एक दिवसीय ब्याटिङ बिर्सिएको नेपाल

एक दिवसीय ब्याटिङ बिर्सिएको नेपाल


२३ चैत, काठमाडौं । दोस्रो एक दिवसीयमा आयरल्याण्ड एले दिएको १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपाल ए शुक्रबार १६.५ ओभरमा ६० रनमा अल आउट भयो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको ब्याटिङ सहयोगी पिच, छोटो बाउन्ड्री, अनि घरेलु कन्डिसनमा यो प्रदर्शन आफैंमा लज्जास्पद हो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । स्पिनर साहब आलमले ३७ रन बनाउँदै नेपालको शाख जोगाउन प्रयास गरेका थिए ।

ओडीआई टोलीका पहिलो रोजाईका भीम सार्की र आरिफ शेख नेपाल ए मा छन् । यू–१९ बाट आएका देव खनाल र अर्जुन साउद नेपाली टोलीमा पर्ने र बाहिरिने भएका छन् । विनोद भण्डारी टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् । पहिलो खेलमा अर्जुन कुमाल र दोस्रो खेलमा भएका नरेन भट्ट बाहेक अन्य १० जना नेपालको सिनियर टोलीबाट खेलिसकेका खेलाडी थिए ।

तर नेपालले ५० ओभरको खेलमा १०० रन बनाउन ठूलो संघर्ष गरेको छ । टी–२० क्रिकेटमा तीनमध्ये दुई खेलमा २०० रन बनाएको नेपाली ब्याटिङ एकदिवसीय खेलमा खुलेको छैन ।

खराब सट छनोट र मानसिकता

तीव्र गतिका बलर फिन ह्यान्डको इनिङको तेस्रो अफ साइडको बलमै देवले सेकेन्ड स्लिपमा स्टेफन डोहेनीलाई सहज क्याच सुम्पिन पुगे । गल्लीमा सट खेल्ने गलत योजनामा फसेका थिए ।

नरेन भट्ट डीप फाइन लेगमा क्याच आउट भए । नरेन पहिलो खेल र युवा खेलाडी हुँदा उनको प्रदर्शनमा प्रश्न उठ्दैन । नवौं ओभरमा अर्जुन र भीम आउट भएपछि नेपालको संघर्ष सुरु भएको थियो ।

अर्जुन बायाँ हाते स्पिनर म्याथ्यु हम्फ्रेजको अफ स्टम्प भन्दा धेरै बाहिरको बल रोक्न खोज्दा ब्याटको छेउमा विकेटकिपर निल रकबाट ५ रनमा क्याच भएका थिए । त्यसअघि निल रकले टप एज लागेको बल शून्यमा ड्रप गर्दै अर्जुनलाई जीवनदान दिएका थिए ।

अर्जुन आउट भएको पाँच बलपछि भीम पनि पेभेलिएन फर्किए । भीम २०२३ देखि पहिलो रोजाईमा खेल्दै २५ ओडीआई खलिसकेका छन् । टी–२० टोलीमा नपरेपछि नेपाल ए बाट खेलेका हुन् । भीमको कट सट सबैभन्दा मुख्य हतियार हो । हम्फ्रेजको केही टर्न भएको बल कट गर्न खोज्दा फस्ट स्लिपमा पिटर मुरबाट १७ रनमा समातिए ।

स्लिपमा दुई फिल्डर हुँदा भीम कट भन्दापनि सिधा ब्याटले खेल्ने रणनीति बनाउन सक्थे । पहिलो खेलमा शून्यमा आउट भएका उनले सोही अवस्थामा दोस्रो खेलमा जीवनदान पाएका थिए ।

एक दिवसीय ब्याटिङ बिर्सिएको नेपाल

हम्फ्रेजको अर्को ओभरमा आरिफ शेख शून्यमा लगातार दोस्रो खेलमा आउट भए । फ्रन्टफुटमा आएर रोक्न खोजे पनि लेग स्टम्पतर्फ केहि टर्न भएपछि आरिफ एलबीडब्लू धरापमा परे । ५१ ओडीआई खेल खेलेका उनी सिनियर टोलीका मध्यक्रमका पहिलो रोजाईका ब्याटर हुन् । टी–२० मा आरिफले ९३, १४ र ४९ रन बनाएका थिए । टी–२० को लयलाई एक दिवसीयमा निरन्तरता दिन सकेनन् । आरिफ आउट हुँदा नेपाल १०.३ ओभरमा ३८–५ को अवस्थामा थियो ।

त्यो अवस्थाबाट जित्नलाई एउटा ठूलो साझेदारी चाहिन्थ्यो । रिजन ढकाल शून्य र साहब आलम १ रनमा आउट भए । सन् २००९ देखि नेपालको टोलीबाट खेल्दै आएका विनोदले कप्तानी इनिङ खेल्नु पर्ने थियो । १६औं ओभरमा थोमसको वाइड रेखा नजिकैको बल खेल्ने धुनमा उनी १६ रनमा फस्ट स्लिपमा क्याच आउट भएपछि अलिअलि जितको आशा त्यति अन्त्य भएको थियो ।

नेपाललाई हराउन पहिलो खेलमा ५ विकेट लिएका हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए ।

कप्तान विनोद भण्डारी ब्याटिङमै समस्या भएको बताउँछन् । ‘६० रनमा अल आउट हुनु र १५७ रन पूरा नगर्नुले मलाई ब्याटिङमै केहि समस्या छ जस्तो लाग्छ’ एक खेल लगाडी नै भ्रमणकारी टोलीलाई सिरिज सम्पिएपछि कप्तान भण्डारीले भने, ‘टेक्निकमा कुनै कमी छैन । सबै कुरा मानसिकता मात्रै हो ।

घरेलु टोलीको दुबै इनिङ हम्फ्रेजले ध्वस्त पारे । नेपाली खेलाडीले पछिल्लो समय सबभन्दा बढी अभ्यास र खेल बायाँ हाते स्पिनरविरुद्ध खेलेका छन् । नेपाल ए को एकदिवसीय टोलीमा बायाँ हाते स्पिनर (लेफ्टी) साहब आलम, सागर ढकाल र बसिर अहमद छन् । बेन्चमा रञ्जित कुमार छन् ।

सिनियर टोलीमा ललित राजवंशी खेल्छन् । अष्ट्रेलिया जानुअघि सुशान भारीले उत्कृष्ट प्रभाव छाडेका थिए । सूर्य तामाङदेखि हरेक प्रदेशमा बायाँ हाते स्पिनरले राम्रो गर्दै आएका छन् ।

कप्तान विनोद पनि आयरल्याण्ड एका हम्फ्रेज भन्दा धेरै राम्रो बायाँ हाते स्पिनर नेपालमा भएको बताउँछन् ।

‘रातदिन हामी बायाँ हाते स्पिनर बढी खेलेका हुन्छौं । घरेलु, क्याम्प, नेपाल र नेपाल ए मा पनि बायाँ हाते स्पिनर धेरै छन्’ उनले भने, ‘त्यहीँ स्तरको स्पिनर उनीहरुसँग छ । अतिरिक्त अद्भुत केहि पनि छैन । त्यसलाई हाम्रा ब्याटरले ह्यान्डिल गर्न सकेका छैनन् । यो ब्याटरको लागि चिन्ताको विषय हो ।’

एक दिवसीय ब्याटिङ बिर्सिएको नेपाल

टी–२० को योगफल बनाउन नसकेको नेपाल

नेपाल ए ले तीन टी–२० खेलको सिरिज २–१ ले गुमाएको थियो । तर हारेपनि ब्याटिङमा गरेको उत्कृष्ट प्रदर्शनले धेरै समर्थकको मन जितेको थियो ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याउनेक्रममा १९.३ ओभरमा २०१ रनमा अल आउट भयो । ओपनर लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए । नेपाल १८९–३ को अवस्थाबाट नेपालले ७ विकेट मात्रै १२ रनमा गुमाएको थियो । जित्नलाई २४ बलमा ३५ रन चाहिंदाबाट नाटकीय रुपमा गुमाएको थियो ।

दोस्रो टी२० खेलमा २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भएको थियो । लोकेश २५, देव ४७ र विनोद २६ रनमा आउट भएका थिए । सुरुवाती ६ ओभरमा ८७/१ को अवस्थाबाट हारेको थियो ।

तेस्रो टी–२० खेलमा आरिफको ९३ रनको सहयोगमा नेपालले २१३ रन बनाउँदै ३ रनले विजयी भएको थियो । अम्पायरले अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानको पहिलो र अन्तिम नो बल सामान्य समर्थकले पनि छ्टयाउन नसक्ने नदिएपछि नेपाललाई फादा भएको थियो ।

टी–२० मा राम्रो गरेका लोकेश एक दिवसीयमा छैनन् । अन्य सबै प्रमुख ब्याटर छन् । विनोद ब्याटर अझै टी–२० मुडमा हुँदा यस्तो भएको बताउँछन् । ‘ब्याटरमा प्यासन नभएको हो । टी–२० सकिएको एकदिन विश्रामपछि एकदिवसीय खेलेको हो । उनीहरुमा पनि त्यस्तो प्यासन देखिएको छैन । टी–२० अलि बढी खेलेको मुडमा ब्याटर छन् जस्तो लाग्छ’, उनले भने ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School