प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार
अमेरिकी खर्वपति एलन मस्कले अमेरिकी सरकारको पुर्वाग्रही सोचको नेतृत्व नगरेको बताएका छन । उनले अमेरिकी सरकारको लागत कटौती योजनाहरुको बचाउ गरेका छन ।
ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै रहेर पत्रकारहरुसँग कुराकानी गर्दै मस्कले लागत खर्च घटाउन अमेरिकाको लागि अनिवार्य भएको बताए । देशको रुपमा अमेरिका रहनका लागि लागत खर्च घटाउनु अनिवार्य छ उनले भनेका छन ।
उनलाई संघीय सरकारको आकार र खर्च घटाउने काममा जिम्मेवारी राष्ट्रपति ट्रम्पले दिएका छन्।
ट्रम्पले मस्कको ‘गभर्नमेन्ट एफिसिएन्सी’विभाग (डोजे) लाई संघीय कर्मचारीहरूको संख्यामा कटौती गर्न थप अधिकार दिनका लागि एक आदेशमा हस्ताक्षर गरे ।
यसले सरकारी एजेन्सीहरूका प्रमुखहरूलाई डोजेको आदेशको पालना गर्न निर्देशन दिएको छ ।
यो एजेन्सीलाई डेमोक्र्याटहरूले आलोचना गरेका छन् । यसका प्रयासहरूले कानूनी चुनौतीहरूको सामना पनि गरेका छन् ।
मस्कले सरकारको खर्च कटौतीलाई ‘सामान्य सोच’का उपायहरू भनेर व्याख्या गरे ।
जनताले सरकार सुधारको लागि मतदान गरेका थिए र त्यो नै जनतालाई प्राप्त हुने छ उनले भने। ‘यो नै लोकतन्त्र हो।’
टेस्ला, एक्स र स्पेसएक्सका ५३ वर्षीय मालिक मस्कलाई संघीय कर्मचारीहरूले निर्वाचित नभएको व्यक्तिले प्रयोग गरिरहेको अधिकारको रुपमा आलोचना गरिरहेका छन ।
अमेरिकाका लागि संघीय खर्च घटाउनु वैकल्पिक कुरा होइन, यो अनिवार्य छ। यो अमेरिकालाई देशको रूपमा स्थिर राख्न अनिवार्य छ मस्कले भनेका छन ।