन्तोष अधिकारी र सपना अधिकारी छन्। उनीहरु नेपालबाट भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए ।

अभियोजकहरूले यो अनुसन्धान केही वर्षदेखि जारी गरिएको र अहिलेको अभियोग अनुसन्धानको नतिजा भएको बताएका छन्। उनीहरूले यी अपराधहरू सन् २०२२ को अक्टोबरदेखि यस वर्षको जनवरीसम्म भएको दाबी गरेका छन्।

ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग

ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग

प्रतिवादीहरूले पछाडिको कोठामा जुवाको सञ्जाल सञ्चालन गरिरहेको र त्यहाँ प्रवेश गर्न नेपालीभाषी समुदायसँग सम्बन्धित हुनुपर्ने शर्त राखेको अभियोजकहरुको दावी छ । दूरसञ्चार ठगीको आरोप फुडस्ट्याम्पका भुक्तानीहरू इलेक्ट्रोनिक रूपमा साझा गरिएको कारण लगाइएको जनाइएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School