एफबीआई निर्देशक क्रिस्टोफर रेले पदबाट राजीनामा दिने घोषणा



प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले डोनाल्ड ट्रम्पको पदभार ग्रहण गर्नुअघि नै राजीनामा दिने घोषणा गरेका छन्। ट्रम्पले उनलाई पदबाट हटाउने संकेत दिएपछि रेलेले यो निर्णय गरेका हुन्।

रेलेले बुधबार एफबीआईको आन्तरिक बैठकमा आफ्नो निर्णय सार्वजनिक गर्दै भने – “मैले लामो समयसम्म सोचविचार गरेपछि यो निर्णय गरेको हुँ। अहिलेको प्रशासनको म्याद सकिएपछि जनवरीमा म आफ्नो जिम्मेवारी त्याग्नेछु।”

ट्रम्पले एफबीआईलाई नेतृत्व दिन काश पटेललाई मनोनयन गरिसकेका छन्, जसले एफबीआईको अधिकारलाई सीमित गर्न आह्वान गरेका थिए। पटेललाई सिनेटको अनुमोदनको आवश्यक पर्नेछ।

रेलाई २०१७ मा ट्रम्पले १० वर्षे कार्यकालका लागि एफबीआई निर्देशकको रूपमा नियुक्त गरेका थिए। तर, एफबीआईद्वारा ट्रम्पका विरुद्धको अनुसन्धानपछि रेले रिपब्लिकनहरूको आलोचना खेप्नुपरेको थियो।

रेको निर्णयपछि बैठकमा उपस्थितहरूले उभिएर ताली बजाएका थिए ।  केही सदस्यहरू भावुक बनेका थिए ।

ट्रम्पले यसलाई अमेरिकाको लागि ठूलो दिन भनेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यो एफबीआईको दुरुपयोग अन्त्य गर्ने र अब सबै अमेरिकीका लागि कानूनको शासन पुनर्स्थापित गर्ने बताएका छन् ।

ट्रम्पका पूर्व सहायक पटेल  एफबीआईको आलोचक मानिन्छन्। उनले आफ्नो पुस्तक गभर्नमेन्ट ग्याङ्स्टरसमा एफबीआईका उच्च तहका कर्मचारीहरूलाई बर्खास्त गर्न आह्वान गरेका छन्। आलोचकहरूले पटेलको योग्यता प्रति शंका व्यक्त गरेका छन्, तर केही रिपब्लिकन सांसदहरूले उनको मनोनयनको स्वागत पनि गरेका छन्।

रेको प्रस्थानपछि एफबीआई उपनिर्देशक पल अब्बाटेले  ब्यूरोलाई अन्तरिम रूपमा नेतृत्व गर्नेछन्। एफबीआई निर्देशकहरूलाई १० वर्षे कार्यकालका लागि नियुक्त गरिन्छ। यो अवधि राजनीतिक परिवर्तनबाट प्रभावित नहोस् भन्ने उद्देश्यले तोकिएको हो।

एफबीआई निर्देशक क्रिस्टोफर रेले पदबाट राजीनामा दिने घोषणा

रेको कार्यकाल २०२७ मा समाप्त हुने थियो। उनले स्वेच्छाले राजीनामा नगरेको भए, ट्रम्पले उनलाई हटाउनुपर्ने स्थिति आउने थियो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School