एडभेन्चर रनिङ महासंघमा कुँवर

एडभेन्चर रनिङ महासंघमा कुँवर


नेपाल एडभेन्चर रनिङ महासंघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार सर्वसम्मत चयन गरेको छ। 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ तिमल्सिना, मीरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योन्जन छन्। 

सहदेव व्यञ्जनकार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीणकुमार महतो सदस्यमा चयन भए। साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। सोमबारै बसेको महासंघको बैठकले चार पदाधिकारी र ५ सदस्य गरी ९ जना मनोनयन गरेको छ। 

राजन खत्री वरिष्ठ उपाध्यक्ष, होमराज खपाङ्गी मगर उपाध्यक्ष, रवीन्द्र थापा सचिव र संगीता रोकाया सह(कोषाध्यक्षमा मनोनीत भए। प्रीति खत्री, जगतसिंह धामी, सूर्य बुढाथोकी, डा। सुदिन महर्जन र बाबुराजा श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ।

प्रकाशित: ६ चैत्र २०८० ०८:४० मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School