एलिसा हत्या आरोपी पैठान एक सातापछि पक्राउ : RajdhaniDaily.com


मकवानपुर । एलिसा, जो परिवार विखण्डनभएपछि एक्लिएकी थिइन् । १५ वर्षिय किशोरावस्थामा उनले जिउने आधारको रुपमा रोजेकै श्रीमानले उनको हत्या गर्नेछन् भन्ने कल्पना थिएन । तर भयो त्यही परिकल्पनाबाहिरको घटना । अन्तरजातिय विवाह भएको केही समयबाटै श्रीमान्को परिवारसँग खटपट भोग्दै उनी ७ वर्षपछि मृत फेला परिन् ।

१० भदौ २०८१ मा मकवानपुरको हेटौडा स्थित एक होटलमा उनी मृत अवस्थामा फेला परिन् । हत्याको मुख्य आरोपी हेटौंडा ४ कमला डाँडा निवासी समिर खाँन भनिने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। हेटौंडा ११ निवासी एलिसा भनेर चिनिने अलिसा न्यौपानेको हत्यामा आफू दोषि रहेको खाँनले स्वीकार गरेका छन् ।

हेटौंडा–१० बसपार्कस्थित रत्ना होटलमा न्यौपानेको हत्या गरी फरार रहेका ३२ वर्षीय पैठानलाई मकवानपुरप्रहरीले सोमबार सार्वजनिक गरेको हो । पैठानलाई हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको भण्डारीले बताए ।

९ भदौमा पैठानसँगै बा ६४ प १३५ नम्बरको स्कुटर चढेर न्यौपाने बास बस्न उक्त होटल पुगेकी थिइन् । भोली पल्ट १० भदौमा बिहान अबेरसम्म कोठामा बसेकी युवती नउठेपछि होटलका सञ्चालकले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले जनप्रतिनिधि समेतको रोहोबरमा उक्त कोठा फोडी हेर्दा न्यौपानेको शव रगतले लतपत्तिएको अवस्थामा फेला परेको थियो ।

घटना स्थलबाट शुरु भएको प्रहरीको अनुसन्धान एक हप्तापछि सफल भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १५ भदौ शनिबार समिरका ५५ वर्षीय आमा सैरुन खान, बुबा ५६ वर्षीय लालबाबु खाँ पैठान जेठी श्रीमती २६ वर्षीय रविना खातुन, दाजु ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो । सोमबार साँझ घटनामा संलग्न मुख्य आरोपित चाँद खाँ पैठान पक्राउ परेसँगै प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाको प्रकृति
एलिसा ९ वर्षको हुँदा उनको आमाले अर्को विवाह गरिन् हजुरबुबा, हजुरआमा र बुबा किरणसँग उनी र उनका भाई बस्दै आए । बुबा किरण अत्यधिक माद पदार्थ सेवन गर्थे । आमाले अर्को विहे गरेको केही वर्षपछि हजुरबुबा र हजुरआमाको मृत्यु भयो । त्यसको ६ वर्षपछि बुबा किरणको पनि मृत्यु भयो । नाबालिक एलिसा र उनको भाइमात्रै बाँकी रहे । बालबालिकालाई फूपाजु गणेशले पाल्ने र पढाउने गर्दै आए ।

हेटौंडा ११ निवासी एलिसा र हेटौंडा–४, कमलडाँडाका समीर खान७ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ ।

जसमा समीरले आफूबाटैएलिसाको हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ । समिरले एलिसाको भाइसंग ह्वाट्सएपमा भनेका छन् “सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु मआफैं ।”

आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । “दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ”, खान र एलिसाको भाइबीच भएको कुराकानी’bout परिवारले भनेको छ ।

परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो ।समीरले एलिसालाई घरमा लगेपछि परिवारसँग झगडा परेको थियो । घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ ।

घर झगडाको क्रममा समीरकी आमाले “यसलाई जहाँबाट ल्याएको त्यहीं लगेर मार्नु” भन्ने शब्द प्रयोग गरेकी छिन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । मिडियालाई प्राप्त भ्वाइस रेर्कड र भिडिओ रेर्कडमा उनलाई घरका आफन्तले नै मार्ने धम्की दिएका छन् । त्यसै रात एलिसाको मृत्यु भएको थियो ।

अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेको थियो । “त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्नेछौ” डिएसपी भण्डारीले भने ।

अलिसा न्यौपाने

समीर–एलिसाको वैवाहिक विगत
एलिसा र उनका भाइ सानै हुँदा आमाले दोस्रो विवाह गरिन्, बाबुको मृत्यु भयो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादिए ।१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरिन् । समीरसँग भागेर पोखरा पुगेकी उनी उतै होटल चलाएर बसिन् । बिहेपछि एलिसा भिनाजु गणेशको घरमा पनि खासै आउजाउ गरिनन् । यतासमिरले पनि घरमा कहिले काँही लैजाने र बाहिरै अल्झइरहे । “पोखरामा पसल गरेर बसेको छु भनेर फोनमा कुरा हुन्थ्यो, विहे पछि मेरो घर २–३ पटकमात्रै आए” गणेश भन्छन् ।

यता समीरको पहिले नै विवाह भइसकेको रहेछ । श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएकोले यस’boutमा पनि एलिसा–समीरबीच बेलाबेला खटपट हुने गरेको खत्रीको दाबी छ । पोखराको पसल छाडेर केही समय समीरले एलिसालाई हेटौंडाको घरमै राखे । सुरुआती दिनमा दुबै श्रीमती मिलेर बसेको खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गइन् ।

दुबइमा बस्दा एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । “मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो, अब मेरो भन्नु कोही छैन” भाइले भने । दोषीलाई कडा कारबाही हुनुपर्ने उनका भाइको अडान छ । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।

केही महिना अघि नेपाल आएकी एलिसालाई ९ भदौ २०८१ मा समिरले हेटौंडा घरमा बोलाए। सोही राति होटलमा लगेर हत्या गरी फरार बनेको प्रहरी अनुसन्धानबाट देखिएको हो । होटलको सीसीटीभी फुटेजमा समिर र एलिशा एकसाथ होटलमा प्रवेश गरेको तर रात ९ बजे समिर एक्लै निस्किएको देखिएको छ । समिरले वियरको बोटलले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अर्को बलियो सबुतको रुपमा समिरले एलिशाका भाइलाई पठाएको म्यासेजलाई लिइएको छ । जुन म्यासेजमा समिरले आफ्नो हातबाट एलिशाको मृत्यु भएको र आफू सजाय भोग्न तयार रहेको बताएका छन् । दुईजनाको झगडाका क्रममा हानाहान भएको र अञ्जानमा एलिसाको ज्यान गएको उनको दावी छ । यो म्यासेज उनले केहीबेरमा अनसेन्ड गरेका थिए ।

एलिसाको भाइलाई समिरले लेखेको म्यासेज
बस अन्जानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा । म यो कुराले पागल भइसकेँ । मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ । पहिले राम्रो कुरा भाको थ्यो । पछि पहिलेको कुरा निस्केर डिस्कस भयो । मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो । उसले नि हान्यो मैले नि हानेँ । अनि हान्दा खेर ज्यान गयो । मैले कति उठाउन खोजेँ । तर ज्यान गइसकेको रहेछ । आइएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि, मैले कहिले माफ पाउँदिन आफैंबाट । म आफैं चौकी पनि आउँदैछु । जे–जे सजाय भोग्नुपर्छ म भोग्छु । त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि । म हेटौंडा आइराछु ।

महिला संघहरुद्वारा न्याय माग
एलिसाको हत्यारालाई कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र प्रकाशन गरेको छ। महिलामाथि हुने सबै प्रकारका हिंसाको विरुद्धमा महिलासंघले ध्यानाकर्षण जनाएको हो । श्रृङखलाबद्ध रुपमा मकवानपुर जिल्लामा भएका हत्या, जबरजस्तिकरणी जस्ता जघन्य अपराधमाथि गम्भिर भए छानविन र कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण जनाएको अखिल नेपाल क्रान्तिकारी महिला संघले ध्यानाकर्षण गराएको हो ।

महिलामाथी हुने विभिन्न किसिमका जघन्य अपराध र हिंसा रोक्नको लागि राज्यले अपनाउनुपर्ने नीति र कारवाहीको दायरालाई थप मजबुत बनाउनुपर्ने माग उनीहरुले गरेका छन् ।

होटललगायतका स्थानहरुमा सही पहिचान खुल्ने कागजपत्र पेश गरेर मात्र बास उपलब्ध गराउनु पर्ने, लैङ्गिक हिंसा र अपराध नियन्त्रणको लागि शुन्य शहनशिलताको नीति अबलम्बन गरिनुपर्ने, अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने, शक्ति, सत्ता र पहु“चको आधारमा दोषिलाई उन्मुक्ती दिने कार्य पुर्णरुपमा बन्द गरिनुपर्ने माग अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्षलक्ष्मी पाखिनद्वारा हस्ताक्षरीत ध्यानाकषर्णमा भनिएको छ ।

(Visited 18 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School