एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा, आज अन्तिम क्वाटरफाइनल हुँदै


विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ। आज हुने अन्तिम क्वाटरफाइनल खेलमा काठामाडौंको मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समितिबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि गयराति भएको खेलबाट विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले सेमिफाइनलम स्थान सुरक्षित गरेको छ।

विराटनगरमा जारी फुटबल प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा काठमाडौंको चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै  एपिएफ सेमिफाइनलमा पुगेको हो।

‘ए’ डिभिजन लिग विजेता रहेको चर्च ब्वाइजले एपिएसफसँग स्तब्ध हुँदै बाहिरिनु पर्‍यो। चर्च ब्वाइजसँग ‘ए’ डिभिजन लिगमा र भर्खरै सम्पन्न झापा र इटहरी गोल्डकपमा पराजय भोगेको थियो। त्यहाँ भोगेको पराजयको पीडा एपिएफले विराटनगरमा मेटाउन सफल भयो।

विराट गोल्डकपमा दुई पटक उपाधि नजिक पुगेको एपिएफले छैटौं संस्करणको उपाधि जितेको थिया । चर्च ब्वाइज यस प्रतियोगितामा पहिलो सहभागिता जनाएको हो।

खेलमा एपिएफले चर्च ब्वाइजलाई दबाबमा राख्दै आक्रमक खेलेको थियो। सुरुवातबाटै चर्च ब्वाइजको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै दबाब सिर्जना गर्दै गोलका अवसर धेरै पाए पनि गोल संख्या बढाउन एपिएफले सकेन। चर्च ब्वाइजले पाएको गोलका केही अवसर चुकाउँदा हार्नु पर्‍यो।

५७ औं मिनेटमा एपिएफका प्रदीप लामाले मध्यभागबाट बल लगेर डिफेन्सलाई बिट गर्दै बक्सभित्रबाट आकर्षक गोल गरी टोलीलाई अग्रता दिलाए। ८१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासमा एपिएफका अनिष महर्जनले गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए।

१५ औं मिनेटमा एपिएफका मनिकुमार लामाले पाएको गोलको अवसर चुकाए। मनिकुमारले वान भर्सेस वानमा पाएको बल प्रहार बाहिरयो। २७ मिनेटमा एपिएफका जोनाह ग्लोरीले डिबक्सभित्रबाट गरेको कडा प्रहार फस्टबार हुँदै बाहिरियो। एपिएफका प्रदीप लामाले डिबक्सभित्र पास मिलाउँदा जोनाह ग्लोरीले गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले विफल पारे। ४४ औं मिनटमा चर्च ब्वाइजका राजेश परियारले डिबक्स नजिकबाट गरेको कडा प्रहार बाहिरयो। खेलको म्यान अफ म्याच एपिएफका प्रदीप लामाले ११ हजार प्राप्त गरे।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनुै टोलीलाई घाटा भयो। उनले प्राय खेलाडी घाइते भएकाले सुरुवातमै खेलेका खेलाडीको विकल्पमा अर्का खेलाडी नहुँदा पराजय भोग्नुको बताए।

एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भयौं।

प्रकाशित: २० चैत्र २०८० १०:०७ मंगलबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School