एलोन मस्कको प्रतिक्रिया – ‘टिकटक खरिद गर्ने कुनै योजना छैन’



प्रकाशित मिति : माघ २७, २०८१ आईतबार

अमेरिकी अर्बपति एलोन मस्कले टिकटक खरिदमा कुनै चासो नरहेको बताएका छन्।

संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई राष्ट्रिय सुरक्षाका कारण प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ।

‘मैले टिकटकका लागि कुनै बोली लगाएको छैन’, मस्कले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मस्कले चाहेको भए टिकटक खरिद गर्न सक्ने बताएका थिए।

एलोन मस्कको प्रतिक्रिया – ‘टिकटक खरिद गर्ने कुनै योजना छैन’

‘मसँग टिकटक भएको भए म के गर्थेँ भन्ने बारेमा मेरो कुनै योजना छैन, म यो एप प्रयोग पनि गर्दिन र यसको ढाँचाबारे पनि धेरै जानकार छैन’, उनले  भने ।

उनले कम्पनीहरू किन्नुमा आफूलाई खासै रुचि नरहेको उल्लेख गर्दै, ट्विटर (हाल एक्स) खरिद गर्नु असामान्य निर्णय भएको बताए।

‘म प्रायः नयाँ कम्पनीहरू निर्माण गर्छु, अरूको खरिद गर्दिन’, मस्कले थपे।





Source link

Leave a Comment