एक सेन्टको सिक्का (पेनी) को उत्पादन बन्द गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन



प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सेन्टको सिक्का (पेनी) को उत्पादन बन्द गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “धेरै लामो समयदेखि संयुक्त राज्य अमेरिकाले पेनीहरू उत्पादन गर्दै आएको छ जसको शाब्दिक रूपमा हामीलाई २ सेन्टभन्दा बढी खर्च लाग्छ। यो धेरै बेकार छ ! मैले मेरो अमेरिकी ट्रेजरी सेक्रेटरीलाई नयाँ पेनीहरू उत्पादन गर्न बन्द गर्न निर्देशन दिएको छु ।”

अनावश्यक खर्च रोक्ने अभियानअन्तर्गत यो निर्णय गरिएको जनाइएको हो । उनले भनेका छन्, “हाम्रो महान् राष्ट्रको बजेटबाट अनावश्यक खर्च हटाऔँ, चाहे त्यो एउटा पेनी मात्र किन नहोस् ।”

एक सेन्टको सिक्का (पेनी) को उत्पादन बन्द गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

पेनी सिक्का पहिलो पटक सन् १७९३ मा अमेरिकी सरकारले जारी गरेको थियो। सन् १९०९ देखि यो सिक्काको अगाडिको भागमा राष्ट्रपति अब्राहम लिंकनको आकृति देखिन्छ। यो सिक्का जस्ता र तामाबाट बनेको हुन्छ।

विगतका केही वर्षयता पेनीलाई अमेरिकी मुद्राबाट हटाउने वा नराख्ने विषयमा बहस चलिरहेको थियो। सन् २०१३ मा अर्थशास्त्री हेनरी आरोनले ब्रुकिङ्स इन्स्टिट्युसनको प्रकाशनमा “पेनी हटाऔँ र यसका साथै निकेल पनि हटाऔँ” भन्ने तर्क प्रस्तुत गरेका थिए।

पेनीका समर्थकहरूले भने यस सिक्काले उपभोक्ता मूल्यलाई कम राख्न मद्दत गर्ने र दान संस्थाहरूका लागि आम्दानीको स्रोत बन्ने तर्क गरेका छन्। तर, धेरै अमेरिकीहरूका लागि यो सिक्का झन्झटपूर्ण बनेको छ ।





Source link

Leave a Comment