ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि कांग्रेस एमालेद्धारा राष्ट्रपति समक्ष दाबी पेस

ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि कांग्रेस एमालेद्धारा राष्ट्रपति समक्ष दाबी पेस



प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले दाबी पेस गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष के पी ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

आज दाबी पेस गरिएको छ, नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपतिको कुरा हो नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो । दावी पेश गरिएको भएपनि आज प्रधानमन्त्रीमा के पी ओली नियुक्त हुने संभावना कम रहेको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि कांग्रेस एमालेद्धारा राष्ट्रपति समक्ष दाबी पेस





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School