एपीएफएसडी बैठकमा नेपाल – ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन अपिल’



प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

एपीएफएसडी बैठकमा नेपाल – ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन अपिल’

नेपालले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको जनाएको छ । थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपीएफएसडी)को १२ औँ वार्षिक बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राखेका हुन् । उनले मञ्चमा देशको प्रगति, चुनौतीहरू र आगामी रणनीतिहरूबारे जानकारी गराएका छन् ।

उनले नेपालले सन् २०२२ सम्म ४१.७ प्रतिशत एसडीजी प्रगति हासिल गरिसकेको उल्लेख गर्दै गरिबी निवारण, स्वास्थ्य, शिक्षा तथा वातावरणीय स्थायित्वमा सकारात्मक उपलब्धि हासिल गरेको बताए । यद्यपि, सम्मान जनक रोजगारी, दिगो आर्थिक वृद्धि, उत्तरदायी उत्पादन तथा उपभोगका क्षेत्रमा प्रगति अपेक्षाकृत भन्दा सुस्त रहेको उनले जनाए ।

नेपालले जलवायु परिवर्तन, आपूर्ति शृङ्खला अवरोध, बारम्बारको सरकार परिवर्तन, सङ्घीय प्रणालीमा रूपान्तरण लगायतका बहु आयामिक चुनौतीहरूको सामना गरिरहेको छ । साथै, नेपालले आफ्नो १६औँ योजना मार्फत सुशासन, सामाजिक न्याय, तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिएको अधिकारीले जानकारी गराए । उनले रोजगार प्रवर्द्धन, खाद्य प्रणाली सुधार, स्वास्थ्य तथा शिक्षाको रूपान्तरण, लैङ्गिक समानता, डिजिटल विकास तथा जलवायु कार्यलाई विशेष जोड दिइएको समेत जिकिर गरेका छन् ।

एपीएफएसडी बैठकमा नेपाल – ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन अपिल’

एपीएफएसडी बैठकमा नेपाल – ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन अपिल’

सरकारले एसडीजी लक्ष्यहरू प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायलाई वित्तीय तथा प्राविधिक सहयोग बढाउन आह्वान गरेको छ । उनले भविष्यका लागि सम्झौता र एसडीजी शिखर सम्मेलनको राजनीतिक घोषणापत्र अनुरूप विकासोन्मुख देशहरूलाई थप वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए ।

नेपालले दिगो, समावेशी तथा वैज्ञानिक नीति अवलम्बन गर्दै कोही पनि पछाडि नपरोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तस्बिर : दीपेन्द्र ढुङ्गाना 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School