एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे…


राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए।

त्यो पनि एउटा परीक्षा कोठामा होइन। दुईवटा परीक्षा कोठामा निरीक्षकले नै चिट चोराइ रहेका थिए। आफ्नो पदीय कर्तव्य पूरा नगरी जिम्मेवारी र दायित्व निर्वाह नगरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले तत्कालै दुवै जना निरीक्षकलाई निष्कासन गरेका छन्।

निरीक्षक सविता कसेरा र दीर्गराज बजगाईँलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनले परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउन केन्द्राध्यक्ष र निरीक्षकलाई यसतर्फ सचेत, जिम्मेवार र जबाफदेही रहन अनुरोध गरेका छन्।

‘हामी अकस्मात् परीक्षा केन्द्रहरूको निरीक्षण गर्न पुगेका थियौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने, ‘निरीक्षक विद्यार्थीसँगै उभिनु भएको थियो। विद्यार्थीले चिट चोर्दा पनि खोस्नु भएन।’ विद्यार्थीले सारिरहेको चिट निरीक्षक आफैँले दिएको हुन सक्ने भन्दै उनले भने, ‘विद्यार्थीलाई नै चिट निरीक्षकले दिएको हुनुपर्छ। नत्र भने किन निरीक्षकले उक्त चिट खोस्नु भएन।’ यस विषयमा सोध्दा उक्त चिट आफूले नदेखेको निरीक्षक कसेरा बजगाईँले प्रतिक्रिया दिए पनि उक्त प्रतिक्रिया चित्त बुझ्दो नभएको उनको भनाइ छ।

यो वर्ष बाँकेमा नौ हजार दुई सय ९३ जना एसइईमा सहभागी छन्। एसइईमा चार हजार सात सय ६३ छात्र र चार हजार पाँच सय ३० जना छात्रा परीक्षामा सहभागी भएका शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन्।

प्रकाशित: १९ चैत्र २०८० १९:४० सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School