एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापक आइसको हिरासतमा



प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापक आइसको हिरासतमा

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी आप्रवासन अधिकारीहरूले एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेका छन् । वाशिङटनमा शैक्षिक सम्मेलनमा जाँदै गर्दा अमेरिकी आप्रवासन अधिकारीहरूले शनिबार प्राध्यापक वाहिद अबेदिनीलाई पक्राउ गरेका हुन् ।

उनका सहकर्मी प्रो. जोशुआ ल्याण्डिसले सामाजिक सञ्जाल एक्समार्फत अबेदिनीलाई गलत रूपमा नियन्त्रणमा लिइएको जानकारी गराएका छन् । उनले अबेदिनी वैध एच-१ बी भिसामा उच्च शिक्षा संस्थामा प्राध्यापकको रूपमा कार्यरत रहेको उल्लेख गरेका छन् ।

अबेदिनी ओक्लाहोमा विश्वविद्यालयको बोरेन कलेज अफ इन्टरनेशनल स्टडिजमा अध्यापन गराउँदै आएका छन् । विश्वविद्यालयले यस विषयमा कुनै टिप्पणी नदिने जनाएको छ।

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले आफ्नो अनलाइन डिटेनी लोकेटरमा अबेदिनीको नाम राख्दै उनलाई हिरासतमा रहेको पुष्टि गरेको छ। यद्यपि, उनको वास्तविक स्थान खुलाइएको छैन। उनका एक नजिकका साथीका अनुसार अबेदिनीले सोमबार फोनमार्फत आफू सुरक्षित रहेको र आवश्यक वस्तुहरू प्राप्त भइरहेको जनाएका छन्।

एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापक आइसको हिरासतमा

राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेसँगै आप्रवासन नीति कार्यान्वयनलाई तीव्र बनाउँदै आएका छन्। हालै पारित ‘वन बिग ब्युटिफुल बिल एक्ट’मार्फत प्रशासनले आइसको हिरासत क्षमता १ लाख बेडसम्म विस्तार गर्न ४५ अर्ब डलर, डिपोर्टेशन र ढुवानीका लागि १४ अर्ब डलर तथा १० दश हजार नयाँ डिपोर्टेशन अधिकृत भर्नाका लागि ८ अर्ब डलर विनियोजन गरेको छ।

आप्रवासन निकायहरूमाथि विगत केही महिनादेखि कठोर व्यवहार, अधिकार प्राप्त व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको आरोप लाग्दै आएको छ ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment