एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन



प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार


एलन मस्कको विद्युतीय सवारी साधन कम्पनी टेस्लाले अमेरिका र युरोपमा सुस्त बिक्रीका कारण नयाँ बजारको खोजी गर्दै मंगलबार भारतमा आफ्नो पहिलो शोरूमको उद्घाटन गरेको छ।

शोरूम भारतको आर्थिक राजधानी मुम्बईमा रहेको छ, जसको उद्घाटन महाराष्ट्र राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले गरेका थिए।

टेस्लाले वर्षौंदेखि भारतमा व्यापार विस्तारको संकेत गर्दै आएको भए पनि, विद्युतीय सवारीमा लाग्ने उच्च आयात शुल्कका कारण हालसम्म पसार गर्न सकेको थिएन।

एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन

एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन

भारत सरकारले भनेआयात करमा छुट दिन चाहिने कम्पनीहरूले स्थानीय उत्पादनमा लगानी र कार निर्माणको प्रतिबद्धता जनाउनुपर्ने नीति लिएको छ।

हालसम्म टेस्लाले भारतमा कारखाना स्थापनाको औपचारिक घोषणा गरेको छैन। स्थानीय सञ्चार माध्यमहरूका अनुसार, कम्पनीले प्रारम्भमा चीनबाट आयात गरिएका कारहरू बिक्री गर्ने योजना बनाइरहेको छ, जसको डेलिभरी अगस्टको अन्त्यदेखि सुरु हुने अनुमान गरिएको छ।

टेस्लाको वेबसाइटअनुसार, भारतमा आउने मोडेल वाईका भेरियन्टहरूको अन-रोड मूल्य लगभग ७० हजार अमेरिकी डलर (करिब ५८ लाख भारु) बाट सुरु हुनेछ।

वैश्विक रूपमा विद्युतीय सवारीको मागमा कमी आएको बेलामा भारतमा टेस्लाको प्रवेश कम्पनीका लागि रणनीतिक अवसरका रूपमा हेरिएको छ। तर, भारतको विद्युतीय सवारी बजार अझै प्रारम्भिक चरणमै रहेकोले छोटो समयमा ठूलो बिक्रीको अपेक्षा गर्नु चुनौतीपूर्ण हुने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

भारतको विद्युतीय सवारी बजार द्रुत गतिमा बढ्दो भए पनि अझै सानो छ। सन् २०२४ मा, विद्युतीय कारहरूले भारतमा भएका कुल कार बिक्रीमध्ये तीन प्रतिशतभन्दा कम मात्र हिस्सा ओगटेका थिए।

एलन मस्कको टेस्लाको भारतमा प्रवेश, मुम्बईमा पहिलो शोरूम उद्घाटन

अर्कोतर्फ, भारत हाल अमेरिकासँग व्यापार सम्झौतामा वार्ता गरिरहेको छ, जसमा अटोमोबाइलमा लाग्ने भन्सार शुल्क घटाउने प्रस्ताव पनि समावेश छ।

यसअघि फेब्रुअरीमा, एलन मस्कले वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर भारतमा लगानीको सम्भावना र व्यापार विस्तारबारे छलफल गरेका थिए।





Source link

Leave a Comment