प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार
फ्रान्सको पेरिसमा भएको एआई एक्शन शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता ९ एआई० का लागि मानव–केन्द्रित, अधिकार–आधारित र नैतिक दृष्टिकोणलाई जोड दिएको छ ।
सुरक्षामा ध्यान केन्द्रित गर्दै शिखर सम्मेलनले असमानतालाई सम्बोधन गर्न र विकासशील देशहरूमा क्षमता निर्माणलाई समर्थन गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ ।
भारत र फ्रान्सको सहअध्यक्षतामा भएको एक्शन समिटपछि जारी गरिएको संयुक्त वक्तव्यमा युरोपियन युनियन र अफ्रिकी युनियन बाहेक कुल ५८ देशले हस्ताक्षर गरेका छन् ।
उक्त विज्ञप्तिमा अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरेका छन । यो शिखर सम्मेलनले एआई इकोसिस्टमको विविधतालाई सुदृढ गर्ने महत्त्वलाई उजागर गरेको छ ।
शिखर सम्मेलनले असमानतालाई कम गर्न र विकासोन्मुख देशलाई कृत्रिम बुद्धिमत्ता क्षमता–निर्माणमा सहयोग गर्ने आवश्यकता र जरुरीतामा जोड दिएको छ ।
शिखर सम्मेलनले एआईमा हालको पहलहरू जस्तै संयुक्त राष्ट्र महासभाको प्रस्ताव ग्लोबल डिजिटल कम्प्याक्ट जस्ता सङ्गठनहरूको कामको महत्त्वलाई पनि स्वीकार गरेको छ ।
शिखर सम्मेलनले एआई पहुँच प्रवद्र्धन, एआईको नैतिक विकास सुनिश्चित गर्ने, नवप्रवर्तन र एआईलाई दिगो बनाउने लगायतका केही प्राथमिकताहरू पनि तय गरेको छ ।