एटलान्टा एयरपोर्टमा २ डेल्टा विमानहरू एकआपसमा ठोक्किएपछि अनुसन्धान जारी



प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

white, red, and blue Delta passenger plane

जर्जियाको हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको टार्माकमा डेल्टा विमान एन्डेभर एयरको उडानसँग ठोक्किएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। एन्डेभर एयर पनि डेल्टाकै सहायक कम्पनी हो।

बिहान १० बजे लगत्तै डेल्टा एयर लाइन्सको फ्लाइट २९५ टोकियोप्रस्थानको लागि उडानको तयारीमा थियो । त्यही क्रममा यसको पखेटा लुजियाना जान लागेको एन्डेभर एयर फ्लाइट ५५२६ को पुच्छरमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । दुर्घटना हुँदा विमानहरू वैकल्पिक ट्याक्सीवेमा रहेको डेल्टाले बताएको छ ।

एटलान्टा एयरपोर्टमा २ डेल्टा विमानहरू एकआपसमा ठोक्किएपछि अनुसन्धान जारी

टोकियो जान लागेको उडानमा २२१ यात्रु सवार थिए भने लुजियानाको उडानमा ५६ जना सवार थिए। हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताका अनुशार कसैलाई पनि कुनै चोटपटक लागेको छैन।

तस्बिर र भिडियोमा यात्रुहरू क्षतिग्रस्त डेल्टा उडानबाट झर्दै गरेको देखिएको छ । लुजियाना जान लागेको उडान डेल्टाको फ्लीटमा सबैभन्दा सानो विमानहरू मध्ये एक हो भने जपान जान लागेको विमान सबैभन्दा ठूलो हो । घटनापछि सबै यात्रुहरूलाई नयाँ उडानहरूमा समायोजन गरिएको डेल्टाले बताएको छ।





Source link

Leave a Comment