‘एयर इन्डिया दुर्घटना’ले विश्वलाई दिएको झड्का : RajdhaniDaily.com


गत १२ जुन दिउँसो भारत अहमदाबादबाट बेलायतको लन्डनतर्फ उड्दै गरेको एयर इन्डियाको जहाज दुर्घटनापछि विश्व समुदायमा असाधारण झड्का उत्पन्न गराएको छ । जहाजमा सवार २ सय ४२ जनामध्ये एक जनाको मात्र उद्धार सम्भव भयो । भन्ने नै हो भने अझ जहाज मेडिकल विद्यार्थीको होस्टलमा ठोकिएकाले थप धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् । आकाशमा उड्ने मानव सपना जब साकार भयो, यसले संसार नै साँघुरो बनाइदियो ।

हवाई यात्रा आधुनिक युगको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो । व्यापार, पर्यटन र मानवीय सम्बन्धलाई यसले नयाँ उचाइ दिएको छ । तर, यो प्रविधि विकाससँगै यसका जोखिम पनि यथावत् छन् । हवाईजहाज इतिहास जति गौरवशाली छ, त्यति नै दुःखद पनि छ । विश्वका हरेक प्रमुख एयरलाइन्सले कुनै न कुनैबेला दुर्घटना सामना गरेका छन् र गरिरहेका छन् । प्रत्येक दुर्घटनाले हवाईसुरक्षा क्षेत्रमा सुधारका लागि नयाँ ढोका पनि खोलेका छन् ।

भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको इतिहास विशेष रूपमा उल्लेखनीय छ । महाराजाको प्रतीकद्वारा चिनिने यस एयरलाइनले कुनैबेला विश्वकै उत्कृष्ट सेवा प्रदायकका रूपमा ख्याति कमाएको थियो । तर, यसको लामो इतिहासमा केही यस्ता भयानक दुर्घटना पनि भए, जसले भारत मात्र होइन, सम्पूर्ण विश्वको हवाई क्षेत्रलाई झस्काइदियो । एयर इन्डियाका यी दुर्घटना तथ्यांक वा दुःखद सम्झना मात्र होइनन् । यी हवाई सुरक्षा, मानवीय कारक, प्राविधिक सुधार र अन्तर्राष्ट्रिय आतंकवादजस्ता गम्भीर विषयमा विश्वलाई दिइएका कठोर सावधानीका सन्देश पनि हुन् । यी दुर्घटना विश्लेषणले हवाई यात्रा अझ सुरक्षित बनाउन कस्ता पाठ सिक्न सकिन्छ ? भन्ने गहिरो अन्तरदृष्टि प्रदान गर्छ ।

यो लेख तिनै दुर्घटना र विश्वलाई दिएको सावधानीकेन्द्रित छ । वस्तुतः विमान दुर्घटना सधैं दुःखद घटनाको प्रतीक हो । यसले न केवल जीवनमाथि प्रभाव पार्छ, बरु सम्पूर्ण उड्डयन प्रणाली, सुरक्षा मापदण्ड र भविष्यको योजना निर्माणमा गम्भीर प्रश्न उठाउँछ । यसरी एयर इन्डियाको पछिल्लो विमान दुर्घटनाले पनि त्यस्तै चेतावनीपूर्ण सन्देश दिएको छ । जसमा सावधानी, जिम्मेवारी, प्रविधि सही प्रयोग, मानवीय त्रुटि न्यूनीकरण र अन्तर्राष्ट्रिय समन्वय आदि हुन् ।

संसारकै परिप्रेक्ष्यमा हवाई सुरक्षाको सबैभन्दा बलियो र कमजोर पक्ष मानिस नै हो । त्यसैले तालिम, सञ्चार र कल्याणमा लगानी अपरिहार्य छ । यसमा विगतबाट पाठ सिक्नुपर्छ । त्यस्तै किसिमका एउटै प्रकृतिका गल्ती दोहोरिनु प्रणालीगत असफलताको संकेत पनि हो ।

दुर्घटनापछि अनुसन्धानबाट प्राप्त सुझाव इमानदारीपूर्वक कार्यान्वयन गर्नु नै मृतकप्रतिको सच्चा सम्मान पनि हो । यसमा सबैभन्दा महŒवपूर्ण सुरक्षा साझा जिम्मेवारी हो । यसमा एयरलाइन्स, नियामक निकाय, विमानस्थल प्राधिकरण र यात्रु सबै मिलेर मात्र हवाई यात्रा सुरक्षित बनाउन सकिन्छ ।

एयर इन्डियाको यात्राले विश्वलाई ठूलो पाठ सिकाएको छ कि हवाई उड्डयनको आकाश जति फराकिलो छ, यसका चुनौती पनि त्यति नै जटिल छन् । प्रत्येक दुर्घटना एक त्रासदी हो । तर, त्यो त्रासदीबाट सिकिएका पाठले भविष्यका लाखौं यात्रुको जीवन बचाउनसक्छ । यसर्थ, एयर इन्डियाको दुर्घटनाले विश्वलाई दिएको सावधानी सन्देश यही हो । यसमा सतर्क रहनुहोस्, सिक्नुहोस् र सुधार गरिरहनुहोस्, किनकि आकाशमा गल्तीको कुनै गुञ्जायस हुँदैन ।

प्रविधिमा मात्रै होइन, हामीमा चेतना पनि सुधार आवश्यक छ । यसमा कुनै किसिमको सुरक्षामा कुनै सम्झौता हुँदैन । यात्रुको जीवन, विश्वास र भविष्य सुनिश्चित गर्नु प्रत्येक देश, कम्पनी र संस्थाको उत्तरदायित्व पनि हो । यस्ता किसिमका दुर्घटनाबाट सिक्न सकिन्छ । यसमा प्रविधि अधिकतम सदुपयोग, पाइलट र एयर ट्राफिक कन्ट्रोलरको उच्चस्तरीय तालिम, यात्रु सुरक्षामा सम्झौता नगर्ने नीति, अन्तर्राष्ट्रिय समन्वय र साझा सुरक्षा रणनीति तथा जनविश्वसनीयता कायम राख्ने प्रभावकारी सूचना प्रवाह आदि हुन् । एउटा विमान दुर्घटनाले संसारलाई चेतावनी दिन्छ कि ‘हामी अझै धेरै सावधानी अपनाउन’ बाँकी छ । यस चेतावनीलाई गम्भीरतासाथ लिने हो भने भविष्यमा हुने यस्ता त्रासद दुर्घटनाबाट कयौं जीवन जोगिनसक्छ । एयर इन्डियाको हालैको विमान दुर्घटनाले विश्व हवाई सुरक्षामा गम्भीर प्रश्नसमेत उठाएको छ । यस घटनाले हवाई यात्रासम्बन्धी सावधानी, प्रविधि सुधार र नीति निर्माणमा नयाँ बहस सुरु गरेको छ । दुर्घटनाको कारण, प्रभाव र यसबाट सिक्न सकिने पाठ’bout विस्तृत रूपमा चर्चा गरौं ।

हवाई यात्रा विश्वभर नै सुरक्षित र द्रूत यातायातका रूपमा चिनिन्छ । तर, कहिलेकाहीँ हुने दुर्घटनाले यात्रु, विमान कम्पनी र नियामक निकायलाई गम्भीर पुनर्विचार गर्न बाध्य पार्छ । यसमा एयर इन्डियाको पछिल्लो दुर्घटनाले विश्वभर नै हवाईसुरक्षाको स्तर’bout पुनः सोच्न बाध्य बनाएको छ ।

नेपालका सन्दर्भमा संसारको कुनै पनि भूगोलमा हुने दुर्घटनाले हामीलाई थप तरंगित बनाउँछ, किनकि नेपाल विश्वका कठिनतम हवाई क्षेत्रमा पर्छ । जसमा पर्वतीय भूगोल, अप्रत्याशित मौसम र साना विमानस्थलले नेपालको उड्डयन सुरक्षा अझ जटिल बनाएको छ । त्यसैले नेपालमा अहिलेसम्म १ सय ८ विमान दुर्घटना भएका छन् । जसमा ९ सय ५९ जनाभन्दा बढीको ज्यान तथा धन नोक्सान हुन गएको छ । विमान दुर्घटनापछिका अनुसन्धानमा पनि पर्याप्त गाम्भीर्यता अभाव छ । खासगरीकन हवाई दुर्घटनामा पाइलटको पनि ज्यान गएको अवस्थामा ‘मानवीय कारण’ भनेर प्रतिवेदन आउने गरेकाले सुधारका मूल प्रश्न छायामा पर्दै आएका छन् ।

वस्तुतः विमान दुर्घटना सधैं दुःखद घटनाको प्रतीक हो । यसले न केवल जीवनमाथि प्रभाव पार्छ । बरु, सम्पूर्ण उड्डयन प्रणाली, सुरक्षा मापदण्ड र भविष्यको योजना निर्माणमा गम्भीर प्रश्न उठाउँछ । यसरी एयर इन्डियाको पछिल्लो विमान दुर्घटनाले पनि त्यस्तै चेतावनीपूर्ण सन्देश दिएको छ

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको १ वर्ष पुग्न लागेको छ । तर, विस्तृत जाँचबुझ प्रतिवेदन अहिलेसम्म आएको छैन । प्रतिवेदनले त्रुटि केलाउने मात्र होइन, सुधारका दिशानिर्देश पनि गर्ने हो । तर, प्रतिवेदन आउन पनि १ वर्ष लाग्छ भने सुधार्नुपर्ने आधारभूत विषयमा हामीले सम्झौता गरिरहेका छौं भन्ने प्रस्ट हुन्छ । हाम्रा प्राविधिक, नीतिगत तथा भूराजनीतिक कमजोरीकै कारण हो । युरोपेली युनियनले सन् २०१३ देखि नेपाली एयरलाइन्सलाई युरोप गन्तव्यमा प्रतिबन्ध लगाएको छ । यसबाट नेपालको उड्डयन प्रतिष्ठालाई गहिरो असर पु¥याएको छ । तर लाग्छ, यी सबले हाम्रो सरकारलाई चिन्तित बनाउँदैन, बनाएको छैन ।

भारतजस्तो विशाल देशमा सन् १९६२ देखि २०१० सम्म भएका ठूला विमान दुर्घटनाका घटना अवलोकन गर्ने हो भने विभिन्न समयमा भएका निम्न लिखित धनजन को क्षति नियाल्न सकिन्छ । २२ मे २०१० मा एयर इन्डियाको दुबई–मेंग्लोर उडान मेंग्लोर विमानस्थलमा ‘ओभरसुट’का क्रममा दुर्घटना हुँदा १ सय ५८ को मृत्यु, ८ जनाको जीवितै उद्धार गरिएको थियो । १७ जुलाई २००० मा अलायन्स एयरको जहाज पटनाको आवासीय क्षेत्रमा दुर्घटना हुँदा ५५ यात्रुसहित जमिनमा रहेका ५ जनाको मृत्यु भएको थियो । १२ नोभेम्बर १९९६ मा हरियाणामा साउदी अरेबियन एयरलाइन्स र कजकास्तान एयरलाइन्स ठोक्किँदा ३ सय ४९ जनाको मृत्यु भई धेरै धनजन नोक्सान भएको थियो ।

२६ अप्रिल १९९३ मा इन्डियन एयरलाइन्सको विमान औरंगाबादमा दुर्घटना हु“दा ५५ जनाको मृत्यु, ६६ घाइते, १४ फेब्रुअरी १९९० मा इन्डियन एयरलाइन्सको जहाज बेंग्लोर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ९२ जनाको मृत्यु, १६ अगस्ट १९९१ मा इन्डियन एयरलाइन्सको विमान खराब मौसमका कारण इम्फालको पहाडमा ठोकिँदा ६९ जनाको मृत्यु, १९ अक्टोबर १९८८ मा इन्डियन एयरलाइन्सको विमान अहमदाबाद विमानस्थलमा दुर्घटना हुँदा १ सय ३३ जनाको मृत्यु, २२ जुन १९८२ मा एयर इन्डियाको विमान मुम्बईमा दुर्घटना हुँदा १७ को मृत्यु र ९४ जना बाँच्न सफल, १ जनवरी १९७८ मा मुम्बईको बान्द्रा समुद्री किनार एयर इन्डियाको विमान दुर्घटनामा २ सय १३ जनाको मृत्यु, १२ अक्टोबर १९७३ मा इन्डियन एयरलाइन्सको विमान दिल्ली विमानस्थलमा दुर्घटना हुँदा ४८ को मृत्यु, १७ जना घाइते भएका थिए ।

त्यस्तै, १४ जुन १९७२ मा दिल्ली विमानस्थलनजिकै जापान एयरलाइन्सको विमान दुर्घटना हुँदा ८२ जनाको मृत्यु, २८ जुलाई १९६३ मा युनाइटेड अरब एयरलाइन्सको विमान मुम्बई विमानस्थलमा दुर्घटना हुँदा ६३ जनाको मृत्यु र ७ जुलाई १९६२ मा अल्टिलियाको विमान मुम्बईको उत्तरी भेगमा दुर्घटना पर्दा ९४ जनाको मृत्यु भई धेरै नै धनजनको नोक्सान भएको थियो ।

हालैको दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यभन्दा बढीको मृत्युले अन्य ३३ पीडित अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्ति बताइन्छ । मूलतः एयर इन्डियाका दुर्घटनाले केवल एउटा एयरलाइन्सको कमजोरी होइन, सम्पूर्ण हवाई उड्डयन प्रणालीको चुनौती उजागर गर्छ ।

हरेक दुर्घटना एउटा चेतावनी हो, सम्भावित सुधारको अवसर पनि हो । यी दुर्घटनाबाट विश्वले जुन पाठ सिक्यो । त्यसमा सुरक्षा, पारदर्शिता, प्रविधि र मानव संसाधनको सन्तुलन सन्देश भविष्यमा पनि सबै एभिएसन कम्पनी, सरकार र यात्रुका लागि मार्गनिर्देशक हुनुपर्छ । एयर इन्डियाका दुर्घटना मानवीय क्षतिको दुःखदायी अनुस्मारक हुन् । तर, यी घटनाले विमान सुरक्षामा भएको अविश्वसनीय प्रगतिका लागि बलिदान दिएका छन् । हरेक दुर्घटनाले विमान उद्योगलाई कडा परीक्षणमा राखेर तिनीहरूको प्रक्रिया, प्रविधि, प्रशिक्षण र संस्कृतिमा गम्भीर रूपमा पुनर्विचार गर्न बाध्य पारेको छ । माउन्ट कार्मेल र माउन्ट ब्ल्यांकबाट सुरु यात्राले, मानवीय त्रुटि र खराब सञ्चारबाट सिकेर, आतंकवादको नयाँ खतरासँग सामना गरेर र भिजेको धावनमार्गको चुनौतीबाट पनि सिकेर, आधुनिक विमान यात्रालाई इतिहासको सबैभन्दा सुरक्षित यातायातको साधन बनाउन मद्दत गरेको छ ।

यी सन्देश मौसमको सम्मान, सटीक नेभिगेसन, उत्कृष्ट सञ्चार, आतंकवादविरुद्ध सतर्कता, प्रविधि कुशल प्रयोग, दुर्घटना अनुसन्धानको प्रतिबद्धता र सर्वोपरि मजबुत सुरक्षा संस्कृति निर्माण केवल एयर इन्डियाका लागि होइन, सम्पूर्ण विश्वका विमान प्राधिकरण, एयरलाइन्स, विमानस्थल, पाइलट र यात्रुका लागि महत्वपूर्ण छन् ।

मूलतः नेपालजस्तो चुनौतीपूर्ण वातावरणमा त यी सिकाइ अझै महत्वपूर्ण छन् । एयर इन्डियाका दुर्घटनाबाट प्राप्त ‘सबक’ सम्झनु र लागू गर्नु नै दुःखद घटनाको सच्ची श्रद्धाञ्जली हो र भविष्यमा हुने अनावश्यक ज्यान जोखिममा पार्नबाट बच्ने आश्वासन हो । यसर्थ, उडान सुरक्षा एक सतत् यात्रा पनि हो । जहाँ अतीतका दुःखदायी घटनाले अहिले र भोलिका यात्रा सुरक्षित बनाउने मार्ग प्रशस्त गर्छन् ।
[email protected]

(Visited 43 times, 1 visits today)





Source link

Leave a Comment