प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

तस्बिर: अलेजान्ड्रो बार्बा
अमेरिकी कंग्रेसले जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिएको छ।
विवादास्पद यौन काण्डका दोषी तथा वित्तीय व्यापारी जेफ्री एप्स्टीनसम्बन्धी फाइल सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने निर्णयलाई अमेरिकी कंग्रेसका दुवै सदनले पारित गरेपछि यो आदेश दिइएको हो।
प्रतिनिधि सभाले ४२७ विरुद्ध १ को मतान्तरले उक्त प्रस्ताव पारित गरेको छ। सिनेटले भने कुनै औपचारिक मतदानबिना नै सर्वसम्मत सहमतिको प्रक्रियाबाट प्रस्तावलाई अघि बढाएको छ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्स्टीनसम्बन्धी कागजात सार्वजनिक गर्ने राजनीतिमा आफ्नो पहिलाको धारणा उल्टाएर खुलासा गर्न कंग्रेसलाई आग्रह गरेपछि आएको हो। ट्रम्पका समर्थकहरूले दबाब बढाएपछि उनले “लुकाउने केही छैन” भन्दै समर्थन जनाएका थिए।
गत हप्ता सार्वजनिक भएका २०,००० भन्दा बढी पृष्ठका कागजातहरूले ट्रम्प र एप्स्टीनको विगतको सम्बन्ध फेरि केन्द्रमा ल्याएको थियो। ह्वाइट हाउसले ट्रम्पको कुनै आपराधिक संलग्नता नरहेको बताएको छ।
अब यो विधेयक राष्ट्रपति ट्रम्पको टेबुलमा पुगेको छ। उनले यसलाई हस्ताक्षर गरेपछि यो कानुनमा परिणत हुनेछ।
कागजात सार्वजनिक गर्न ट्रम्प आफैँले आदेश दिन सक्थे। तर कंग्रेसको प्रावधानअनुसार न्यायमन्त्री पाम बन्डीले ३० दिनभित्र एप्स्टीन र घिसलेन म्याक्सवेलसम्बन्धी सबै कागजात, फाइल र अनुसन्धान सामग्री सार्वजनिक गर्नुपर्नेछ।
कागजातले चलिरहेको संघीय अनुसन्धानमा प्रभाव पार्ने वा पीडितको पहिचान खुल्ने जोखिम भएको खण्डमा केही सूचनाहरू रोक्ने अधिकार पनि बन्डीलाई दिइएको छ।
एप्स्टीन सन् २०१९ मा न्युयोर्कको जेलमा मृत फेला परेका थिए। सन् २००८ मा नाबालकसँग वेश्यावृत्ति मागेको अभियोगमा दोषी ठहरिएका उनी सन् २०१९ मा मानव तस्करी आरोपमा पुनः थुनामा थिए।
एप्स्टीन र ट्रम्प विगतमा एउटै सामाजिक घेरामा देखिएकाले उनीहरूको सम्बन्ध लामो समयदेखि विवादको विषय रहँदै आएको छ। ट्रम्पले भने सन् २००८ भन्दा धेरै अघि नै सम्बन्ध तोडेको दाबी गर्दै आएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
