ओली–बालेन द्वन्द्व सतहमा : RajdhaniDaily.com

ओली–बालेन द्वन्द्व सतहमा : RajdhaniDaily.com


नेपालको राजनीति पञ्चायती कालभन्दा ज्यादा लोकतन्त्र आएपश्चात् अत्यन्त आलोचित बन्दै गयो । २०६३ सालको जनआन्दोलनपश्चात् नेपालको सामाजिक संरचनामै अत्यन्त ठूलो नकारात्मक संस्कृतिको विकास हुँदै गयो । यहीक्रममा पुराना लोकतन्त्रका लागि लामो समय योगदान दिएका दलहरू जनताका नजरमा बिस्तारै अलोकप्रिय हुँदै गए । जनताले विकल्प खोजे तर पाएनन् । बाध्य भएर यिनै पुराना दलहरूका नेताहरूलाई नै पटकपटक मतदान गर्नुपर्ने परिस्थिति बन्यो । नेपाली जनताको इच्छा यिनै लोकतन्त्रका लागि आफ्नो भौतिक अस्तित्वसमेत बाजीमा राखी लडेका लामो त्याग र तपस्या गरेका राजनीतिक दलहरूले शासन गरून् र सुशासन दिऊन् भन्ने हो । तर, केही सीमित कार्यकर्तारूपी झुण्डबाहेक अरू ठूलो संख्याका नेपाली नागरिकहरू लोकतन्त्रमा प्रताडित बन्नुपर्ने अवस्था देखियो ।

भ्रष्टाचार अत्यन्त ज्यादा बढ्दै गयो । यसबाट दिक्क भएका नेपाली मतदाताहरूले काठमाडौंको नगरप्रमुखको पदमा प्रत्याशीका रूपमा एक युवा उम्मेदवार भेट्टाए । काठमाडौंका पढेलेखेका सम्रान्त परिवारका युवाहरू बालेन्द्र शाह (बालेन)को पक्षमा देखिन थाले । परिणामस्वरूप बालेन काठमाडौं महानगरपालिकाको प्रमुखको ताज सजाउन सफल भए । उनी राजधानीजस्तो महत्वपूर्ण सहरको नगरप्रमुख बनेपश्चात् केही काम गरेर महानगरको अनुहार परिवर्तन गर्ने कार्यक्रमका साथ अघि बढे । महानगरमा अस्तव्यस्त अवस्था थियो । अव्यवस्थित बसोबास थियो । ठूलो क्षेत्रफलमा सरकारी जमिन अतिक्रमित भएको थियो । अतिक्रमणकारीहरू ठूला दलका विशेषगरी एमालेका नेता तथा कार्यकर्ताहरू थिए । बालेनले अतिक्रमित सरकारी जमिन जनताको हो भन्ने धारणा बनाए ।

जनताको सम्पत्तिको संरक्षण गर्न प्रतिबद्ध बने । उनले यो कार्य के अघि बढाएका थिए, पुराना दलका विशेषगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताको संरक्षणलाई पहिलो प्राथमिकता दिए । अर्को अर्थमा भन्नुपर्दा उनी पहिले कार्यकर्ता र दल त्यसपछि मात्र राष्ट्रिय चिन्तन गर्ने शैलीका साथ प्रस्तुत हुन थाले । यो शैली नेपाली जनतालाई स्वीकार्य थिएन र छैन । बालेनलाई स्वीकार्य हुने कुरै भएन । जब बालेनको अभियानले तीव्रता लिँदै गयो । ओली र बालेनबीचको तिक्तता र द्वन्द्व बढ्दै गयो । वर्तमान समयमा यो तिक्तता र द्वन्द्वले तीव्ररूप लिइराखेको छ । यही विषयमा यस लेखलाई केन्द्रित बनाइएको छ ।

अब यी दुई राजनीतिक खेलाडीका बीचको व्यक्तित्वका ’boutमा विश्लेषण गरौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पुराना राजनीतिज्ञ हुन् । प्रवेशिका परीक्षामा नै सफल हुन नसकी हत्याहिंसामा सरिक भएका युवा थिए, उनी । झापाका एक जमिनदारको हत्या गरेको कसुरमा उनले लामो समय कारागारको जीवन व्यतित गरे । भूमिगत रूपमा राजनीति गर्दै जाने कार्यलाई उनले निरन्तरता दिइरहे । साम्यवादी विचारधाराबाट प्रभावित हुँदै उनले मालेमावादको समर्थकका रूपमा आफ्नो व्यक्तित्व बनाउँदै गए । उनी तेस्रोपटक मुलुकको प्रधानमन्त्री भइसकेका छन् । मुलुकको दोस्रो ठूलो राष्ट्रिय राजनीतिक दल एमालेका अध्यक्ष हुन्, उनी । राष्ट्रभर उनको दलको प्रभाव राम्रो छ । राजनीतिक सञ्जाल मुलुकभर विस्तार गरेका छन्, उनले । राजनीतिक कार्यकर्ताहरूलाई र नेताहरूलाई जे जस्तोसुकै अपराध गर्दा पनि उनी चट्टानसरी खडा भएर संरक्षण गर्छन् ।

यता, बालेन पेसाले स्ट्रक्चरल इन्जिनियर हुन् । उनको शोख ¥याप गीत गाउनु हो । राजनीतिमा अत्यन्त अनुभव कम भएका ३४ वर्षीय युवा हुन्, बालेन । उनको आफ्नै राजनीतिक दल छैन, उनी स्वतन्त्र छन् । बढी जोशिला, रिसाहा, अत्यन्त बढी महत्वाकांक्षी, बोल्ड र हालसम्म भ्रष्टाचारलगायतका अवाञ्छित क्रियाकलापमा बालेनको संलग्नता देखिएको छैन । काठमाडौंलाई पुरातात्विक सुन्दर हराभरा सहर बनाउने उनको सपना छ । त्यही सपना साकार गर्न लागि परेका छन्, बालेन । युवाहरूको समर्थनमा राजनीतिक अस्तित्वमा आएका बालेनले आफ्नो समर्थन घटाएका छैनन् । यस अर्थमा उनी नेपालको राजनीतिमा एक उदीयमान पात्रका रूपमा देखिएका छन् । संयुक्त राज्य अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले सय जना उदीयमान नेताहरूको सूचीमा बालेनको नाम समावेश गरेको छ । केही मुलुकहरूमा काठमाडौं सहरलाई बालेनसिटीका नामले पनि सम्बोधन गर्न थालिएको छ ।

बालेनले काठमाडौं सहरलाई स्वच्छ, सफासुग्घर, हराभरा र पुरातात्विक संरक्षण गर्दै महानगरको अनुहार फेर्ने कार्यक्रमका साथ अघि बढ्दा पुराना दलहरूलाई यस सन्दर्भले टाउको दुखाउन थाल्यो । किनकि, कानुनविपरीत, मूल्य मान्यताविपरीत संरचनाहरू तयार गर्ने, सार्वजनिक जमिन अतिक्रमण गर्ने व्यक्तिहरू यस मुलुकका हुने खानेहरू नै थिए । ती तरमाराहरू ठूला दलका विशेषगरी एमालेका कार्यकर्ताहरू तथा नेताहरू थिए । बालेनले अवैध संरचनाहरू भत्काउन थाले । बालेनले सार्वजनिक जमिन अतिक्रमण गरेर बसेकाहरूलाई बस्तीबाट उठाई ती जमिनहरूलाई जनताको नासोका रूपमा संरक्षण गर्न थाले । उनले तथाकथित सुकुमबासीहरूलाई हटाउन थाले । यसका लागि पहिले उनले सूचना जारी गरे । ती सूचनाको सहजै राजनीतिक आडमा अतिक्रमणकारीहरूले अटेर गर्दै गए ।

ओलीमा राष्ट्रिय समुन्नतिका लागि स्पष्ट भिजनको अभाव देखिँदै गयो

विभिन्न ठाउँमा अवैध रूपमा राखिएका विज्ञापनका सूचनाहरू होर्डिङ बोर्डहरू सबै हटाउन लागे । फुटपाथ अतिक्रमण गरी बसेका अवैध व्यापारीहरूलाई त्यस जग्गाबाट अन्यत्र सर्न बालेनले सूचना गरे । जब उनले आफ्नो अभियान प्रारम्भ गरे अवैध संरचनाहरू हटाउन थाले । यसको पहिलो प्रहारमै एमालेका कार्यकर्ता परे । आफ्ना कार्यकर्ताले जे गरे पनि कानुनसम्मत हुने ओलीले मनोविज्ञान पालेकै कारण बालेनसँग रुष्ट हुनु स्वाभाविकै हो । ओलीका एक अन्धाभक्त युवा नेताले बालेनले आफ्नो अभियान र शैलीमा परिवर्तन नगरेमा उनको शारीरिक अस्तित्व नै भौतिक अस्तित्वमै समाप्त पारिदिने धम्कीसमेत दिए ।

नदी किनारामा तथाकथित सुकुमबासीका नाममा सार्वजनिक जमिन अतिक्रमण गरी पक्की भवनसमेत बनाई काठमाडौंमै अन्यत्र दुई तीनवटा घर भएका एमालेका कार्यकर्ताको घर पनि तोडिने अवस्था बन्यो । यसबाट एमाले कार्यकर्ताहरू विक्षिप्त बने । उनीहरू बालेनलाई नियन्त्रण गर्नुपर्ने एक मात्र तानाबाना र रणनीति अवलम्बन गर्न थाले । ओलीले प्लास्टिकका घरलाई डोजर लगाएर के जात्रा गरेको ? भन्दै बालेनको कार्यक्रमप्रति कटाक्ष गर्दै गए । बालेनका प्रत्येक कार्यलाई ओलीले खिल्ली उडाउँदै गए । ओलीले स्वयं बालेनलाई नेपालको राजनीतिमा पानीको फोकाको संज्ञा पटकपटक दिइरहे । उनले गरिब सुकुमबासीहरूलाई वैकल्पिक व्यवस्था नगरी बसोबासविहीन बनाउन लागेको आरोप लगाए ।

न्युरोडमा सडकमा पार्किङ गरेर ठूलो रकम उठाई सो रकम अवैध रूपमा फाइदा लिने र बाटामा हिँड्ने पैदलयात्रीहरूलाई अवरोध बनाउने तथा सडकमा सवारीसाधनहरू चल्नसमेत अवरोध पु¥याउने हिसाबले अव्यवस्थित तरिकाले राखिएका सवारीसाधनलाई बालेनले व्यवस्थित पार्किङ गर्ने सोच बनाए । धरहराको बेसमेन्टमा बनेको पार्किङ एरियालाई प्रयोग गर्न थाले । तर, ओलीले त्यस कदमलाई अवरोध सिर्जना गर्नेगरी उनकै दलका भौतिक योजनामन्त्रीमार्फत पत्राचार गरी न्युरोडको सडक एरिया संघीय सरकारको मातहतमा पर्ने भन्दै बालेनका कार्यक्रमहरूमा अवरोध सिर्जना गरे । सम्पूर्ण सडकका पोलहरूमा ‘स बि’ लेख्न थालियो । यसको स्पष्ट सन्देश थियो बालेनले सडक सुधारका काम नगर्नु र उल्लेख गर्न नपाउनेगरी क्षेत्राधिकारभित्र राख्ने कार्य भौतिक योजना मन्त्रालयले ग¥यो ।

तर, संघीय शासन प्रणाली अवलम्बन गरेका देशहरूमा लोकमार्गबाहेक सहरी सडकहरू सबै स्थानीय सरकारको हुने सामान्य सन्दर्भलाई पनि विस्मरण गर्न पुगे । भौतिक योजना मन्त्रालयको तर्क थियो । धरहरा बनिसकेकै छैन । ठेकेदारले काम गरिराखेको छ । तर, अनौठो कुरा के थियो भने वर्तमान प्रधानमन्त्री ओली नै तत्कालीन समयमा निर्वाचनको केही महिनाअघि प्रधानमन्त्री हुँदा आफैंले धरहराको भव्य कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

न्युरोड एरियाको पुरातात्विक संरक्षण गर्ने र त्यस क्षेत्रमा पैदलयात्रीहरूलाई आवागमन गर्न सहज बनाउने अभिप्रायले फुटपाथ विस्तार गर्ने कार्यको प्रारम्भ बालेनले गरे । एमाले दलबाट टिकट पाई निर्वाचित भएका वडाध्यक्षले त्यस कार्यक्रमबाट स्वार्थमा असर पर्ने समूह बनाई बालेनको कार्यलाई अघि बढ्न दिएनन् । कहिले नेपाल प्रहरी र नगरप्रहरीको बीचमा द्वन्द्व सिर्जना हुन्छ । कहिले भौतिक योजना मन्त्रालय र बालेनबीच संघर्ष चल्छ । कहिले वडाध्यक्ष र त्यस भेगका केही झुण्डहरूको विरोधको सामना गर्नुपर्छ । यस अवस्थाबाट बालेन आफ्ना राम्रा कार्यक्रमहरूलाई अघि बढाउन कठिनाइको सामना गर्दै गए ।

यी सबै अवरोध एमालेबाटै अर्को अर्थमा ओलीको निर्देशनमा नै हुँदै गए । बालेनले आफ्नो सपनाअनुसारको काठमाडौं महानगर बनाउन कठिनाइ सिर्जना भएकाले उनको युवा जोशले पनि ओलीको टीका टिप्पणी आक्रामक रूपमा गर्दै गए । ओलीले पनि बालेनलाई आफ्ना सबै रणनीतिमार्फत रोक्न प्रयास गर्दै गए । यद्यपि, विभिन्न कालखण्डका सरकारलाई काठमाडौं महानगरमा भएका यस्ता अनियमित कामहरूका ’boutमा राम्रो ज्ञान थियो । सरकार विवादमा आउने कारण उनीहरूले अवैध संरचना हटाउने साहस गर्न सकेका थिएनन् । बालेनले यी काम गर्दैजाँदा र यसरी स्वतन्त्र हैसियतबाट विजेता जनप्रतिनिधिहरूले राम्रो काम गर्दैजाँदा दलका नेताहरूको अवस्था जनताका बीचमा स्वीकार्य गराउन कठिन हुँदै गयो । आफ्ना असफलताहरू, कमी कमजोरीहरू उजागर हुने सन्त्रास ओलीलगायत अरू नेताहरूमा पनि हुँदै गयो ।

बालेनले गिरीबन्धु टी–स्टेटमा भइराखेको गैरकानुनी प्लटिङ र त्यसबाट लाभान्वित माफियाहरूका विरुद्ध कारबाहीको माग गर्न थाले । उनले आफ्नो स्टाटसमा ओली आफैं यस प्रकरणमा ठूलो भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउन थाले । ओलीमा राष्ट्रिय समुन्नतिका लागि स्पष्ट भिजनको अभाव देखियो । उनले मुलुकको आर्थिक विकासका लागि भ्यु टावर बनाउने नेपाली नागरिकहरूको भान्सामा ६ महिनाभित्र पाइपबाट ग्यास उपलब्ध गराइदिने, पानीजहाज चलाएर अन्तर्राष्ट्रिय व्यापार सञ्चालन गर्ने जस्ता काल्पनिक एजेन्डा जनतालाई पस्कन थाले । थुप्रै भ्रष्टाचारका काण्डहरूमा ओलीको आफ्नै नाम जोडिनुका साथै उनले ती भ्रष्टाचारीहरू आफ्ना कार्यकर्ता भएकाले संरक्षण गरेको विषय सञ्चारजगतमार्फत पटकपटक छताछुल्ल हुँदै गए । जनताका नजरमा ओलीको व्यक्तित्व एक भ्रष्ट नेताका रूपमा परिणत हुन पुग्यो । यसमा इँटा थप्ने काम बालेनले पनि गरे ।

बालेन पृथक् देखिए । उनले सरकारी विद्यालयको सुधारमा चासो देखाए । सडक फुटपाथ प्रयोग गर्न लायक बन्दै गएका छन् । संकटको समयमा भरपर्दो एम्बुलेन्स सेवा चलाएका छन् । सरकारी जमिनको संरक्षण देखिनेगरी गरेका छन् । उपत्यकाका नदीनालाहरू अतिक्रमण गर्दै नदीमाथि घर निर्माण गरेका थुप्रै घरहरू उनको निशानामा पर्ने कार्यले निरन्तरता पाउँदै गयो । सर्वोच्च अदालतले पनि सहरी सडक स्थानीय सरकारको हुने यसको सुधारका लागि महानगरपालिकाले काम गर्नसक्ने निर्णय दियो । निर्णय दिँदा पनि ओलीले उनको कामलाई समर्थन नगर्ने नीति अवलम्बन गरे । हालै आएर अदालतले खोला किनाराका अतिक्रमित बस्तीहरू यदि खोलाको बहाव एरियामा निर्माण भएका भए अथवा नम्सनुसार नदीको दुवै किनारातर्फ अतिक्रमण भएकामा महानगरपालिकाले ती अतिक्रमणहरू हटाउन दिएको आदेशलाई लिएर यतिखेर काठमाडौं महानगरपालिकामा बहसको विषय बनाइराखेको छ ।

राजनीतिक दबाबमा काम नगर्ने बालेनको काठमाडौंलाई पुरातात्विक, सुन्दर, हराभरा सहर बनाउने सपना देखियो

नगरप्रमुख बालेनले सबै बस्तीकिनारामा बसोबास गर्नेलाई हट्न सूचना गरेको सन्दर्भलाई विवादित बनाइएको छ । खासगरी एमालेको टिकट प्राप्त गरी वडाध्यक्ष भएकाहरू र सुसुप्त रूपमा नेपाली कांग्रेसका वडाध्यक्षहरूसमेत बालेनलाई यही विषयलाई लिएर घेराबन्दी गर्न थालेका छन् । उनीहरूको विचारमा बोर्डमा अदालतको विषय र आदेश छलफल गराएर बोर्डको निर्णयानुसार मात्र सूचना दिनुपर्छ भन्ने छ र अदालतलाई उसको निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्नेगरी कारबाही अघि बढाउनुपर्ने दलिल पेस गरिराखेका छन् । बालेनको भनाइमा अदालतको आदेश हाम्रो बोर्डले अन्यथा भन्न सक्दैन । अदालतको आदेशको पालना गर्नेगरी सूचना जारी गरिएको हो । नदीकिनारामा अतिक्रमण गरेर बस्नेहरूलाई हटाउनु पनि उपयुक्त नै हुन्छ ।

तर, आफ्ना कार्यकर्ता भएका कारण दलका वडाध्यक्षहरू र उपप्रमुखसहितले बालेनलाई यतिखेर एक्लो बनाएका छन् । काठमाडौंमा बालेनको अवधिमा केही सुधार हुने र राजधानी सहरको मुहार फेरिने सम्भावना र आशा रहेकामा सम्माननीय प्रधानमन्त्रीकै निर्देशनमा परिचालित वडाध्यक्षहरूले यस कार्यलाई अवरोध सिर्जना गरिराखेका छन् । यो आलोचना सचेत समूहमा भइराखेको छ । तर, आफ्ना मतदाताहरू समेट्ने प्रतिस्पर्धामा दलका नेताहरूले बालेनका राम्रा कामहरूलाई समर्थन गर्न चाहेका छैनन् ।

नगरप्रमुख बालेन पनि समयसमयमा अपरिपक्व अभिव्यक्तिहरू दिने स्टाटसहरू राख्ने गर्छन् । नगरप्रमुखजस्तो पदाधिकारीले जनप्रतिनिधि मुलुकको प्रधानमन्त्रीलाई रकमी तोकेर गिरीबन्धु टी–स्टेटमा भ्रष्टाचार गरेको आरोप लगाइराखेका छन् । सिंहदरबारमा आगो लगाइदिने लिखित स्ट्याटसमार्फत उद्घोष गर्छन् । यस्ता अभिव्यक्ति र कार्यहरूले बालेनलाई यो घेराबन्दी भइरहेको समयमा थप कमजोर बनाउनेछ । रणनीतिक हिसाबले आफ्ना योजनाहरूलाई अघि बढाउन कूटनीतिक शैलीको अवलम्बन गर्नुपर्छ । संघीय सरकारको सहयोगको अभावमा स्थानीय सरकारहरू आफ्ना योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्दैनन् । यस पक्षलाई नगरप्रमुख बालेनले मनन गर्नुपर्छ ।

यसका साथै सबै प्रकारका सरकारहरूसँग सामञ्जस्य कायम गर्दै समन्वयका आधारमा अघि बढ्नु बालेनका लागि श्रेयष्कर छ । बालेनलाई यो घेराबन्दीबाट अथवा यस चक्रब्युँहबाट बाहिर ल्याई जनताको समर्थनमा अघि बढ्न दिँदा मात्रै चामत्कारिक परिवर्तन राजधानी सहरमा हुन सक्छ । यो पवित्र कार्यमा अवरोध गर्ने जो कोहीलाई पनि राजनीतिक हिसाबले फलदायी हुने देखिँदैन । यसरी मुलुकका प्रधानमन्त्री र राजधानी सहरका नगरप्रमुखका बीचमा द्वन्द्व बढ्दै जाँदा अन्त्यमा जनता नै प्रताडित बन्ने हुन् । राजधानी सहरलाई व्यवस्थित गर्न नसकिने हो । यस अवस्थालाई दुवै नेताले मनन गर्नुपर्छ ।

बालेनमा राजनीतिक दबाबका आधारमा काम नगर्ने अत्यन्त राम्रो अडान छ । एमालेका तर्फबाट बालेनभन्दा अघि नगरप्रमुख बनेका विद्यासुन्दर शाक्यको अकर्मण्यता र असफलताको जगमा विजयी बन्न र जनताको मन जित्न बालेनलाई सहज भएको हो । यस पक्षलाई मनन गर्नुपर्छ । यसैगरी, दलीय प्रणालीमा काम गर्न जनताको समर्थनका आधारमा मात्र अत्यन्त जटिल अवस्था बन्छ । त्यसैले, यो जनताको बीचमा प्राप्त विश्वासलाई आधार मान्दै बालेनले अत्यन्त राम्रो छवि भएका क्रियाशील युवाहरू समेटेर राजनीतिक दल गठन गरी त्यही दलका आधारमा मुलुकभर राजनीति सुरु गर्नुपर्छ । अन्यथा यस घेराबन्दीले काम गर्न दिनेछैन । काम गर्न नसक्दा मतदाताहरूले दिँदै आएको विश्वासमा पनि प्रश्नचिह्न खडा हुनसक्छ । निरन्तरता नहुन सक्छ र बालेनको राजनीतिक भविष्य ओलीले भने जस्तै पनि हुनसक्छ । यी समग्र पक्षलाई समेटेर अघि बढ्नु बालेन र राजधानी सहरको हितमा देखिन्छ ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School