एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म

एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म


१६ मंसिर, काठमाडौं । शनिवार देखि काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भयो । नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको ठूलो मानिएको एनपीएलको महाकुम्भ कीर्तिपुरस्थित टीयू मैदानमा हुँदा विश्वका नाम चलेका र अनुभवी खेलाडी समेत नेपाल आएका छन् ।

विराटनगर किंग्सबाट खेलेका न्युजिल्याण्डका स्टार ब्याटर मार्टिल गप्टिलले उद्घाटन खेलमै जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरे ।

यस बाहेक भारतीय क्रिकेट स्टार शिखर धवन, पाकिस्तानका भेट्रान खेलाडी सोहेल तनविर, इंग्लयाण्डका भेट्रान अलराउण्डर रवि बोपा देखि अहिले टी२० मा का लागि फिट हुने अलराउण्डर जिमी नीशमसम्म एनपीएल खेल्न काठमाडौं आइसकेका छन् ।

यसमा अझै केही चर्चित खेलाडीको नाम थपिन बाँकी छ । अष्ट्रेलिया अलराउण्डर बेन कटिङ अर्को चर्चित नाम हो । उनी आउन बाँकी छन् । यस्तै अष्ट्रेलियाकै बिग बास लिग खेलेका इंग्लिस खेलाडी स्टेफेन इस्किनाजी पनि एनपीएल खेल्न आएका छन् ।

यस पटक एनपीएलमा नेपाल बाहेक विभिन्न १५ देशका ४० खेलाडी अनुब्नध भएका छन् । जसमध्ये १४ देशका खेलाडीहरु काठमाडौं आइसकेका छन् । त्यसमा टी२० विश्वकप विजेता देखि च्याम्पियन्स ट्रफी र आईपीएल जित्ने अनी एसोसिएट क्रिकेटकै उत्कृष्ट खेलाडीहरु समेत छन् ।

एनपीएल खेल्न अहिलेसम्म नेपाल आइपुगेका विश्व क्रिकेटमा ५ स्टार खेलाडी

शिखर धवन (भारत)

छिमेकी देश भारत त्यसमा पनि स्टार खेलाडी । शिखर धवन एनपीएल खेल्न आउने ठूला नाम हुन् । त्यो त धवनको आगमन र उनको चर्चाले पनि प्रमाणित गर्छ ।

एनपीएलका लागि कर्णाली याक्सले धवनलाई अनुबन्ध गरेदेखि नै उनको चर्चा बढ्न थाल्यो । यसले धवनको मात्र चर्चा भएन, एनपीएलकै चर्चा विश्वभर भयो । भारतीय मिडिया देखि अन्तर्राष्ट्रिय मिडियाले समेत धवनले एनपीएल खेल्ने समाचार महत्वका साथ छापेका थिए ।

किनभने भारतका खेलाडीले आईपीएल बाहेक अन्य देशका लिग खेल्न अनुमति छैन । धवनले पनि भारतको लागि सबैखाले फर्म्याटको क्रिकेटबाट सन्यास लिएपछि मात्र विदेशी लिग खेल्ने अवसर पाएका हुन् ।

३८ वर्षीय बायाँ हाते ब्याटरलाई कर्णाली याक्सले एनपीएलका लागि भित्र्याएपछि नेपाली क्रिकेटको चर्चा फेरि एकपटक चुलिएको छ ।

शनिवार उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सको खेलमा न्युजिल्याण्डका स्टार ब्याटर मराटिल गप्टिल विराटनगरका तर्फबाट खेल्दै थिए । तर उद्घाटन खेलअघि मैदानमा आएका शिखर धवनको चर्चा बढी भयो । उनी बउँदा दर्शकहरुले हुटिङ लगाए । उनले पनि गब्बर शैलीमा नेपाली दर्शकको मायालाई स्वीकार गरे ।

आईसीसी च्याम्पियन्स ट्रफी, एसिया कप र आईपीएल समेत जितिसकेका धवनलाई ‘गब्बर’ उपनामले धेरै चिनिन्छ ।

विश्वकै चर्चित र ग्ल्यामरस फ्रेन्चाइज लिग आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने अनि आइपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी धवनको नेपाल आगमनले नेपाली क्रिकेट समर्थक सकै उत्साहित छन् ।

धवनले सन् २०१३ मा इंग्लयाण्ड र वेल्समा भएको च्याम्पियन्स ट्रफी तथा २०१६ र २०१८ को एसिया कप जितेका छन् । यस्तै उनल् सन् २०१६ मा सनराइजर्स हैदरावादबाट आईपीएल जितेका थिए ।

भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् । यसअघिका लिगहरुमा भारतका लागि डोमेस्टिक खेल खेलेका र उमेर समूहबाट खेलेका खेलाडीहरु नेपालमा खेल्न आएका थिए । उनी एनपीएलमा अनुबन्ध हुनेमध्ये आईसीसीको प्रतियोगिता र आईपीएल दुवै जित्ने पहिलो खेलाडी हुन् । उनीपछि चितवन राइनोजमा अनुबन्ध भएका सोहेल तनविरले टी२० विश्वकप, आईपीएल र पीएसएल पनि जितेका छन् ।

सन् २००४ को यू१९ विश्वकपमा भारत सेमिफाइनलम पाकिस्तानसँग पराजित हादै बाहिरिएको थियो तर धवनले बेस्ट प्लेअरको अवार्ड जितेका थिए र सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यस्तै सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी२० विश्वकपमा भारत उपविजेता बन्दा धवन त्यसको सदस्य थिए ।

धवनले भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी-२० आई म्याच खेलेका छन् ।

धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलिया विरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भए । त्यसअघि उनले सन् २०१० मा अष्ट्रेलिया विरुद्ध नै ओडिआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेष्ट इन्डिज विरुद्ध टी२०आईमा डेब्यु गरेका थिए ।

पछिल्लो सिजन पञ्जाब किंग्सबाट आईपीएल खेलेका धवनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ म्याच खेलेका छन् र त्यसमा २ शतक सहित ६७६९ रन बनाएका छन् । धनव आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । उनले सबैखाले टी२० गरी ३३४ खेल खेल्दै ९ हजार ७९७ रन बनाएका छन् ।

मार्टिन गप्टिन (न्युजिल्याण्ड)

एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म

वान डे विश्वकपमा एकै खेलमा दोहोरो शतक हान्ने विश्वमा दुई खेलाडी छन् । एउटा क्रिस गेल अर्को मार्टिन गप्टिल । गेलले पहिला त्यो काम गरे । अनी त्यसलाई पछ्याउँदै रेकर्ड तोड्ने काम उनै गप्टिलले गरे ।

गप्टिलले सन् २०१५ वेष्ट इन्डिज विरुद्ध धुँवाधार ब्याटिङ गर्दै एकै खेलमा २३७ रन रन बनाए । त्यो पनि नटआउट । उनले ओपनिङ गर्दै अनी अन्तिमसम्म क्रिजमा रहेर ब्याट क्यारी गरेर फर्केका थिए ।

गप्टिलले १६३ बल खेल्दै २४ चौका र ११ छक्का प्रहार गरे । उनले १६२ रन त बाउण्ड्रीबाटै जोडेका थिए । वानडे विश्वकपमा कुनै पनि खेलाडीले उकै खेलमा बनाएको यो सर्वाधिक रन हो ।

उक्त खेलमा न्युजिल्याण्डले ३९३ रन बनाएको थियो । वेष्ट इन्डिजलाई ३०.३ ओभरमा २५० रनमा अलआउट गरेर न्युजिल्याण्ड १४३ रनले विजयी भएको थियो ।

उनै गप्टिलले टीयू मैदानमा शनिवार शान्तसँग ब्याटिङ गर्दै एनपीएलमा डेब्यु गरे । एनपीएलको उद्घाटन खेलमै गप्टिलले अर्धशतक प्रहार गरे ।

जनकपुर विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दा गप्टिलले विराटनगर इनिङ्स सम्हाल्दै एनपीएलमा अर्धशतक हान्ने पहिलो खेलाडी बने । यस्तै एनपीएलको पहिलो छक्का समेत उनैले प्रहार गरे । उनले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

एक छेउबाट लगातार विकेट जाँदा गप्टिलले नै एक छेउ सम्हालेका थिए । तर १४औं ओभरको अन्तिम बलमा आउट भएपछि विराटनगर धर्मराएको थियो । गप्टिल आउट भएपछि विराटनगरले जम्मा ३१ रन मात्र थप्न सक्यो ।

३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् ।

गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् ।

ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो ।

उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।

विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमिय रलिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

रबि बोपारा (इंग्ल्याण्ड)

एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म

रवि बोपा विश्व च्याम्पियन टिमका खेलाडी हुन् । उनले सन् २००९ मा इंग्ल्याण्डबाट आईसीसी टी२० विश्वकपको उपाधि जितेका थिए । त्यतिबेला २४ वर्षका मात्रै रहेका उनले सबै खेल भने खेल्न पाएनन् ।

उनले न्युजिल्याण्ड विरुद्ध सुपर एट राउण्डमा जम्मा एक खेल खेलेका थिए । त्यसमा पनि ९ रनमै आउट भए । एनपीएल खेल्न आउने टी२० विश्वकप जितेका दुई मध्ये एक खेलाडी हुन् बोपारा । उनी बाहेक टी२० विश्वकप जितेका पाकिस्तानका सोहेल तनविर पनि एनपीएल खेल्न काठमाडौं आइसकेका छन् ।

इंग्ल्याण्डको राष्ट्रिय टिमबाट तीनवटै फर्म्याट खेलिसकेका अनुभवी बोपारा पहिलो पटक लिग खेल्न नेपाल आएका हुन् । उनी आइतबारै काठमाडौं आइपुगेका हुन् । बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् ।

उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

बोपाराको आगमनले चितवनको टोली मध्यक्रममा बलियो बनेको छ ।

जिम्मी निशम (न्युजिल्याण्ड)

एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म

जिमी नीशम टी२० क्रिकेटका लागि प्रभावशाली अलराउण्डर मानिन्छन् । मध्यक्रम र लोअर अर्डरमा ब्याटिङ गर्न सक्ने उनी ब्याटिङ अलराउण्डर हुन् ।

टी२० का लागि सुहाउने अलराउण्डर नीशन पनि एनपीएल खेल्नका लागि नेपाल आइसकेका छन् । उनलाई जनकपुर बोल्ट्सले अनुबन्ध गरेको हो । युएईमा जारी टी१० लिगमा अमजान बोल्ट्सका लागि खेलिरहेका नीशमले जनकपुरको उद्घाटन खेल गुमाए ।

त्यसपछि उनी टी२० लिग छाडेर एनपीएल खेल्न आइतबार काठमाडौं आइपुगेका छन् । नीशम जनकपुरमा अनुबन्ध हुनेमध्ये सबैभन्दा ठूला खेलाडी हुन् हुन् । ३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् ।

उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।

सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा नीशम टिमको सदस्य थिए ।

नीशमले न्युजिल्याण्डका लागि पछिल्लो पटक २०१७ मा टेष्ट क्रिकेट खेलेका थिए । उनले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए ।

नीशमको टी२० आईमा स्ट्राइक रेट १५४.५० छ । नीशमले आईपीएलमा दिल्ली डेयरडेभिल्स, किंग्स ११ पञ्जाब, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट खेलेका छन् ।

त्यसबाहेक उनले बीग बास लिग, इंग्ल्याण्डको भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, दक्षिण अफ्रिकाको टी–२० लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, च्याम्पियन्स लिग, दी हन्ड्रेड जस्ता प्रतियोगिता खेलेका छन् ।

सोहेल तनविर (पाकिस्तान)

एनपीएल खेल्न आएका पाँच विदेशी स्टार : टी२० विश्वकपदेखि आईपीएल जितेकासम्म

सोहेल तनविर त्यस्ता खेलाडी हुन् जसले आईसीसी टी२० विश्वकप, इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान प्रिमियर लिग (पीएसएल) को उपाधि जितेका छन् ।

सोहेल तनविर पनि चितवन राइनोजबाटै एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् ।

तनविरले सन् २००८ मा भएको पहिलो संस्करणको आईपीएल राजस्थान रोएल्सबाट खेल्दै जितेका थिए । त्यसपछि सन् २००९ मा पाकिस्तानको राष्ट्रिय टीमबाट आईसीसी टी२० विश्वकप जिते ।

तनविरले पहिलो संस्करणको आईपीएल उपाधि जित्नुका साथै सर्वाधिक विकेट समेत लिएका थिए । उनले ११ खेलमा १२.०९ को औषतमा सर्विधक २२ विकेट लिएका थिए । उनले चेन्नाई सुपर किंग्स विरुद्ध म्याच विनिङ ६ विकेट लिएका थिए ।

३९ वर्षीय तनविरले पाकिस्तानबाट लामो समय खेलेका छन् र उनीसँग फ्रेन्चाइज क्रिकेट खेलेको र जितेको पनि अनुभव छ ।

तनविरले सन् २०२१ मा मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग जितेका थिए ।

बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।

फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् । ढल्कँदो उमेरमा एनपीएल खेल्न आएका तनविरले यसलाई चुनौट्टीको रुपमा लिएको बताएका छन् ।

***

यी पाँच खेलाडी बाहेक अन्य चर्चित खेलाडीहरु पनि एनपीएल खेल्न आएका छन् । कोही आउन बाँकी छन् भने केही खेलाडीले चोटका कारण अनुबन्ध भएर पनि आउन सकेनन् ।

सन् २०१६ मा धवनसँगै आईपीएल जितेका अष्ट्रेलियन अलराउण्ड बेन कटिङ पनि एनपीएल खेल्न आउने लिस्टमा छन् । उनलाई नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।

न्युजिल्याण्डकै आईपीएल खेलेका स्कट कुगेलेइन पनि सुदूरपश्चिम रोएल्सबाट खेल्न आइपुगेका छन् ।

दक्षिण अफ्रिकन अनुभवी पेस बलर मर्चेन्ट डे लाङ आउने तय भएपनि चोटका कारण अन्तिम सममया उनी नआउने भएका हुन् । यस्तै पाकिस्तानका अनुभी सोहेल मक्सुद पनि जनकपुर बोल्ट्सले अनुबन्ध गरेको थियो तर फिटनेस समस्या कारण नआउने भएका हुन् ।

यसैगरी अष्ट्रेलियाको बीबीएल पर्च स्कोर्चर्सबाट खेलेका र टी२० आक्रमक खेल्ने इंग्लिस खेलाडी स्टेफन इस्किनाजी काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न आएका छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School